टोपी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

टोपी टाउको ढाक्नेगरी लगाउने कपडा वा छालाको पहिरन हो । यो शिर छोप्न, त्यसको शोभा बढाउन वा रक्षा गर्नाका निम्ति चाउलो (टोपीको घेरामाथिको भाग वा चक्का) र घेरा हाली सिइएको वस्त्र हो । टोपी पुरुषहरूले लगाउँछन् । नेपालीले प्राचीनकालदेखि टोपी लगाउने गरेको पाइन्छ ।

नेपाली टोपी[सम्पादन गर्ने]

नेपाली टोपी नेपालीहरूको राष्ट्रिय पोशाक हो । टोपी मुख्य रुपले नेपालको पहाडी भू-भागमा बसोबास गर्न प्रायः सबै थरीका मानिसहरूले परम्परागत रुपमा लगाउने गर्छन् । टोपीका कपडा घरेलु तानबाट बुनिन्छ । भक्तपुरमा कालो टोपी बनाइन्छ, जसलाई भादगाउँले टोपी भनिन्छ । पाल्पा, पोखरा र तेह्रथुममा ढाका टोपी बुनिन्छ । साधारण कपडाबाट पनि टोपी सिउने गरिन्छ । टोपीलाई शिरपोस पनि भनिन्छ ।

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]