सामग्रीमा जानुहोस्

किसान (जनजाति)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

किसान नेपालका अल्पसंख्यक जातिहरू मध्ये एक हो। [] यो जनजाति झापा जिल्लाको मेचीनगर नगरपालिकामा पर्ने धुलाबारीधाइजन भन्ने स्थानमा बसोबास गर्दछन्। [] यो जनजातिको मूलथलो भारतको उडिसाबिहार प्रान्त भएको मानिन्छ।[] यो जनजाति र भारतका उराव जातिको रहनसहनमा समानता पाइन्छ।[] वि सं २०४८को जनगणना अनुसार यो जनजातिको जनसङ्ख्या करिब २,५०० थियो भने वि सं २०५८को जनगणना अनुसार २,८७६ रहेको थियो। [] यो जातिले प्रायः जीविकोपार्जनका लागि खेती गर्दछन्। यिनीहरूले बोल्ने भाषा द्रविड भाषापरिवारको भाषा हो।[] यिनीहरूको आफ्नै लिपि छ जसलाई उराव भनिन्छ।[]

  1. १.० १.१ १.२ १.३ १.४ १.५ आदिवासी नेपाल वेब्याक मेसिन अभिलेखिकरण २००९-०१-०७ मिति
  2. Population Monograph of Nepal, केन्द्रिय तथ्याङ्क विभाग, रामशाहपथ, काठमाडौँ