सामग्रीमा जानुहोस्

भादगाउँले टोपी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विकिपिडियाका सह–संथापक जिम्मी वेल्स विकिमेनिया–२०१५ को समापन कार्यक्रममा परम्परागत नेपाली भादगाउँले टोपीमा सजिदै

भादगाउँले टोपी नेपालको एक परम्परागत टोपी हो। यस टोपीलाई बोलीचालीको भाषामा कालो टोपी पनि भनिन्छ । विशेषगरी नेवारी समुदायमा यस टोपीको परम्परागत महत्त्व रहँदै आएको छ।

भादगाउँले टोपी लगाउन कहिलेदेखी सुरु भयो भन्न यथेष्ट जानकारी नभएपनि पञ्चायत काल देखि नै महत्त्वपूर्ण सरकारी काम काजको क्षेत्रमा भादगाउँले टोपी लगाउने चलन चल्ती रहँदै आएको छ ।

सांस्कृतिक महत्त्व

[सम्पादन गर्नुहोस्]

भादगाउँले टोपी परम्परागत नेवारी पहिरनको एक महत्त्वपूर्ण अङ्ग हो । विशेष नेवारी वस्ती रहेको काठमाण्डौ उपत्यकाको भादगाउँ वा भक्तपुरमा बन्ने भएकाले पनि यस टोपीलाई भादगाउँले टोपी भनिने गरिन्छ ।

राष्ट्रीय पोशाक दिवस तथा अन्तर्राष्ट्रिय टोपी दिवस

[सम्पादन गर्नुहोस्]

केहि वर्षयता अंग्रेजी पात्रो अनुसार नयाँ वर्ष जनवरी १ तारिक पारेर नेपालमा अन्तर्राष्ट्रिय टोपी दिवस मनाउन थालिएको छ | राष्ट्रीय पोशाक दिवस तथा  अन्तर् राष्ट्रीय पोशाक दिवस मनाइने गरिएको छ,यो बर्ष १२ औं राष्ट्रीय पोशाक दिवस तथा अन्तर्राष्ट्रिय टोपी दिवस मनाउने गरिएको छ। जस्को स्थापना राजानन्द माण्डव्यले औपचारिक रुपमा २०७० सालमा सुरुवात गरिएको थियो।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]