किसान (जनजाति)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

किसान नेपालका अल्पसंख्यक जातिहरू मध्ये एक हो। [१] यो जनजाति झापा जिल्लाको धुलाबारीधाइजन गाविसमा बसोबास गर्दछन्। [१] यो जनजातिको मूलथलो भारतको उडिसाबिहार प्रान्त भएको मानिन्छ।[१] यो जनजाति र भारतका उराव जातिको रहनसहनमा समानता पाइन्छ।[१] वि सं २०४८को जनगणना अनुसार यो जनजातिको जनसङ्ख्या करिब २,५०० थियो भने वि सं २०५८को जनगणना अनुसार २,८७६ रहेको थियो। [२] यो जातिले प्रायः जीविकोपार्जनका लागि खेती गर्दछन्। यिनीहरूले बोल्ने भाषा द्रविड भाषापरिवारको भाषा हो।[१] यिनीहरूको आफ्नै लिपि छ जसलाई उराव भनिन्छ।[१]

स्रोत[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ १.३ १.४ १.५ आदिवासी नेपाल वेब्याक मेसिन अभिलेखिकरण २००९-०१-०७ मिति
  2. Population Monograph of Nepal, केन्द्रिय तथ्याङ्क विभाग, रामशाहपथ, काठमाडौँ

हेर्नुहोस्[सम्पादन गर्नुहोस्]