कुमाल जाति

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
Kumal cultural dress


कुमाल Kumal[सम्पादन गर्ने]

परिचयः[सम्पादन गर्ने]

नेपाल अधिराज्यमा आदिमकालदेखि बसोवास गर्दै आएका ५९ वटा आदिबासी जनजातिहरु मध्ये कुमाल जाति पनि एक हो । यो जाति खास गरेर पहाडी प्रदेशको खोला नदीको किनारमा पर्ने बेशी, टार र फांटहरुमा बसोबास गरेको पाईन्छ । पूर्व मेची देखि पश्चिम महाकालीसम्मको बिभिन्न जिल्लाको तराई र भित्री मधेशमा पनि यो जातिको बसोबास छ । हिमाली क्षेत्रमा भने यस जातिको बसोबास भएको पाईदैन ।

वि.सं.२०६८ को जनगणना अनुसार नेपाल अधिराज्यमा कुमाल जातिको जनसंख्या १,२१,१९६ रहेकोमा जसमध्ये पूरुषतर्फ ५७,५२६ र महिलातर्फ ६३,६७० रहेकोछ । त्यस्तै गरी शहरी क्षेत्रमा बसोबास गर्र्ने कुमालहरुको संख्या १८,३५५ छ भने ग्रामिण क्षेत्रमा बसोबास गर्ने जनसंख्या १,०२,८४१ रहेकोछ । उच्च पहाडी क्षेत्रमा कुुल जनसंख्याको २,३६८ जना मध्यपहाडी क्षेत्रमा ६१,०५२ र तराई क्षेत्रमा ५७,७७६ जनसंख्याले बसोबास गर्दछन् । शारिरीक रुपमा सुसंगठित, बलिया पाखुरा, विशेषतः कालो बर्ण, थेप्चो नाक, होचो कद यस जातिको झिनो परिचय मान्न सकिन्छ । शिक्षा र स्वास्थ्य क्षेत्रबाट पछाडि परेका र आर्थिक विपन्नतामा रुमालिएका यस आदिवासी जातिले राष्ट्रिय विकासको मूलधारमा समान अवसरको अनुभूति गर्न सकेका छैनन् ।

कुमाल जाति भित्रका थर[सम्पादन गर्ने]

(१) मुखिया (२) बगाले (३) अर्घाली(४) पाल्पालि (५)सिरब्रालि (६) प्युथानी (७) सप्लुङे (८) निरन (९) पोख्रेलि (१०) गोरुङगे (११) पोस्थरे (१२) सप्कोटा (१३) बढघरे (१४) हर्दिया (१५) रनगुजे (१६) बाङबोटे (१७) सवाङजे ( १८) राजपुत (१९) गोरसते (२०) मसुके (२१) बोस्कोरे (२२) हरदैली (२३) चाप्कोटे (२४) अठमैया (२५) थिमथिम (२६) पर्बते (२७) स्याङजाली (२८) नयाचउतारे (२९) राना (३०) चोल (३१) राउजे (३२) बोटे (३३) दुधपाउ (३४) हलिसे (३५) डले (३६) मुकुडे (३७) पाठक (३८) भट्टराई (३९) स्यान (४०) शान्था (४१) अडमइया मसुके (४२) बर्मा (४३)मेसबि (४४) हलिदे

हाम्रो जातीय प्रशासनीक संरचना तथा पदहरु ।।

हामी कुमालहरुको आफ्नै प्रकारको परम्परागत नियम कानुन छ नियम कानुन हेर्ने जिम्मा मिजार, मुखिया , बढ्यौंलि ,गौरुङग जस्तो पद दिएर समाजमा विभिन्न प्रशासनिक कार्यगर्ने परम्परा थियो हाल यो परम्परा सबै ठाउँमा लोप भैसकेको छ ।

भाषाः[सम्पादन गर्ने]

नेपालमा आर्यहरुको प्रवेश संगै भारोपेली परिवारको विभिन्न भाषाहरु पनि भित्रिएका थिए, त्यसै अनुरुप कुमाल जातिको पनि छुट्टै भाषा छ । तर लिखित रुपमा लिपि नभएको र अत्याधिक मात्रामा नेपाली भाषाले यस भाषालाई विस्थापित गरेकाले कुमाल भाषा लोपन्मुख अवस्थामा रहेकोछ । जनगणना २०६८ अनुसार हाल कुमाल भाषा जम्मा जनसंख्याको १२,२२२ जनाले मात्र बोल्ने गर्दछन् । खाशगरी यो भाषा लमजुङ्ग, कास्की, तनहु‘, गोरखा, पाल्पा, नवलपरासी, गुल्मी, अर्घखॉची, स्याङ्जा, धादिङ्ग, नुवाकोट..........आदि जिल्लाहरुमा मात्र बोल्ने गरेको पाईन्छ । नेपालमा अल्पसंख्यक जातिहरुको भाषा क्रमशः लोपोन्मुख अवस्थामा रहेकोेले कुमाल भाषा पनि अल्पसंख्यक जातिकै भाषा भएकोले आधुनिक शिक्षा र पुराना व्यक्तिहरुको मृ्त्युसंगै यो भाषा लोपोन्मुख अवस्थामा छ ।

कुमाल भाषाको केहि उदाहरण निम्नानुसार छ ;

  • तपॉईको नाम के प¥यो ? ( तुरेक नाम के पर्ल)
  • मेरो नाम सीता हो । ( मोर नाम सीता हकै)
  • यो कुरा कसैलाई नभन्नु है ( ये कुरा कसैके झिन्कउ है)
  • भनि दिन्छु । ( कैदिनु )
  • म पढ्न जान्दिन । ( मुई पढैके नजान्तु )
  • मलाई यो कुरा थाहा छैन । ( मुके ये कुरा थाहा नाखै )
  • त‘ कहॉ गएर आईस ? ( तुई कहॉ गएर आईलक )
  • मैले यो काम जानेको छैन् । ( मुई यो काम नाखैजानल )
  • मलाई यो कुरा नसोध । ( मुके यो कुरा झिन्सोध )
  • मलाई धेरै नकराउनुस् । ( मुके धेरै झिन्कराव )
  • भात खान आउ । ( भात खाईके आउकलक )
  • त‘पाई कहिले आउनु भयो ? ( तुरे कहिले आईलक )

धर्मः[सम्पादन गर्ने]

kumal making clay pot using traditional wheel

आदिवासी कुमाल जाति धार्मिक प्रकृतिका सोझा जाति हुन् । यस जातिले खास गरेर हिन्दु धर्ममानै आस्था राखेको पाईन्छ । परमात्मा माथिको विश्वास, पापदेखि डर मान्ने, पुण्यमा आशा र भरोसा राख्ने, तन्त्रमन्त्र तथा धामी झॉक्रिको क्रिया प्रतिक्रिया प्रति विश्वास गर्दछन् । पछिल्लो समयमा कतै कतै धर्म परिवर्तन गरी क्रिश्चियन तथा अन्य धर्म प्रति आर्कषित भएको पनि पाईन्छ ।

कुमाल जातिले गर्ने बिभिन्न पुजाहरु[सम्पादन गर्ने]

  • कुलायन पुजा
  • आइतबारे पुजा
  • बायुपुजा
  • चन्डीपुजा
  • सोमपुजा
  • नाग-नागिनी पुजा
  • शिकारीपुजा
  • मन्डलिवाई अनि सेमरेवाई पुजा
  • देशान्तरीमाइ फिरन्तरीमाई पुजा
  • जाबेद पुजा
  • पुर्बेलि पुजा हुन

पेशाः[सम्पादन गर्ने]

कुमाल जातिको मुख्य पेशा माटाको भॉडा बनाई बिक्रिगर्ने हो । यसको अलवा खोला, नदी, तलाउबाट माछामार्ने, खेतीपाती, पशुपालन गर्ने तर्फ पनि आर्कषित भएको पाईन्छ । जंगलबाट पाईने दाउराको समस्या, भॉडा बनाउने कालिमाटीको अभाव, प्लाष्टिक र आलमुनियमका भॉडाले गरिदिएको विस्थापन, पुराना पुस्ताका कालीगढहरुको क्रमशः अवसान र नयॉ पुस्ताले यस पेशा प्रति खासै चासो नदिएका कारणले यिनीहरुको भॉडा बनाउने पेशा संकटमा परेको छ ।

उपर्यूक्त समस्याहरुको कारणले कुमालहरु आफ्नो मुख्य पेशालाई छाडी अन्य पेशा तर्फ आर्कषित हुन बाध्य छन् । हाल आएर कुनैले चोयाको डोको, नाम्लो, मान्द्रो,स्याखु, टोप, छत्री आदी बुनेर कोही डकर्मी र सिकर्मीको काम गरेर त कोही भारी बोक्ने, माछा मार्ने र ईट्टा बनाएर आफ्नो जिवनयापन गर्दछन् । कुनै कुनै जिल्लाका कुमालहरुले हाल आएर परम्परागत खेती प्रणालीलाई कम गरी तरकारी तथा फलफूल खेती र व्यवसायिक कुखुरा तथा बंगुर र माछा पालनतर्फ आर्कषित भएको देखिन्छन् ।

सामाजिक चालचलनः[सम्पादन गर्ने]

बच्चा जन्मेको ६–११ दिन सम्म सुतक बारी न्वारन गर्ने, छोरी भए ५ महिना र छोरो भए ६ महिनामा अन्न प्राशन गराउने गर्छन् । कुनै कुनै जिल्लाहरुमा त ब्रतबन्ध गराउने चलन पनि छ । उमेर पुगेपछि मागी बिवाह गर्ने, कतै कतै केटाले मन परेको केटीलाई सुटुक्क भगाई विवाह गर्ने र पछि माईती मान्ने चलन पनि छ । चोरी विवाहमा केटाकेटी दुबै तर्फको सहमति भएता पनि आर्थिक संकटले पछि विवाह सम्पन्न गर्ने गरी केटीलाई केटाको घरमा भित्राईन्छ र पछि आर्थिक जोहो गरी आफन्तहरुलाई निमन्त्रणा गरी नव दम्पत्तीलाई टिकालगाई उपहार दिने र विवाह भोज गर्ने र नॉचगान गरी रमाईलो गरिन्छ ।

विभिन्न हिन्दु देवीदेवताको पूजा गर्ने, सोह्रश्राद्धको अन्तिम दिन पितृ पूजागर्ने चलन छ । मानिसको मृत्यु पछि नदी किनारमा लगि जलाउने र जुठो ९ देखि १२ दिन सम्म बार्ने र १३औ दिनमा शुद्ध हुने चलन छ ।

चाडपर्व ÷ रितिरिवाजः[सम्पादन गर्ने]

खाश गरी कुमाल जाति प्रकृति पुजक भएपनि हिन्दु धर्म मान्ने भएकाले अन्य हिन्दु धर्मालम्वीहरुले जस्तै दशै, तिहार, ठूलो एकादशी, तिज, श्रीपञ्चमी, माघे सक्रांन्ती, शिवरात्री, फागुपूर्णिमा, चैते दशैं, चण्डी पूर्णिमा, आदी पर्व मनाउने गर्दछन् । साथै यस जातिले समयानुकुल कुल, देवी, वायु, भु‘गेर, वीर, झॉक्रीको पुजा गर्दछन् । पुजाआजा र ठूला पर्वहरुमा हि‘उदमा पाउदुरे र सोरठी जस्ता लोपन्मुख नॉच नॉच्दछन भने बर्षा याममा चुड्का, झ्याउरे, ठाडो भाखा र दोहोरी गितमा रम्ने गर्दछन् ।

भेषभूषाः[सम्पादन गर्ने]

कुमाल जातिको भेषभूषा खाश किटान नभए पनि पुराना पुस्ताको लोग्ने मानिसले लगाउने घरबुनाका सेतोे भोटो, घरबुनाकै कछाड्, कालो ईष्टकोट र टोपी, टोपीमाथि सेतो फेता अनि आईमाईहरुले लगाउने कालो चोलो, कालो गुन्यु, पहेलो वा अरु रंगको पटुकी, रातो घलेक र बुट्टे मुजेत्रो, कानमा चेप्टे सुन, ढुङ्ग्र्री, हातमा राता चुरा, गलामा पहेलो पोते, मुगाको रातो माला, जन्तर र चॉदीका ठिमुरेमाला, हातको औंलाका छापे औंठी, कपालमा रातो डोरी धागो, नाकमा छाते फूली र निदारमा ईच्छानुसारको रातो टिका लगाउने चलन छ । तर यस पुराना भेषभूषाहरुलाई कोट, सर्ट, पाईण्ट, साडी, चोलो, व्लाउज, कुर्ता सलवार, आदी आधुनिक पोशाकले विस्थापित गर्दैछ ।

खानपानः[सम्पादन गर्ने]

खाश गरेर कुमाल जातिको बसोबास बेशी, टार, फॉटमा भएकाले यिनीहरुले आफ्नो आर्थिक हैसियत र अवस्था अनुसार चामलको भात, दाल, तरकारी र माछा आदी खान्छन् । आर्थिक बिपन्नताको कारणले यिनीहरुले ढिंडो, कोदोको रोटी, मकैको भात, गुन्द्रुक, पिंडालु, तरुल, र घु‘गी, ग‘गटो, झिं‘ङ्गे माछा, र बाम जस्ता जलचरहरु पनि खान्छन् । जॉड रक्सीको सेवन यिनीहरुको पुरानो संस्कार हो । अझ पुरानो जमनामा त गिठा, भ्याकुर, जंगली च्याउ, गुर्वा, बॉकु, मैनकॉडा जस्ता कन्दमूल पनि खाने चलन थियो । मासुमा कुखुरा, हॉस, सुंगुर बंगुर, आदि खान्छन भने खरायो, कालीज, बनकुखुरा र अन्य पंक्षीहरु पनि शिकार गरी खाने गर्दछन् ।

नाच र बाजा[सम्पादन गर्ने]

पाउदुरे, मारूनि, चुड्का, हेम्फाइ, सालैजाे अादि मुख्य नाच हुन। कुमाल जातिले बजाउने बाजाहरू माटेमुरली, मादल, खैँजडी, माटेढुकुर आदि छन्।

बसाई सराईः[सम्पादन गर्ने]

कुमाल जातिहरुले आदिमकालदेखि खोला नदिको किनारमा अवस्थित टार, फॉट र बेशीमा औलो ज्वरो र बिफर जस्ता घातक रोगहरुसंग लड्दै तराई र भित्रि मधेशमा करेंत र गोमन जस्ता खतरनाक सर्पहरु हात्ती गैंडा र अर्ना जस्ता जंगली जनावरहरुसंग लड्दै आफ्ना पूर्वजहरु गुमाउ‘दै खेती तथा बस्ती योग्य ठॉउहरु बनाए । तर त्यस ठॉउमा जब विकासका पूर्वधारहरु बाटो, अस्पताल, विद्यालयहरु, पानी, बिजुली बत्ति र कलकारखनाहरु खुले, शहरीकरण र औद्योगिकरण भए तब कुमाल समुदाय आफ्ना जमिन अन्य जातिहरुलाई बिक्रि गर्दै आफ्नो वस्ती अन्यत्र सार्दै गरेको पाईन्छ । कतै कतै त आफुले विक्रि गरेको जग्गामा अन्यले बनाई बसेको घरमा दैनिक कामकाज गरी जिवनयापन गरेको दयनिय अवस्था पनि देखिन्छ । यस्तो तितो यथार्थ, कुमाल समुदायमा विद्यमान छ ।

रहनसहनः[सम्पादन गर्ने]

आदिबासी कुमाल समुदाय खास गरेर सामूहिक रुपमा गुचुमुच्च घरहरु बनाई पुरानो वस्ती वस्तीमा बस्ने जाति हो । पुरानो वस्तीका घरहरु डल्लाको गाह्रो,फुसको छानाबाट निर्मित हुन्थ्यो । घुमाउने घर आजकल प्रायः लोप भईसके पनि कतै कतै अझै देख्न पाईन्छ । बांसको चिम्नी बनाई घुमाउरो तरिकाले राखि भित्र बाहिरबाट माटोले लिपेको घर साच्चै लोप भैसकेकोछ भन्दा पनि हुन्छ । तर आजकल धेरैजसो गाउ‘ वस्तीहरुमा आधुनिक घरहरु बनाई बसोबास गरेका देखिन्छ ।

उपसंहारः[सम्पादन गर्ने]

आजको विश्वले २१ औ सताव्दीमा पाईला टेकि सकेको भएपनि आदिबासी कुमाल जाति शिक्षा, स्वास्थ्य र राजनिति क्षेत्रबाट निकै पछाडि परेका छन् । कुमाल समुदायमा जम्मा जनसंख्याको झण्डै ४६ प्रतिशत जनसंख्या साक्षर भए पनि उच्चशिक्षा हासिल गर्नेहरुको संख्या २ प्रतिशत भित्र सिमित छ । यसरी यस जातिले शैक्षिक, आर्थिक, सामाजिक र राजनैतिक पछौटेपनले गर्दा राष्ट्रिय विकासको मूलधारमा समान अवसरको अनुभूति गर्न सकेका छैनन् ।

अतः यिनै पछौटेपनबाट क्रमशः अघि बढ्दै कुमाल समुदायले एकातिर आफ्नो लोपोन्मुख भाषा, धर्म, संस्कृति र भेषभूषालाई संरक्षण गर्दै जानु परेकोछ भने अर्कोतर्फ समाबेसी लोकतान्त्रीक गणतन्त्रमा सक्रिय सहभागिताको लागि राज्यलाई आफ्नो पहिचान दिदै जानु परेकोछ ।

मुख्य बसोबास पहाडि क्षत्र, तराई क्षेत्रमा रहेको छ।पर्मा प्रथा लोकिप्रय भएको यो जाति माटाका भाँडाकुडा बनाउने काममा प्रख्यात छन्। बच्चा जन्मिँदा ठुलो उत्सव मानाउने प्रचलन छ। कुमालको भाषा अलि फरक छ । पाल्पा गुल्मि अर्घाखाँची तनहु पर्वत चितवन नवलपरासी अन्य धेरै जिल्लामा कुमाल को वसोवास छ कुमाल मेहनति व परिश्रम धेरै गर्छन । माछा मार्नमा कुमाल धेरै माहिर हुन्छन


नविन मुखिया कुमाल


सन्दर्भ सामग्री[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]

https://kumalcommunity.blogspot.com/2018/08/brief-introduction-of-kumal.html[१]


https://kumalcommunity.blogspot.com/2018/08/blog-post.html

  1. https://kumalcommunity.blogspot.com/2018/08/brief-introduction-of-kumal.html