गादो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गादो नेपाली पहिरन हो । यो काँधमा झुण्ड्याएर लगाइन्छ । मगरगुरुङ जातिले गादो लगाउँछन् । गादोलाई पछिल्तिर कम्मरबाट दुवै छेउ अघिल्तिर दाहिनेछेउ देब्रे काँधमा र देब्रे छेउ दाहिने काँधमा सप्को मारी दोहोरो छड्के पारेर शरीरमा भिर्ने वा लाउने गरिन्छ । मगर र गुरुङ जातिका लोग्नेमानिसले भाङ्ग्राको गादो र कछाड लगाउँछन् । सिस्नु र त्यस्तै जातका वनस्पतिबाट भाङ्ग्रा नामको कपडा बुनिन्छ । भाङ्ग्राबाट गादो बनाइन्छ । यसले छातीलाई जाडोबाट जोगाउँछ । गादो कुम्लो-कुटुरो बाँध्ने साधन पनि हो । लाप्चा जातिमा पनि यसको प्रयोग हुन्छ । लाप्चाले यसलाई दुमदुम भन्छन् ।

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]