सुनुवार जाति
सुनुवार जातिकी महिला र पुरुष | |
| उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू | |
|---|---|
| भाषाहरू | |
| सुनुवार, नेपाली | |
| धर्महरू | |
| मुन्धुम धर्म किराँती, बौद्ध
|
सुनुवार जाति किराँत समूह अन्तर्गत लिने गरिन्छ। गुँइदुवा-ढोल, बुक्थेल-झ्याम्टा, खर्ङा, टोहुङ, न्योहू, बि्रप्चरङ्गी, पुडिपु आदि सुनुवार जातिका बाजा हुन्।[१] भाषा: सुनुवार(कोईचँ लो:), बाहिङ लगायत अन्य किराँत भाषा, खसनेपाली। लिपि: कोईचँ ब्लेअसो (जेतिचा ब्लेअसो, टिकामुलि लिपि)
सुनुवार (कोइँच)
[सम्पादन गर्नुहोस्]सुनुवार (कोइँच) नेपाल सरकारद्वारा सूचीकृत ५९ आदिवासी जनजातिहरूमध्ये एक हुन्। यो जाति पूर्वी नेपालको पहाडी क्षेत्रहरू—विशेषगरी रोल्वालिङ हिमश्रृंखलालाई मूल बनाएर दक्षिणतर्फ बग्ने प्रमुख नदीहरू सुनकोशी, तामाकोशी, र लिखु तथा तिनका सहायक नदीहरू खिम्ती, येलुङ (मोलुङ), र सोलुङ वरपरका भूभागमा छरिएर बसोबास गर्दै आएका छन्।
नेपाली भाषामा ‘सुनुवार’ वा ‘मुखिया’ भनेर चिनिने यो जातिले आफूलाई ‘सुनुवार’ भन्नमा गर्व मान्दछन्। आफ्नै मातृभाषा ‘कोइँच लोः’ (Koinch Lo:) रहेको सुनुवार जाति आपसमा ‘कोइँच’ भनेर सम्बोधन गर्ने चलन छ। उनीहरूभित्र ७० भन्दा बढी विभिन्न उपजातिहरू रहेका छन्।
नेपालको पछिल्लो जनगणना अनुसार देशभर कुल ५५,७१२ जना सुनुवारहरू बसोबास गर्छन्। सुनुवार समुदायको परम्परागत धर्मदर्शनलाई ‘मुक्दुम’ भनिन्छ, जुन उनीहरूको सांस्कृतिक तथा धार्मिक पहिचानको महत्वपूर्ण अंश हो।
सुनुवार (कोइँच)को मुक्दुममा उत्पत्ति सम्बन्धी किम्बदन्ती
[सम्पादन गर्नुहोस्]उहिले–उहिले, जब यो संसार थिएन—न त सूर्य थियो, न पृथ्वी नै—सबै खेसुमुसु (वा सिअसिताअता) अन्धकारले ढाकिएको थियो। त्यस असीम, निराकार, निरङ्कार, निर्विकार, नित्य र अनन्त अन्धकारमा केवल एक सर्वशक्तिमान सत्ता ‘इँगि’ मात्र अस्तित्वमा हुनुहुन्थ्यो।
धेरै पछि, इँगिले ख्लिखिर सहित सोत्लुइत्लुको उत्पत्ति गर्नुभयो। सोत्लुइत्लु उत्पत्तिपछि क्रमशः मुकासुखिकासु र मुइँलिलिँखि जन्मिए। त्यसपछि "ओ हो हो साङ, सो हो हो" भन्ने आध्यात्मिक ध्वनि उत्पन्न भयो।
त्यसपछि, इँगिले सोत्लुइत्लुमा खोरमुदितमु (ऊर्जा या तत्व) भरिदिनुभयो र त्यसबाट तातो महासागरको सृष्टि भयो। उक्त महासागरबाट ठूलो गर्जनसहित बुबोरपेबोर उत्पन्न भयो, जसको साथमा आकाशको उद्गम भयो।
पछि राँकोच (सूर्य) प्रकट भयो। त्यसकै पसिनाले निस्किएको जलधाराबाट सुबु/खादिमुदि (पृथ्वी)को सृष्टि भयो। यससँगै दिन–रातको चक्र आरम्भ भयो।
सुबुको उद्धार गर्न साया/ताया (दिव्य शक्ति) पृथ्वीमा अवतरण हुनुभयो। उहाँले हिमाल, पहाड र तराईको सृष्टि गर्नु भयो। त्यस्तै, वनस्पति र जीवजन्तुहरू पनि उत्पन्न गरिन।
यद्यपि पृथ्वी अझै अधुरो लाग्यो इँगिलाई। त्यसैले, उहाँले चेतनायुक्त, प्राण, बुद्धि, विवेक भएको मानव सृष्टि गर्न साया/तायालाई निर्देशन दिनुभयो। त्यसपछि साया/तायाले खरानी र सुलीलाई रुखको टोड्कोमा जमेको पानीमा मुछेर पहिलो मानव दम्पती कालिपिपि र कालिकिकिको सृष्टि गर्नुभयो।
उनीहरूकै सन्तान हामी मानव हौं। यसै कारण, सुनुवार परम्परामा भनिन्छ—मानिसको जिउ कनाउँदा अझै पनि खरानी निस्किन्छ र सुलीको गन्ध आउँछ।
सुनुवार जातिको उत्पत्ति सम्बन्धि किम्बदन्ती
[सम्पादन गर्नुहोस्]धेरै पुरानो समयको कुरा हो। विशाल मैदानी फाँट तिमरिजोङमा मानव बस्ती थियो। त्यही बस्तीका मानिसहरूको एक समूह पाइतिप नामको पहाडमा गएर बसोबास गर्न थाल्यो। त्यसपछि उनीहरू त्यहाँबाट सरेर जाउजिल भन्ने हिमालपारिको पहाडतिर गए। फेरि बसाइँ सर्दै खायारपास भन्ने ठाउँ आइपुगे। त्यसपछि उनीहरूले थारमालु–थारसिलु भन्ने स्थानमा बस्ती बसाले।
त्यहाँबाट पनि एक समूह मानिस यारमालु (सिमाङगदा) नामको ठूलो मैदानी जंगलतर्फ सरेर बस्ती बसाले। लामो समयसम्म बसोबास गरेपछि उनीहरूले बाह्र गढी बनाएर स्थानीय राजकाज चलाउन थाले। यिनै बाह्र गढीका बासिन्दाहरूले ढोल, झ्यालम्टा बजाएर आफ्नो इष्टदेवी र कुलदेवताको आराधना गर्न थाले। आराधनाबाट प्रसन्न भएर शाँदार देयि (प्रकृति देवी) ले उनीहरूलाई सुनको ढुंङकुर प्रदान गर्नुभयो। त्यसबेलादेखि हरेक वर्ष धुमधामका साथ ढोल-झ्यालम्टा बजाएर शाँदार देयिको पूजा गर्ने परम्परा सुरु भयो।
तर एक दिन त्यही बस्तीमा महामारी र आगलागी फैलियो। मानिसहरू बाँच्न कठिन भएपछि ती बाह्र गढीका एक समूह मानिसहरू पूर्वतिर लागे। उनीहरू अहिलेको सिलुखुलु, हालकाबु, फालेखाम—अर्थात् हालको वराहक्षेत्र (त्रिवेणी) क्षेत्रमा आएर बसोबास गर्न थाले।
त्यही क्षेत्रमा पछि जुमु नामका एक प्रतापी राजा निस्किए। उनको दस छोरा र एक छोरी थिए:
1. मापे
2. सोकरे
3. तोने
4. हिना
5. बिमा
6. रुङ
7. चामले
8. खिँचि
9. पाइ
10. दुङले
छोरीको नाम सायामा थियो।
जेठो छोरा माप्य होपो भने सुनकोशीको किनार हुँदै भोट पस्यो। माइला छोरा पूर्वतिर गएर लिम्बु जातिका पुरखा भए। खिँचि, पाइ र दुङले भने सँगै सुनकोशी नदीको किनार हुँदै पश्चिमोत्तरतिर लागे।
तीमध्ये खिँचिले लिखु नदीको किनारको स्थानमा बस्ती बसाए र सो स्थानको नाम खिँचि रहन गयो। समयक्रममा खिँचिको सन्ततिलाई नै कोइँच भनियो, जसलाई आज हामी सुनुवार जातिका नामले चिन्छौँ। अहिले पनि ओखलढुंगा जिल्लाको खिजी क्षेत्र (खिँचिबाट अपभ्रंश) यो जातिसँग सम्बन्धित ऐतिहासिक स्थलका रूपमा रहिरहेको छ।
पाइ भने चेनाम, राङदिप, माम्खा, रुमजाटार (ओखलढुंगा) क्षेत्रमा बसोबास गर्दै पाइहाङ हुँदै बाहिङ राई बनेको विश्वास छ। त्यसैगरी जेठोको कान्छो सन्तान हायु भएको भनिन्छ।
सुनुवार जातिका थर/उपथरहरु
[सम्पादन गर्नुहोस्]जाति : सुनुवार | जातीय पद मुखिया | भाषामा सुनुवारलाई कोइँच |
सुनुवार (कोइँच) अन्तरगतका विभिन्न थर/उपथरहरु:
१) ओङ्दा, २) कातिच, ३) कोर्मोच, ४) क्युइतिच, ५) क्याबा, ६) कालाङ, ७) कारसिङ, ८) कालिकोटे,९) गउरच, १०) गउडेलि, ११) गोड्रोच, १२) ङावाच, १३) चेबालि, १४) ख्योङ्पतिच/छ्योङ्पतिच,१५) जिजिच, १६) जेस्पुच, १७) जैंतिच, १८) जान्चा, १९) जिमलुङ, २०) ठङ्ङ्ग्राच, २१) तोकुच, २२) तुर्मुच,२३) तुर्कुच, २४) तेप्पाच, २५) तुनिच, २६) थुगुच, २७) थोलोच, २८) दसुच, २९) दर्खाच, ३०) दुर्बिच,३१) दिगर्च, ३२) देब्बाच, ३३) नोम्लिच/नोप्लिच, ३४) पर्गाच, ३५) फतिच, ३६) बिग्या, ३७) ब्रम्लिच,३८) ब्रलाच, ३९) बिनिच, ४०) बुजिच, ४१) मुलिच, ४२) यलुंगच, ४३) याता, ४४) रवाच, ४५) रापच,४६) रूजिच, ४७) रुदिच, ४८) रुपाच, ४९) लस्पाच, ५०) लाराम, ५१) लुखिच, ५२) लिनोच, ५३) लोकुच,५४) लोपा, ५५) लोर/लोरुङ, ५६) वाङ्गदे, ५७) सुजिच, ५८) सोकुच, ५९) सोङना, ६०) श्योचुल, ६१) शुशुच,६२) हेताम लगायत अन्य ।
खिजीका कोर्मोचाहरूलाई खिजवार वा खिजवारे भनिन्छ।
भुजिका भुजिचाहरूलाई भुजवार वा भुजवारे भनिन्छ।
- कोर्मोचा खिजी गाउँ (खिज्वार/ खिज्वारे)
- मुलिचा मुल गाउँ
- सप्प्रत्चा सप्प्रा गाउँ
- भुजिचा भुजा गाउँ (भुज्वार / भुज्वारे )
- प्रेत्तिचा प्रेत्ति (प्रिती) गाउँ
- कातिचा कात गाउँ
- शुसुचा शोसुप गाउँ
- वाच्पुचा वाचपू गाउँ ,
हाल्ली खेल
[सम्पादन गर्नुहोस्]
सुनुवार जातिको मुख्य संस्कृतिको रूपमा रहेको हाल्ली हरेक वर्ष मंसिर महिना औशीको रातमा खेलेर मनाइने खेल नेपालको पूर्वी पहाड खिजी चण्डेश्वरी मा वसोवास गर्ने सुनुवार किराँत समुदायले खेलिने बिश्वको एक मात्रै खेल हो जुन खेल परम्परा, पुर्खाको मौलिके र मान्नेता अनुसर खेल्दै आएको खेल हो जुन खेल खेलेको १५ दिन भित्र आउने पर्व लाई उधौली पर्व भनिन्छ वा मनाइन्छ । त्यस औशीको रातमा सुनुवार जातीहरूको मौलिके र मान्नेता आनुसर वर्षकै बढी आधेरो रात भएकोहुनाले यस रातलाई अधेरो हुनबाट जोगाउन र बढी अधेरोमा मनब पशु पन्छी लाई असर पर्न नदिनको लागि साथै सुनुवार युब को तागत्, साहस्, उत्सह र जगर लाई अटल राख्न प्रतेक वर्षा मङ्सिर महिना औशिको रात देखी पूर्णिमाको अघिलो रात सम्मा खेलिने खेल लाई हाल्ली भनिन्छ र त्यस रात सके पछि उधौली पर्व मनाइन्छ । हाल+लि+आली = हाल्ली (सुनुवार कोइच भाषा) नेपाली पात्रो मिती:-मङ्सिर देखी (मङ्सिर भरी पनि खेल्न सकिन्छ)
जत्ना ष्याँदर (उभौली चाड) फोल ष्याँदर (उधौली चाड)
[सम्पादन गर्नुहोस्]जत्ना ष्याँदर (उभौली चाड) किरात कोइँच (सुनुवार)हरुको पहिलो महान चाड हो। यो चाड हरेक बर्षको बैशाख महिनाको शुक्ल पूर्णिमाको दिन मनाउने गरिन्छ। भने फोल ष्याँदर (उधौली चाड) दोस्रो महान चाड हो। यो चाड हरेक बर्षको मंसिरे पूर्णिमाको दिन मनाउने गरिन्छ। हिउँदको याम पछि वर्षा यामको सुरुवात भई गर्मी र वर्षा हुने भएर नयाँ अन्नबाली लगाउने याम भएकाले नयाँ पालुवा पलाउने तथा जीवजन्तू , चराचुरुङ्गी र माछाहरु उँभोतिर लाग्ने भएकाले यो यामलाई उभौली भनिएको हो। र गर्मीको याम पछि हिउँद यामको सुरुवात भई जाडो हुने भएकोले उधौली चाडको रूपमा रहेको किरातीहरूको यो महत्वपूर्ण चाड हिउँद ऋतुमा अन्नबाली धान कोदो पाके पछि ढुकुटीमा थन्क्याउदैै त्यसमा साथ दिने इष्टदेव देवी, पितृ र प्रकृति हावा, जुन, घाम, पानी, आगो, कृषि औजार र माटो आदिलाई कृतज्ञता तथा धन्यवाद प्रकट गर्दै तिनैलाई पहिले चढाएर मात्र खान - पिउनलाई अनुमति माग्ने किरातीहरुको चलन रहेको पाइन्छ। उभो हिमाल तिर जाडो बढे पछि हिउँ, टुसारो, हुस्सु लाग्ने भएकोले न्यानो तथा गर्मी हावापानीखोज्दै जीवजन्तू , चराचुरुङ्गी र माछाहरु उभो हिमाली लेकबाट उँधो तराई बेसी तिर लाग्ने तथा झर्ने भएकाले यो यामलाई उधौली भनिएको हो। यो चाडमा एकल वा सामुहिक रूपले आ-आफ्नो इष्ट देवीदेउता, प्रकृति र पितृको पुजाआजा गर्दै मानव बस्तीमा कुनै रोगब्याधी नलागोस, कुनै प्राकृतिक बिपत्ति आईनपरोस, राम्रो मौसम भई लगाएको अन्नबाली सप्रियोस राम्रो होस् भनी सिद्धिशक्ति तथा सह माग्ने र सह बोकेर घर भित्र्याउने गरिन्छ। पहिले पूर्खाहरुले आरु फुलेको याममा यो उभौली कार्य गर्ने गर्दथे। भने पूर्खाहरुले उम्भुङ फुलेको याममा चाहिँ यो उधौली कार्य गर्ने गर्दथे। किरातीहरुले इष्ट देवी देउता पितृ पुर्खालाई पुकार्ने तथा मान्ने गर्दछन्।
यो चाडमा कोइँच सुनुवारहरुले कालो कोट, दौरा-सुरूवाल, जाले रुमाल, कम्मरी, बुकी फूल सिउरिएर, खुकुरी तरबार धुनुकाँड भिरेर ढाकाको टोपीमा ठाँटिएर पुरुषहरू नाँचमा ताल मिलाउदै गोलबन्द भएर नाच्छन् भने महिलाहरू पनि कम्मरमा पटुकी कसेर चौबन्दी चोली र छिटको फरिया अनि पहेंलपुर गरगहनामा सजिएर उनीहरूलाई इसारा गर्दै नाच्छन् । यो चाडमा हातमा चौरीको पुच्छर, सेउली स्याउला, ढोल, झ्याम्टा, बिनायो मर्चुङ्गा, बच्छेबाजा, टुङ्ना, यलम्बरबाजा, चरीबाजा, बाँसुरी तथा मुरली आदि लिएर सुनुवार भाषामा मुक्दुमी गीतहरू गाउदै गोलाकार घेरामा रहेर नाचिने अहिले सबै जातीका युवायुवतीको सहभागिता बढ्दो छ। हात-खुट्टाको चाल हाउभाउद्वारा पङ्क्तिबद्ध रूपमा विभिन्न जीवजन्तु, पशुपन्क्षीहरुको क्रियाकलापहरुलाई अनुसरण तथा नक्कल गरी ढोल-झ्याम्टाको तालमा शरीरको हाउभाउ र अभिनयमा मानव सभ्यताको बिकास सँगै भएका विभिन्न क्रियाकलापहरु खोरिया फाँडेको, अन्नबाली लगाएको, गोडमेल गरेको र बाली उठाएको जस्ता कृषि कार्य प्रदर्शन गरि नाचिन्छ।
२. ष्याँदर खिँ (पुजा घर तथा थान)
३. पिदार-नाम्दार (पुजाआजा)
४. ष्याँदर सिल (नाच)
५. कुम्सो ( गीत)
६. नासो (पुजारी)
७. मुक्दुम (धर्म ग्रन्थ तथा दर्शनशास्त्र)
सुनुवार (कोइँच) पोसाक प्राचिन समयमा फुल, फल, चराको प्वाख, दुम्सी काडा, बहुमुल्य पत्थरआदिको प्रयोक गर्ने गर्थे भने अहिलेको नया मोडन युग मा महिलाहरूले सुनका ढुग्री, मुन्द्री, पोते, बुलाकी, माडवाडी, चेप्टेसुन, बग्मुखे चादीका चुरा, चादीका कल्ली, कम्पनि-अठानी-चरानी माला, नौ-गेढी, गुन्युचोलो, पटुका, पच्छेउरि, कुप्नी, जालीरुमाल र पुरुषहरूले भने दौरा, सुरुवाल, भोटो, जालीरुमाल आदि लगाउने गर्दछन । प्राचिन युगमा आफैले बुनेर लगाउने गर्दाथे ।
विवाह
[सम्पादन गर्नुहोस्]- राजी विवाह, प्रेम वा स्वायत्त विवाह (अहिलेको युगमा)
- मागी विवाह (अहिलेको युगमा पनि)
- भागी विवाह (अहिलेको युगमा पनि)
- चोरी विवाह (तानी) (पहिलेको युगमा) हुने गर्थ्यो...
तस्वीरहरू
[सम्पादन गर्नुहोस्]-
उधौली मनाउदै
-
सुनुवार महिला
-
पराम्परा
-
सुनुवार पराम्परा
-
सुनुवार (कोइचा)हरु
🔥 (चुला)🔥
कुनै घरको ढोका देखिँदैन भने त्यो अधुरो लाग्छ, तर घरभित्र चुप्लु (चुला) नदेखिँदा त्यो घर होइन भन्ने महसुस हुन्छ। हामी किरात कोइँच (सुनुवार) हरूका लागि चुप्लु (चुला) केवल अन्न पकाउने ठाउँ मात्र होइन – त्यो हाम्रो संस्कार, शुद्धता, आस्था र अस्तित्वको केन्द्र हो।
चुप्लु (चुला)मा बालिने आगोले शरीर तातो बनाउँछ, तर त्यो आगोले पितृलाई सम्झन सकिन्छ, आत्मालाई शुद्ध पार्न सकिन्छ, सत्यको साक्षी राख्न सकिन्छ। त्यही चुप्लु (चुला) अगाडि बसेर हामी आफ्ना पितृलाई बोलाउँछौं, आगो छोएर सत्य बोल्छौं, नयाँ पुस्तालाई जिम्मेवारी सुम्पन्छौं।
हाम्रो मुक्दुम अनुसार, देवात्मा, पितृआत्मा, सम्पूर्ण तेज तत्व चुप्लु (चुला)मै वास गर्छन्।
यसैले चुप्लु (चुला) छुटे भने हाम्रो संस्कृति, हाम्रो आत्मा र हाम्रो पहिचान पनि छुट्ने हो।
यही चुप्लु (चुला)को गहिरो महत्त्व बुझाउनका लागि यो लेखको आरम्भ गरिएको छ –
डडकिरात कोइँच (सुनुवार) मुक्दुममा चुप्लु (चुला) को आफ्नै मौलिक लक्षणशास्त्र हुन्छ। साधारणतया चुप्लु (चुला) भन्नाले अगेना अर्थात् आगो बालेर खाना पकाउने ठाउँ भन्ने हुन्छ। चुला-चौकाको शाब्दिक तात्पर्य चुला भन्नाले खास भाँडो बसाल्ने त्रिकोणात्मक चक्राकारमा राखिएको ३ वटा लु (ढुङ्गा) हुन् भने चौका भनेको उक्त ३ वटा लु (ढुङ्गा) लाई सुरक्षाको हिसाबले र दाउरा बालेर खरानी भए पश्चात् उक्त दाउराको भस्म एकत्रित राख्ने उदेश्यले चुल्ढुङ्गालाई चारैतिरबाट बारिएको चारपट्टीको ४ वटा ढुङ्गालाई चौका भन्ने बुझाउछ। चुप्लु (चुला) बंश परम्परागत सम्पति तथा शक्तिको केन्द्र हो। चुप्लु (चुला) शिक्षाको उच्च तह, मनोबैज्ञानिक अस्पताल र न्यायलयको रुपमा पनि मान्न सकिन्छ। जुनसुकै किरात इलाकाको किरातीहरुको पनि आगोमा देवात्मा रहन्छ। देवात्मा वरिपरि पितृआतृमा रहन्छन् भन्ने मुक्दुमको अवधारणा पाइन्छ। आगो सर्वव्यापी परमात्माले मानिसको लागि दिएको एउटा अपूर्ण शक्ति हुँदा पितृआत्मा रक्षक परमात्मा एवम् मानव कल्याणकारी रुपमा तनमस्तक भई पिदार गर्ने प्रचलन पाइन्छ। तमाम किरातीहरुमा पिदारको विधि एकापसमा केही फरक देखिए तापनि आगोलाई पुज्नुको तात्पर्य एउटै देखिन्छ। प्रकृति र पितृपुजक किरातीहरु आगोलाई पञ्च-तत्व तेजको रुपमा मुख्य देवा (देउता) को रुपमा पुजा गर्दछन्।
किरात कोइँच (सुनुवार) मुक्दुममा चुप्लु (चुला) मुख्य संस्कारगत केन्द्र मानिन्छ। मुक्दुमका हरेक विधाका विधिहरु चाहे ती देउकार्य हुन् वा पितृकार्य हुन् हरेक पिदार (पुजा) को उद्घाटन चुप्लु (चुला) बाटै सुरु गरिन्छ र सम्पूर्ण मुक्दुमका विधि-विधान सक्दा पनि चुप्लु मै ल्याएर समापन गरिन्छ। अत: किराती कोइँच (सुनुवार) मुक्दुम अनुसार चुप्लु सर्वव्यापी परमात्मा र पितृ आत्मा बस्ने घरको मुल स्थान हो भन्ने मान्यता पाइन्छ। यस अनुसार चुप्लुको निर्माण वा चुप्लुको महत्त्व निम्नानुसार भएको पाइन्छ।
🔅 मुक्दुम अनुसार चौकाको प्रतीकात्मक लक्षणहरू: (१) पूर्वपट्टि चौकाको ढुङ्गा – ममा खुलु (सृष्टि) (२) पश्चिमपट्टि – म्हिः खुलु (प्रकृति) (३) उत्तरपट्टि – फु:सु~से खुलु (देवलोक) (४) दक्षिणपट्टि – ग्लुमा खुलु (पितृ लोक)
त्यस्तै चौकाको भित्री भाग चुल्ढुङ्गाहरुमा –
(१) पहिलो – इँगि खुलु (सर्वशक्तिमान सर्वव्यापी परमात्माको प्रतीक) (२) दोस्रो – दुमा खुलु (पञ्चतत्व र पितृ शक्तिको प्रतीक) (३) तेस्रो – रेल्लु खुलु (निरन्तरताको प्रतीक)
✳️ चुप्लु गाड्ने विधि पनि पवित्र र अनुशासित हुन्छ: ✅ नयाँ घरमा चुप्लु (चुला) स्थापना गर्दा मूल घरको चुप्लुबाट बुल्सी (अगुल्टो) लगेर विधिवत् म्हि: (आगो) फुक्नु वा बाल्नु पर्दछ। ✅ छुट्टिएर भिन्न हुँदा मूल घरको चुप्लुको चुल्ढुङ्गामा एउटा नयाँ चुलढुङ्गा राखी पुरानो चुल्ढुङ्गा लगेर इँगी खुलु अर्थात् सरिङ होपो (सर्वशक्तिमान सर्वव्यापी परमात्माको प्रतिक) को रुपमा छुट्टिएर भिन्न भई बस्ने घरमा स्थापना गर्नु पर्दछ। ✅ गोठ वा कटेरा सार्दा म्हि: (आगो) को माऊ मूल बुल्सी (अगुल्टो) राखिएको म्हि: धुवाउँदै अघि लाग्नु पर्दछ।
🚫 निषेधित कार्यहरू: ❎ चुप्लुमा जुठो फोहोर पार्नु, पैताला देखाउनु, खकार, सिगान, पसिना, थुक र आँसु जस्ता कुराहरु पार्नु हुदैन। ❎ मूल चुप्लुमा भकिम्लो, रानी भलायो र सिँउडीको दाउरा पोल्नु हुदैन। ❎ मूल चुप्लुमा जुठो मासु, काटेको नङ, केश, फोहोर लुगाकपडा, झुम्रो सल्काउनु पोल्नु हुदैन। ❎ चुप्लुमा पानीको लोटा घरमूलीले घोप्ट्याउनु हुदैन। ❎ जिउँदो जीव चुप्लुमा होम्नु हुदैन। ❎ चुप्लुमा काँचो वा ताजा रगत पार्नु हुदैन। ❎ घर बढार्न प्रयोग गरिएको कुचो मूल चुप्लुमा पोल्नु हुदैन। ❎ सुत्केरी र महिनावारी भएको महिलाले आफू नचोखिउञ्जेल मूल चुप्लु छुनुहुदैन। ❎ चुप्लुको अगाडि बसेर अश्लील अपशब्द गाली, झुटो बोली, सराप्नु हुदैन।
मुक्दुम अन्तर्गत गरिने जुनसुकै पिदारहरु सुरु गर्दा न्हा:सो (पुजारी) ले सुरुमै ``सङ् सो सङ् सङ्... चुप्लु होपो, दुप्लु होपो, मुसो होपो, फु:सु होपो, सरिङ होपो, वरिङ होपो, खरिङ होपो...´´ भनेर सुरु गर्नु पर्दछ। अन्त्यमा ``ममा खुलु, ग्लुमा खुलु~से खुलु´´ भाक्दै समापन हुन्छ। यसरी किराती कोइँच (सुनुवार) हरुले चुप्लुलाई सम्पूर्ण देवात्माको लक्षण, प्रकृति र पितृ शक्तिहरुको लक्षणको रुपमा पिदार-नाम्दार (पुजा- आजा) गर्ने हुँदा सम्पूर्ण दैवी पितृ शक्तिहरु चुप्लुमा वास गर्ने विश्वास गर्दछन्। यसैलेेेे उनीहरूमा आगो छोएर बोलेको सबै कुराहरु `सत्य हुन्छ ´ भन्ने विश्वास छ। यसैले कुनै पनि अपराधीलाई उसले अपराध गरे नगरेको कुरामा सत्य- तथ्य आगो छुवाई बहकाइन्छ, भने कुनै पनि भविष्यमा पूरा गर्नु पर्ने दायित्वका निम्ति पनि सम्बन्धित व्यक्तिलाई आगो छोई वाचा बाँध्न लगाइन्छ। त्यसैले चुप्लु (चुला) किरातीहरुको विश्वासको केन्द्र बिन्दु हो।
🔥चुप्लु (चुला) किन चाहिन्छ ? १.) उत्पादन गरेको अन्नबाली पुर्खाहरुलाई चढाउने देखाउने साथै आर्जन गरेको धन सम्पत्ति देखाउने, अन्नको सह माग्ने तथा कार्य सफल्ताको लागि बल माग्ने, शिर उभ्याउन चुप्लु चाहिन्छ । २.) किरातहरुको मुन्धुम अनुसार छोरीलाई कुटुम्बको घरमा र बुहारीलाई भित्रिएको घरमा समान अधिकार दिलाउने ठाउँ हो, साथै घरमूलि लगायत सम्पूर्ण किरातीहरुको रक्षा गर्ने ठाउँ पनि हो चुप्लु । ३.) विभिन्न किराती मुन्धुमी संस्कार सुरु गर्न चुप्लु बेगर कुनै पनि कार्जे गर्न सकिदैन र जन्मेदेखि मृत्यु सम्मको कार्जे गर्दा पनि चुप्लु चाहिन्छ ।
✍️ किराती बिबेक सुनुवार (लिनोच)

- ↑ "मुकारूङ बुलु, सीमित आदिवासी असीमित लोकबाजा, गोरखापत्र'", Gorkhapatra.org.np।