सामग्रीमा जानुहोस्

सुनुवार जाति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुनुवार
सुनुवार जातिकी महिला र पुरुष
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू
भाषाहरू
सुनुवार, नेपाली
धर्महरू
मुन्धुम धर्म किराँती, बौद्ध
sunuwar greeting
सुनुवार उधौली नखीपोट, ललितपुर, नेपाल ६ डिसेम्बर २०१४

सुनुवार जाति किराँत समूह अन्तर्गत लिने गरिन्छ। गुँइदुवा-ढोल, बुक्थेल-झ्याम्टा, खर्ङा, टोहुङ, न्योहू, बि्रप्चरङ्गी, पुडिपु आदि सुनुवार जातिका बाजा हुन्।[] भाषा: सुनुवार(कोईचँ लो:), बाहिङ लगायत अन्य किराँत भाषा, खसनेपाली। लिपि: कोईचँ ब्लेअसो (जेतिचा ब्लेअसो, टिकामुलि लिपि)

सुनुवार (कोइँच) नेपाल सरकारद्वारा सूचीकृत ५९ आदिवासी जनजातिहरूमध्ये एक हुन्। यो जाति पूर्वी नेपालको पहाडी क्षेत्रहरू—विशेषगरी रोल्वालिङ हिमश्रृंखलालाई मूल बनाएर दक्षिणतर्फ बग्ने प्रमुख नदीहरू सुनकोशी, तामाकोशी, र लिखु तथा तिनका सहायक नदीहरू खिम्ती, येलुङ (मोलुङ), र सोलुङ वरपरका भूभागमा छरिएर बसोबास गर्दै आएका छन्।

नेपाली भाषामा ‘सुनुवार’ वा ‘मुखिया’ भनेर चिनिने यो जातिले आफूलाई ‘सुनुवार’ भन्नमा गर्व मान्दछन्। आफ्नै मातृभाषा ‘कोइँच लोः’ (Koinch Lo:) रहेको सुनुवार जाति आपसमा ‘कोइँच’ भनेर सम्बोधन गर्ने चलन छ। उनीहरूभित्र ७० भन्दा बढी विभिन्न उपजातिहरू रहेका छन्।

नेपालको पछिल्लो जनगणना अनुसार देशभर कुल ५५,७१२ जना सुनुवारहरू बसोबास गर्छन्। सुनुवार समुदायको परम्परागत धर्मदर्शनलाई ‘मुक्दुम’ भनिन्छ, जुन उनीहरूको सांस्कृतिक तथा धार्मिक पहिचानको महत्वपूर्ण अंश हो।

सुनुवार (कोइँच)को मुक्दुममा उत्पत्ति सम्बन्धी किम्बदन्ती

[सम्पादन गर्नुहोस्]

उहिले–उहिले, जब यो संसार थिएन—न त सूर्य थियो, न पृथ्वी नै—सबै खेसुमुसु (वा सिअसिताअता) अन्धकारले ढाकिएको थियो। त्यस असीम, निराकार, निरङ्कार, निर्विकार, नित्य र अनन्त अन्धकारमा केवल एक सर्वशक्तिमान सत्ता ‘इँगि’ मात्र अस्तित्वमा हुनुहुन्थ्यो।

धेरै पछि, इँगिले ख्लिखिर सहित सोत्लुइत्लुको उत्पत्ति गर्नुभयो। सोत्लुइत्लु उत्पत्तिपछि क्रमशः मुकासुखिकासु र मुइँलिलिँखि जन्मिए। त्यसपछि "ओ हो हो साङ, सो हो हो" भन्ने आध्यात्मिक ध्वनि उत्पन्न भयो।

त्यसपछि, इँगिले सोत्लुइत्लुमा खोरमुदितमु (ऊर्जा या तत्व) भरिदिनुभयो र त्यसबाट तातो महासागरको सृष्टि भयो। उक्त महासागरबाट ठूलो गर्जनसहित बुबोरपेबोर उत्पन्न भयो, जसको साथमा आकाशको उद्गम भयो।

पछि राँकोच (सूर्य) प्रकट भयो। त्यसकै पसिनाले निस्किएको जलधाराबाट सुबु/खादिमुदि (पृथ्वी)को सृष्टि भयो। यससँगै दिन–रातको चक्र आरम्भ भयो।

सुबुको उद्धार गर्न साया/ताया (दिव्य शक्ति) पृथ्वीमा अवतरण हुनुभयो। उहाँले हिमाल, पहाड र तराईको सृष्टि गर्नु भयो। त्यस्तै, वनस्पति र जीवजन्तुहरू पनि उत्पन्न गरिन।

यद्यपि पृथ्वी अझै अधुरो लाग्यो इँगिलाई। त्यसैले, उहाँले चेतनायुक्त, प्राण, बुद्धि, विवेक भएको मानव सृष्टि गर्न साया/तायालाई निर्देशन दिनुभयो। त्यसपछि साया/तायाले खरानी र सुलीलाई रुखको टोड्कोमा जमेको पानीमा मुछेर पहिलो मानव दम्पती कालिपिपि र कालिकिकिको सृष्टि गर्नुभयो।

उनीहरूकै सन्तान हामी मानव हौं। यसै कारण, सुनुवार परम्परामा भनिन्छ—मानिसको जिउ कनाउँदा अझै पनि खरानी निस्किन्छ र सुलीको गन्ध आउँछ।

सुनुवार जातिको उत्पत्ति सम्बन्धि किम्बदन्ती

[सम्पादन गर्नुहोस्]

धेरै पुरानो समयको कुरा हो। विशाल मैदानी फाँट तिमरिजोङमा मानव बस्ती थियो। त्यही बस्तीका मानिसहरूको एक समूह पाइतिप नामको पहाडमा गएर बसोबास गर्न थाल्यो। त्यसपछि उनीहरू त्यहाँबाट सरेर जाउजिल भन्ने हिमालपारिको पहाडतिर गए। फेरि बसाइँ सर्दै खायारपास भन्ने ठाउँ आइपुगे। त्यसपछि उनीहरूले थारमालु–थारसिलु भन्ने स्थानमा बस्ती बसाले।

त्यहाँबाट पनि एक समूह मानिस यारमालु (सिमाङगदा) नामको ठूलो मैदानी जंगलतर्फ सरेर बस्ती बसाले। लामो समयसम्म बसोबास गरेपछि उनीहरूले बाह्र गढी बनाएर स्थानीय राजकाज चलाउन थाले। यिनै बाह्र गढीका बासिन्दाहरूले ढोल, झ्यालम्टा बजाएर आफ्नो इष्टदेवी र कुलदेवताको आराधना गर्न थाले। आराधनाबाट प्रसन्न भएर शाँदार देयि (प्रकृति देवी) ले उनीहरूलाई सुनको ढुंङकुर प्रदान गर्नुभयो। त्यसबेलादेखि हरेक वर्ष धुमधामका साथ ढोल-झ्यालम्टा बजाएर शाँदार देयिको पूजा गर्ने परम्परा सुरु भयो।

तर एक दिन त्यही बस्तीमा महामारी र आगलागी फैलियो। मानिसहरू बाँच्न कठिन भएपछि ती बाह्र गढीका एक समूह मानिसहरू पूर्वतिर लागे। उनीहरू अहिलेको सिलुखुलु, हालकाबु, फालेखाम—अर्थात् हालको वराहक्षेत्र (त्रिवेणी) क्षेत्रमा आएर बसोबास गर्न थाले।

त्यही क्षेत्रमा पछि जुमु नामका एक प्रतापी राजा निस्किए। उनको दस छोरा र एक छोरी थिए:

1. मापे

2. सोकरे

3. तोने

4. हिना

5. बिमा

6. रुङ

7. चामले

8. खिँचि

9. पाइ

10. दुङले

छोरीको नाम सायामा थियो।

जेठो छोरा माप्य होपो भने सुनकोशीको किनार हुँदै भोट पस्यो। माइला छोरा पूर्वतिर गएर लिम्बु जातिका पुरखा भए। खिँचि, पाइ र दुङले भने सँगै सुनकोशी नदीको किनार हुँदै पश्चिमोत्तरतिर लागे।

तीमध्ये खिँचिले लिखु नदीको किनारको स्थानमा बस्ती बसाए र सो स्थानको नाम खिँचि रहन गयो। समयक्रममा खिँचिको सन्ततिलाई नै कोइँच भनियो, जसलाई आज हामी सुनुवार जातिका नामले चिन्छौँ। अहिले पनि ओखलढुंगा जिल्लाको खिजी क्षेत्र (खिँचिबाट अपभ्रंश) यो जातिसँग सम्बन्धित ऐतिहासिक स्थलका रूपमा रहिरहेको छ।

पाइ भने चेनाम, राङदिप, माम्खा, रुमजाटार (ओखलढुंगा) क्षेत्रमा बसोबास गर्दै पाइहाङ हुँदै बाहिङ राई बनेको विश्वास छ। त्यसैगरी जेठोको कान्छो सन्तान हायु भएको भनिन्छ।

सुनुवार जातिका थर/उपथरहरु

[सम्पादन गर्नुहोस्]

परिवारिका नाम: सुनुवार | मुखिया | कोइच |
सुनुवार (कोइँच) अन्तरगतका विभिन्न थर/उपथरहरु:

१) तुनिच, २) कोर्मोचा, ३) क्युतिचा, ४) वाच्पुचा ५) गौरचा , ६) ङावाच, ७) ख्योँङपतिच ८) जिजिच, ९) जेस्पुच, १०) जेंतिच, १२) जान्चा, १३) तोङ्कुच, १४) तुर्सुच, १५) तुर्कुच, १६) मुलिच, १७) शुशुच १८) सोकुच, १९) सोङनाच २०) सुचिज २१) सप्प्रचा, २२) भुजिचा (बुजिचा) २३) प्रेत्तिचा, २४) रापच, २५) रुपाच, २६) रवाच, २७) लस्पाच, २८) याता , २९) दुर्बिच, ३०) देब्बाच, ३१) फतिच, ३२) ङावाचा, ३३) शोचुल, ३४) नोम्लिच, ३५) लिनु, ३६) दिगर्च, ३८)बिग्याच, ३९)ठंग्राच, ४०) दसुच, ४१) ब्रम्लिच, ४२) लोकुच, ४३) जेस्पोच, ४४) ब्रलाच, ४५) बिनिच, ४६) यलुंगच, ४७) थुँगुचा, ४८) थोलोच, ४९) नोम्लिच, ५०) पर्गाच, ५१) रूजिच, ५२) लुखिच, ५३) लिलुच, ५४) लोपाच, (लोप्चा) ५५) क्याबा(५६)कातिचा..57 बगाले सोङ्नचो ,58 दलमुखी सोङ्नचो ,59 कलाङ ,60 याताचो, 61 लोपचो 

खिजीका कोर्मोचाहरूलाई खिजवार वा खिजवारे भनिन्छ।
भुजिका भुजिचाहरूलाई भुजवार वा भुजवारे भनिन्छ।

  • कोर्मोचा खिजी गाउँ (खिज्वार/ खिज्वारे)
  • मुलिचा मुल गाउँ
  • सप्प्रत्चा सप्प्रा गाउँ
  • भुजिचा भुजा गाउँ (भुज्वार / भुज्वारे )
  • प्रेत्तिचा प्रेत्ति (प्रिती) गाउँ
  • कातिचा कात गाउँ
  • शुसुचा शोसुप गाउँ
  • वाच्पुचा वाचपू गाउँ ,

लिलामी पनि हुन्छ रे त सुनुवारको थर

औसी र पुर्णे
औसी र पुर्णे 

सुनुवार जातिको मुख्य संस्कृतिको रूपमा रहेको हाल्ली हरेक वर्ष मंसिर महिना औशीको रातमा खेलेर मनाइने खेल नेपालको पूर्वी पहाड खिजी चण्डेश्वरी मा वसोवास गर्ने सुनुवार किराँत समुदायले खेलिने बिश्वको एक मात्रै खेल हो जुन खेल परम्परा, पुर्खाको मौलिके र मान्नेता अनुसर खेल्दै आएको खेल हो जुन खेल खेलेको १५ दिन भित्र आउने पर्व लाई उधौली पर्व भनिन्छ वा मनाइन्छ । त्यस औशीको रातमा सुनुवार जातीहरूको मौलिके र मान्नेता आनुसर वर्षकै बढी आधेरो रात भएकोहुनाले यस रातलाई अधेरो हुनबाट जोगाउन र बढी अधेरोमा मनब पशु पन्छी लाई असर पर्न नदिनको लागि साथै सुनुवार युब को तागत्, साहस्, उत्सह र जगर लाई अटल राख्न प्रतेक वर्षा मङ्सिर महिना औशिको रात देखी पूर्णिमाको अघिलो रात सम्मा खेलिने खेल लाई हाल्ली भनिन्छ र त्यस रात सके पछि उधौली पर्व मनाइन्छ । हाल+लि+आली = हाल्ली (सुनुवार कोइच भाषा) नेपाली पात्रो मिती:-मङ्सिर देखी (मङ्सिर भरी पनि खेल्न सकिन्छ)

चण्डी नाच (चानदी) नेपालका पुर्वी पहाडको वल्लो किराँत, माझ किराँत र पल्लो किराँतका सुनुवार जातिका विभिन्न चाड पर्व मध्य प्रमुख रूपमा मानिने चाड हो, जसलाई सुनुवार बोलिमा चण्डी सिल वा सूरो-गाशो घर-घरमा पुराउने चलनलाई चण्डी नाच (चण्डी पूजा) भनिन्छ । जसमा मूल नासो वा बालि नासो अर्थात् अन्न-बाली नाशो जसले अन्नपात खेतीबालीहरु राम्रो होस भनि सोरो दिइन्छ वा ल्याइन्छ यसमा ढोल झ्याम्टा बजाउँ जातिय भेष भुषाका हातमा झुम्के रुमाल, फुलपाती, सेउली लिई बाल, युवा, युबती, वृद्धहरु सबै नाचिन्छ । प्रतेक गा. बि. स. मा एउटा-एउटा चण्डीथान हुन्छ, सुनुवारहरु चण्डीथानमा गएर नाच-नाचिने हुनाले यसलाई सुनुवारहरूले चण्डी नाच भन्ने गरिन्छ तर यसमा प्राय सुनुवार थरहरूको बर्गिकरण अनुसार चण्डीथानको नामकरण गरिएको हुन्छ र भाले र पोथी छुटाईएको हुन्छ जस्तै: कोर्माचालाई भाले र मुलिचालाई पोथी भन्ने गरिन्छ कारण मुलिचा र कोर्मोचा एउटै गा. बि. स. मा बस्दै आएकोले यो भने चलन छ। कोर्मोचा ले कोर्मोचा का घर मा सुरो दिने र मुलिचाले मुलिचाको घर मा सुरे दिने चलन छ यादि कोर्मोचा का क्षेत्र मा अरु थरहरु बसो बास गरेमा उसको घर मा पनि सुरो दिन परम्परा छ साथै कुटुम्ब नासो पनि बनाइन्छ, नासोले सेतो फेटा बढेको हुन्छ अर्को नाम पुजारी पनि भनिन्छ।

चा+न+दी =चा (चा का सन्तान) नसो (पुजारी) दीच/ दी तल्ल  (लिनाजनु) 

  1. सुनुवार जाति
  2. चण्डी चण्डीथानमा वा चण्डी पुजा, चण्डी नाच
  3. नासो वा पुजारी थर अनुसारको
  4. डोल बजाउने लाई डोले
  5. स्थानहरु: खिजी, भुजी, प्रीति, काती, रगनी, सैपु, साप्प्रा, पोकली, रस्नाइलु , ललितपुर आदि इत्यदि
  6. थरहरु: खिजी मा कोर्मोचा र मुलिचा, भुजीमा भुजिचा, प्रेतिमा प्रेतिचा, कातिमा कातिचा, रगानी मा कुइतिचा, साप्रामा साप्रचा, ललितपुरमा सम्पूर्ण ..

सुनुवार (कोइँच) पोसाक प्राचिन समयमा फुल, फल, चराको प्वाख, दुम्सी काडा, बहुमुल्य पत्थरआदिको प्रयोक गर्ने गर्थे भने अहिलेको नया मोडन युग मा महिलाहरूले सुनका ढुग्री, मुन्द्री, पोते, बुलाकी, माडवाडी, चेप्टेसुन, बग्मुखे चादीका चुरा, चादीका कल्ली, कम्पनि-अठानी-चरानी माला, नौ-गेढी, गुन्युचोलो, पटुका, पच्छेउरि, कुप्नी, जालीरुमाल र पुरुषहरूले भने दौरा, सुरुवाल, भोटो, जालीरुमाल आदि लगाउने गर्दछन । प्राचिन युगमा आफैले बुनेर लगाउने गर्दाथे ।

  1. राजी विवाह, प्रेम वा स्वायत्त विवाह (अहिलेको युगमा)
  2. मागी विवाह (अहिलेको युगमा पनि)
  3. भागी विवाह (अहिलेको युगमा पनि)
  4. चोरी विवाह (तानी) (पहिलेको युगमा) हुने गर्थ्यो...

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]