राउटे जाति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
राउटे
राउटे जातिका मुखिया काठमाडौँमा
जम्मा जनसङ्ख्या
६१८ (वि.सं २०६८)[१]
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू
नेपाल
भाषाहरू
खस, नेपाली
धर्महरू
हिन्दु

राउटे जाति खस आर्य समुदायको पिछडिएका नेपालको लोपोन्मुख आदिवासी हुन्। मध्य–पश्चिमको सल्यान तथा आसपासका जिल्लामा फिरन्ते जीवन बिताउने राउटे जातिले खस भाषा बोल्दछन् भने आधुनिक नेपाली भाषा पनि राम्रोसँग बोल्न साथै बुझ्न सक्दछन्। यिनिहरू प्राय जसो बाँदर तथा अन्य जङ्गली जनावरको सिकार गर्ने र कन्दमुल, फलफूल र अन्य वनस्पति खाएर बाच्ने गर्दछन्। विशेष गरेर राउटे जातिले लठ्ठी-लौरो बाजा, मजिरा, मादल र ढ्याङग्रो बाजा प्रयोग गरेको देखिन्छ।[२]

बसोबास[सम्पादन गर्नुहोस्]

यिनीहरूको खास क्षेत्र कर्णाली, महाकाली, सेती, भेरी र राप्ती अञ्चलका पहाडी जंगल, भीर र ओढार हुन्। यिनीहरू मुख्यरूपले मध्य–पश्चिमको सल्यान तथा आसपासका सुर्खेत,दाङ्ग,जाजरकोट र दैलेख जिल्लामा जंगली क्षेत्रमा विचरण गर्दछन। [३]

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

यिनीहरूको अधिकारिक संख्या ज्ञात हुन सकेको छैन तर जम्माजम्मि ६५० राउटेहरू कर्णाली र महाकालीको जलाधार क्षेत्रमा बसोबास गर्ने गरेको अनुमान गरिन्छ। मध्य–पश्चिमको सल्यान तथा आसपासका जिल्लामा मात्रै १२८ देखि १३५ जनासम्म राउटेहरू भेटिएका छन्।

दैनिक जीवन[सम्पादन गर्नुहोस्]

फिरन्ते जीवनशैली भएका राउटेहरू विभिन्न जंगलहरूमा बसाइँ गर्दै बस्दै गर्छन। जंगलमा पुगी काठका कोषी मदुस बनाईत्यसलाई गाँउमा गएर अन्न पातसँग साटेर जिविका धान्ने गर्छन्। दिनभर काठका सामग्री निर्माण गर्नु, बाँदरको शिकार गर्नु, माग्नका लागि नजीकका गाउँमा पुग्नु उनीहरूको दिनचर्या हो। आफूले बनाएको काठको भाँडा बोकेर अन्न साट्न गाउँमा पुग्ने र फर्केर आउन भ्याउने समय अन्दाज गरेर यिनीहरू वासको प्रबन्ध गर्छन्। वनको हरियो स्याउला र घोचाहरूद्वारा गोलाकार र अण्डाकार छाप्रो वरिपरि बनाएर बीचमा केटाकेटी खोल्ने र आइमाइले धान कुट्ने, निफन्ने आदि सम्म परेको ठाउँ राख्छन्। छाप्रो बनाउने कार्य महिलाले गर्छन्।

कर तिरो तिरेर खेतीपाती गरेर, गाउँमा बस्नुलाई र अर्काको सित्तैमा खानुलाई अपराध सम्झन्छन्। बाटो लागेपछि पछाडि फर्केर खोला वा तालको पानी खाँदैनन्, मूलको मात्र खान्छन्। सम्पत्तिका रूपमा यिनीहरूसँग पकाउने भाँडा, दाउरा काट्ने र शिकार गर्ने केही हतियारमात्र हुन्छन्। सर्ट, पेन्ट लगाएको मानिस भेट भए शिकार पर्दैन भन्ने यिनीहरूको विश्वास छ। शिकार नपर्नुलाई ईश्वर रिसाएको ठान्छन्।

धेरैलाई जिज्ञासा हुन सक्छ किन राउटे एकै ठाउँमा घर बनाएर बस्दैनन् ? यसको मुलत: दुई कारण छन| १ - बसेको ठाउँमा कुनै सदस्यको मृत्यु भएमा तत्काल त्यस ठाउँ छाड्नुपर्ने राउटेको चलन रहेछ।कुनै सदस्यको मृत्यु भए तत्काल त्यही ठाउँमा गाडेर सबै जना रुँदै कराउँदै अर्को बासको खोजीमा हिँड्नुपर्ने संस्कारले गर्दा उनीहरू एकै ठाउँ बस्न नसक्ने रहेछन्। मान्छे मर्नेबित्तिकै त्यस ठाउँलाई अशुभ ठानेर उनीहरू नयाँ ठाउँको खोजीमा हिँड्छन्। नयाँ ठाउँमा पुगेर मृत्युको पीडालाई भुल्ने र अब नयाँ ठाउँमा आइपुगियो, मर्ने मरिहाल्यो। अब केही हुँदैन भनेर सम्झाइन्छ,अनि त्यसपछि विस्तारै मृत्युको कुरा बिर्सन्छ।राउटे बास सरेपछि अर्को ठाउँको अध्ययन गरी उपयुक्त ठाउँको छनोट गर्दैनन्। हिँड्दै जाँदा जहाँनेर रात पर्छ, त्यसैलाई उपयुक्त बासस्थान ठान्छन्। रात पर्‍यो भने भगवान्ले यहीं बस भनेको छ जस्तो लाग्छ,त्यसपछि सबै जनाले रूखका हाँगाहरू काटेर छाप्रा बनाई अर्को सदस्य नमर्दासम्म अब यहाँ केही नहोस् भन्ने कामना गर्दै बस्छन|बसाई सर्दा प्रायःजसो एकपटक मानिस मरेको ठाउँमा फेरि जाँदैनन्।

२-लामो समयसम्म कसैको मृत्यु नभए पनि त्यस ठाउँमा अन्य मानिसको चहलपहल धेरै बढ्यो र असुरक्षा महसुस भयो भने पनि उनीहरू बास सर्छन्। कतिपय ठाउँमा गाउँका मान्छे आएर वन मासिदिए भने मानिस नमर्दै पनि बास सर्नुपर्ने हुन्छ। ३- नेपालको जनगणना २०६८ अनुसार राउटे जाति कुल ६१८ जना रहेको छन् ।

रितिरिवाज[सम्पादन गर्नुहोस्]

पुरुषले टोपी,फेटा, लंगौटी,कछाड, खाडि, गादो र महिलाहरूले चोली,फरिया,गादोका साथै फलामपित्तलका गहना पनि लगाउँछन। मस्टो र भुयार कुलदेवताको पूजा गर्दछन्। हिन्दु धर्म मान्दछन्। आफूलाई खान जस्तै कठिनाई भए पनि 'भूयार' र 'दारे मष्टा'को पूजा अनिवार्य रूपमा गर्छन्। सूर्यलाई मुख्य देवता माने पनि पूजा गर्दैनन। मुख्यगरी चाडपर्व माघीदशैँ मान्दछन।[३] विवाह गर्दा आफ्ना बथानका सबैलाई सुँगुरको पाठो र पाएसम्म खसीसमेत ख्वाउँछन। खसी-बोका जिउँदो पोलेर खान्छन्। बालक जन्मदा १२ दिनमा न्वारन गर्छन। मानिस मरेमा खाल्डो खनेर पुर्छन। मानिस मरेकै दिन गाड्छन। गाड्दा बाँदर मार्ने जालले लासलाई बेरेर गाड्छन। श्राद्ध, बरखी केही बार्दैनन। मानिस मरेमा तुरून्त ठाउँ सर्छन। मरेको मान्छेलाई उनीहरू किन नजलाएर गाड्छन् ? यसको पनि पीडादायक कारण रहेछ। जीवनभर राम्रो घरबास नपाएकामा राउटेलाई पनि चिन्ता रहेछ।यस जुनीमा राम्रा घरमा बस्न नपाए पनि अर्को जुनीमा राम्रो घर पाओस् भनेर गाड्ने गरिएको हो भन्ने उनीहरूको भनाई छ|

खानपिन, अव्यवस्थित बसाइ र औषधि उपचारको अभावले गर्दा सरदर महिनामा एक जनाको मृत्यु हुने गरेको शाहीले बताए। यही कारण राउटेको संख्या वर्षौंदेखि १ सय ५० कै हाराहारीमा छ। संख्या बढ्न नसक्नुको कारण असामयिक निधन भएको उनले बताए। नयाँ ठाउँमा पनि कसैको मृत्यु भए फेरि अर्को ठाउँ खोज्ने क्रममा प्रायः राउटेहरू दाङ, सल्यान, सुर्खेत, कैलाली, दैलेख, जाजरकोट, कालिकोटजस्ता जिल्लामा पुग्ने गर्छन्।

यिनीहरूको छेटै भाषाको लिपी नभएको अनुमान गरिएतापनि योगी नरहरीनाथका अनुसार यिनीहरू काठको पेटीमा आफ्नै लिपीमा आफ्ना पूर्वजले लेखेको वंशावली र पुस्तकहरू पढद्छन। राउटेहरूलाई आधुनिक युग तिर मोडिएको पनि देखिएको छ। अहिले सम्म आदीवासीको रूपमा देखिदै आएको यो समुदाय वन विनास गर्नुको साटो वनको चौकिदार सम्म पनि रहेको देखिन्छ। साथै राउटेहरू आम नागरीकहरूको भेला र कार्यक्रममा पनि भेला हुने गर्दछन्। [४]

सामाजिक वर्गिकरण[सम्पादन गर्नुहोस्]

राउटे समुदायमा मुख्य मान्छेलाइ मानबहादुर भनिन्छ । महत्त्वपूर्ण निर्णय मुखियाले गर्दछन यो निर्णय सवैले मान्दछन। यिनीहरूका हाल प्रचलित थरहरू चाहिँ 'कल्याल', 'रास्कोटी', 'सत्याल' आदि हुन्। 'राउत' र 'साउद'जस्ता थर पनि यसै जनजाति अन्तर्गतका हुन् कि भन्ने अनुमान गरिन्छ। जिल्ला प्रशासन कार्यालय सल्यानको तथ्यांक अनुसार राउटेहरू राजकोटीशाही, हमालशाही, कल्याल शाही तीनओटा जात र वंशमा विभाजित छन्। [३]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]

आठपहरिया जाति

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]