हाल्ली खेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
औंसी र पूर्णे
औंसी र पूर्णे 

हाल्ली खेल सुनुवार जातिको मुख्य संस्कृतिको रूपमा रहेको हाल्ली हरेक वर्ष मंसिर महिना औंसीको रातमा खेलेर मनाइने खेल नेपालको पूर्वी पहाडी जिल्ला ओखलढुङ्गा जिल्लाको खिजी चण्डेश्वरी मा वसोवास गर्ने सुनुवार, किराँत समुदायले खेलिने बिश्वको एक मात्रै खेल हो जुन खेल परम्परा, पुर्खाको मौलिक मान्यता अनुसर खेल्दै आएको खेल हो जुन खेल खेलेको १५ दिन भित्र आउने पर्व लाई उधौलीपर्व भनेर मनाइन्छ । त्यस औशीको रातमा सुनुवार जातीहरूको मौलिक र मान्यता अनुसर वर्षकै बढी अन्धारो रात भएको हुनाले यस रातलाई अन्धारो हुनबाट जोगाउन र बढी अन्धारोमा मानव तथा पशु पन्छी लाई असर पर्न नदिनको लागि साथै सुनुवार युवकहरूको तागत, साहस, उत्साह र जाँगरलाई अटल राख्न प्रत्येक वर्ष मङ्सिर महिना औंसीको रात देखी पूर्णिमाको अघिलो रात सम्म खेलिने खेल लाई हाल्ली भनिन्छ र त्यस रात सके पछि उधौली पर्व मनाइन्छ । हाल+लि+आली = हाल्ली सुनुवार भाषा (कोइच)बाट उत्पन्न भएको मानिन्छ।
जरुरीसूचना: यो खेलको बारेमा खिजी चण्डेश्वरी का सुनुवारकोर्मोचा ब्यक्ती र बुद्धिजीबीहरूबाट मात्रै सत्य तत्य प्रमाणित हुन्छ कारण यो खेल बिश्वका कुनै पनि राष्ट्रले खेलेको छैन अझै सम्म यो खेल खिजी चण्डेश्वरी गा बि स का सुनुवार थर कोर्मोचाहरूले मात्रै खेल्दै आएको प्रमाणित छ, कारण सुनुवार हरूको पुर्खौली क्षेत्र मानिन्छ ।

  1. एक खतरनक र मनोराजन खेल हो