सामग्रीमा जानुहोस्

सार्की जाति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सार्की
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू
हिमालय
नेपाल नेपाल
भारत दार्जिलिङ, कालिम्पोङ, डुवर्स
 भुटान
 बर्मा
नेपाल४५२,२२९ (नेपालको जनसङ्ख्याको १.५%)[]
भाषाहरू
नेपाली, थकाली
धर्महरू
धामीझाँक्री, बौद्ध १.७% (वि. सं २०६८), हिन्दु ९५.४६% (वि. सं २०६८), इसाई २.८४% (वि.सं २०६८)[]
सम्बन्धित जातीय समूह
आदिवासी जनजाति, दमाई, बादी, विश्वकर्मा, गन्धर्व/गाइने

सार्की अर्थात् चर्मकार एक शिल्पी समुदाय हो जसलाई आफ्नो कला ज्ञान र सीपको आधारमा शिल्पी भनिने गरिन्छ। सार्की जातिले पश्चिम नेपालका विभिन्न भू-भागमाहरूमा राजकाज चलाएको इतिहास पनि रहेको छ। सुर्खेतको डुमकोट, मुगुको भियालकोट, बाजुरा भुलकोट, जुम्ला सार्कीकोट, बैतडी चमाकोट लगायत ठाउँमा राज्य संचालन गरेको र छालाको पैसा प्रचलनमा ल्याएका इतिहास पाइन्छ। सार्की जातिको बसोवास नेपाल भरी भएतापनि विशेषगरी पश्चिम नेपालमा बाक्लो बसोबास रहेको छ नेपाल सँगसँगै सिक्किम, दार्जिलिङ, असम र भुटानमा पनि यो जातिको बसोवास रहेको छ। सार्की जाति मादल बनाउन र बजाउन निकै सिपालु हुन्छन्। सार्की जाति मादल बजाउँदै समूहमा नाच्ने गर्दछन जसलाई "ख्याली मारुनी" भनिन्छ यो जातिले थाली नाच, सारङ्गे नाच र झाउरे नाच नाच्दछन्। सार्की जातीले वैशाख पूर्णिमालाई मुख्य चाडको रूपमा मनाउने गर्दछन्।

छालाका झोला र अन्य घरयासी चर्मकारीय सामग्रीहरू

सार्की शब्द प्रचलनको वृत्तान्त

[सम्पादन गर्नुहोस्]

'सार्की' शब्द प्रचलनको इतिहासबारे तीन तर्कहरु रहेको पाइन्छ । एउटा होः पश्चिमबाट पूर्वतिर हिड्दै जाँदा आज भन्दा ५००० वर्ष अघि नेपालको पश्चिमी भेग जहाँ हुम्ला जुम्ला वा कर्णाली छ त्यहीबाट एउटा समूह जो जुम्लाको संरक भन्ने ठाउँबाट नेपालको पूर्वतिर लाग्ने क्रममा संरक - संरक भन्दा भन्दै संारक अपभ्रंश हुदै पछि सारर्क र सार्की समुदाय (जात) मा परिणत हुनपुग्यो भने यिनीहरूले छालाको पेसा अपनाएको पाइन्छ ।

अर्को किम्वदन्ति अनुसार: शाहवंशीय शासनकालमा यिनीहरूले शासनसत्तामा हुदाहुदै यिनीहरूबाट केहि तुच्छ राज्यलाई नसुहाउने गतिविधि र व्यावहार गरेको कारणले पछि यिनिहरूलाई शाहबाट सार्की जातमा तल झारेर बोलाएको भन्ने पाइन्छ । त्यस्तै अर्को: राजा जयस्थिति मल्लले सन् १३६० देखि १३९५ सम्म पटकपटक राज्य सञ्चालन गरेको झन्डै आठ सय वर्ष पुरानो इतिहास छ । त्यसै क्रममा राजा जयस्थिति मल्ल राजगद्दीमा सवार हुने बेलामा उनलाई लगाउने जुत्ता आवश्यक पर्‌यो । त्यो कसले बनाउन सक्छ भने बहस सुरु भयो । एकजनाले भनेछ, महाराज त्यो काम मैले गर्न सक्छु । राजा खुसी भई हुकुम भयो, गरेर ल्याऊ । त्यो व्यक्ति खुसी भएर केही दिनको मेहनत लगाएर जुत्ता बनाएर ल्यायो । उसले राजालाई देखाउँदै भन्यो- महाराज, मैले हजुरको मर्जी र आदेशअनुसार जुत्ता बनाएर ल्याएँ । अनि राजाले हेरर लगाए, एकदम ठीक भयो । स्याबासी पनि पायो। तर दुर्भाग्य, राजा राजगद्दीमा आसीन भएको बेला त्यहाँ नजिकै जुत्ता राख्ने ठाउँ थियो । दरबारमा पालेको एउटा कुकुरले त्यो जुत्ता च्यातिदियो । कारण थियो, जुत्ता छालाको, कुकुरलाई छाला मन पर्ने, त्यो कुरा दरबारका भारदारहरूले राजालाई सुनाए । त्यसपछि राजाले जुत्ता बनाउनेलाई बोलाएर हप्काउँदै भने-तैंले के यस्तो जुत्ता बनाएको जुन कुकुरले राख्दै राख्दैन ? त्यसपछि राजाले उनलाई कहिल्यै पनि भेट्न चाहेनन् । एक दिन राजसमारोहमा त्यो जुत्ता बनाउनेलाई देखेपछि हुकुम दिए, यसलाई यहाँ आउन नदेऊ, टाढा राख । पछि गएर त्यसले एक समुदाय (जात) को रूप लियो । जो पछि गएर सार्की जात भनेर चिनिन पुग्यो । यसरी सार्की जात रहन गएको इतिहास पाइन्छ ।

जनसाङ्खिक वितरण

[सम्पादन गर्नुहोस्]

सार्की जाति नेपाल, भारत र भुटानमा मध्यस्थरिय तरिकाले जीवन यापन गरिराखेको एउटा जाति हो जसलाई मिजार र भुल जातिको उपनामले पनि चिनिन्छ। लामो समय राज्यबाट दबिएर बाँचेको जाति - जसले पढ्न नपाउने, जग्गा जमिन राख्न नपाउने र माथिल्लो जातिको सेवा गरेर बिताउनुपर्ने जातिको रूपमा रहेको यो जाति विसं १९१० को जङ्गबहादुरको मुलुकी ऐनमा आएर झन पीडामा परेको पाइन्छ। यो जातीले छोएको माथिल्लो जातकाले खान नहुने, छोई हालेमा छोइछिटो हाल्नु पर्ने र माथिल्लो जातको सेवा गर्नुपर्ने बाध्यकारी नियम बनाइएको थियो। सार्की जाति नेपालको कुल जनसङ्ख्याको १.४१% रहेको छ जुन झण्डै ४ लाख जति जनसङ्ख्या हुन आउँछ। नेपाल, भारत र भुटान गरी झन्डै ५ लाख छन्। सार्की जातिको सबैभन्दा ठूलो बस्ती गोरखा, बाग्लुङ, धादिङ हो जहाँ १०,००० भन्दा धेरै आवदि रहेको छ भने सबैभन्दा कम जनसङ्ख्या रसुवामा छ। शिक्षामा यो जात - कुल साक्षरता प्रतिशत ५८ प्रतिशत रहेको छ भने औसत आयु ६० वर्ष रहेको छ यो जाति भूमिहीन ३ देखि ५ % मात्र रहेका छन्।

संस्कार/ संस्कृति

[सम्पादन गर्नुहोस्]

सार्की जाती को आफ्नै संस्कार संस्कृति‌ रहेको छ । सार्की जातीको मुख्य चाड बैशाख पुर्णिमा हो यस बाहेक सार्की जातीले कुल पुजा, बाइ पुजा, झाक्री पुजा र दसैं तिहार पनि धुमधामले मनाउने गर्दछन्। सार्की जातीमा मामा चेली विवाह गर्ने गरेको पाईन्छ संगसंगै भागी विवाह/प्रेम विवाह गर्ने गरिन्छ, विवाहा गर्दा कुटुम्बले र झाक्रीले गराउने गरिन्छ यसरी विवाह गरिसकेपछि २/३ दिनमा माइती जादा केटा पक्षबाट बेहुला बेहुली र पाको मान्छे गएर केटिको माइती पक्षसंग "हामिले हजुरको छोरी स्वीकार्यौ" भनी बङगुरको साफ्रा, रक्सी, जस्ता सामग्री दिइन्छ र अनिवार्य रुपमा लैजाने गरिन्छ । सार्की जातीमा कुनै व्यक्तिको मृत्यु हुदा पहिला पहिला चिहानमा लास गाडे तापनि अचेल भने प्राय घाटमा जलाउने गरिन्छ । काजक्रिया गर्दा ३,७ वा १० दिन गर्ने गरिन्छ भने मृतकको सम्झनामा घर भन्दा २/३ सय मिटर टाढा बर पिपल रोपेर चौतारी बनाइन्छ । सार्की जातीमा विवाह वा मर्दा-पर्दा भान्जा भान्जी बाट गराइन्छ ।

*भाषा*:- सार्कि जातीले नेपाली भाषा नै बोल्ने गर्दछन् ।
*भेषभुषा*:- सार्कि पुरुषहरुले भोटो, कछाड, ढाकाटोपी, आसकोट लगाउछन भने महिलाले चोलो, फरिया,पोटुका लगाउने गर्छन्  अहिले भने पश्चिमी संस्कृतिको प्रभावले पनि विभिन्न पोसाकको सुरुवात गरेको पाइन्छ। अहिले अाधुनिक कपडा नै लगाउछन्

पेशा/उत्पादन

[सम्पादन गर्नुहोस्]

सार्की जाती छाला र बाँसबाट विभिन्न सामानहरू उत्पादन गर्दछन् जस्तै :- जुत्ता -चप्पल, पेटी, झोला, मादल, ड्याङ्रग्रो,दमाहा,ट्यम्को, मुढा, डोको, पिरुगो, डालो आदि तर अहिले आएर यिनीहरूको पेसामा परिवर्तन आएको छ । अाफ्नो पुर्खौली पेसा बाहेक अधिकाँस सार्की समुदाय कृषि पेसामा पनि अाबध्द बध्द छन्। कोही सरकारी जागिर,कोहि कृषि र अाजकाल धेरै सार्की समुदाय वैदेशिक रोजगारमा पनि समावेश भएको पाइन्छ ।
सार्की जातीका शील्प पेशाका केही उत्पादनहरूः


*सार्कीजात भित्र रहेका विभिन्न थरहरू यसप्रकार छन् ।*

१) अच्छामी ( अछामी ) २)आचार्य

३ ) अधिकारी ४) उप्रेती ५) उपरकोटी ६) कमार ७) कालो ( काला )८)कुल्चियार ९) कोईराला १०) कोल्हाल ११) खड्की १२ खतिवडा १३) खरिबोटे १४) खिंलुङे १५) गिरि १६) गैरे १७) गैरीपिपल १८) गौतम ( गोतामे ) १९) गौली २०)घिमिरे २१) घिताङग् २२) चमार २३) चन्द २४) चर्मकार २५) चुडाल २६) चुहान २७) छन्तेल। २८) छतकुली २९) छर्माकी ३०) छिनाल ३१) टोटलाङग्ी ३२) ठगुन्ना ३३) ठकुरी ३४) डाले ३५) तोलाङ्गी ३६) तोलागीसुयल ३७) तोसाली ३८) थपलिया ३९) थाक ४०) थापा ४१) दराई ( ढराई ) ४२) दाहाल ४३) दावे ४४) दुलाल ४५) देउला ४६);देउलापाती ४७) घमेल ४८) शाही ४९) धौलाकोटी ५०) नघाली ५१) नगरकोटी ५२) नेपाल ५३) नेपाली ५४) न्यौपाने ५५) परली ५६) पहाडी ५७) परली ५७) पिपलबोटे ५८) पूर्कोटी ( पुरकोटी , परकोटी ) ५९) पुलामी ६०) पोखरेल ६१) पौडेल ६२)वनजाडे ६३) वमरेल (वग्रेल,वङरेल ) ६४) बसेल ( बत्याल - बत्स्याल ) ६५) वयलकोटी ( वैलकोटी,वलकोटी) ६६) वस्ताकोटी ६७) बह्रमशाखा ६८) बाह्रघरे ६९) बिसुङ्के, बिशुन्खें ( बिशुंन्के, बिमुन्खे ) ७०) बुढाथोकी ७१) बोहरा ७२) बोगटी ७३)भिपाल ७४) भूल ७५) भुर्तेल ७६) मगर ७७) मंग्राती - मगराती ( आठथाले, काला, खिलिङ्गे, दूध,धुर, बाह्रथाने ) ७८) मजाकोटी ७९) मरासिनी ८०) महरा ८१) मालवुल ८२) मिजार ( मिझार ) ८३) मुदेल ( मुङदेल ) ८४) मुहल ८५) मोटे ८६) रोकाय८७) रामजाली ८८) राठाले ८९) राठोर - राठौर ९०) रिमाल ९१) रूचाल ९२) रैकाल ९३) रोइला ९४) रोक्का ( रोका - रोकाया) ९५) रोक्काशाही ९६) लम्जेल ( लमजेल, लोम्जेल ) ९७) लम्साल ( लमसाल) ९८) सत्याल ९९) कार्की १००) सापकोटा १०१) सामत १०२) सि.के. १०३) सिरौते १०४) श्रिपाली १०५) श्रिवास्तप १०६) सिंह १०७) सुर्खेती १०८) सुर्खाली १०९) सुयल ११०) सुराना १११) सेजवाल ११२) सेठी ११३) सेतो ११४) सेही ११५) संग्राम ११६) सगपाल ११७)हमाल ११८) हिताङ्ग ११९) हेजुवाल १२०) क्षत्रेल १२१) क्षत्रपाल १२२) क्षत्रयाल १२३) दानकोटी (दानकुटी/दान्कुटी) १२१) गोथे

  • नेपालमा रहेका केही सार्की जातीहरूको विशेष तहहरू।*

१ )लेखक तथा समाज संस्कृत राजनीतिक विश्लेषक:- विश्वभक्त दुलाल ( आहुती )

२) राजनीतिककर्मी, मन्त्री तथा राष्ट्रिय दलित सङ्घका अध्यक्ष तथा पूर्व मन्त्री :- गोल्छे सार्की

३) राजनीतिककर्मी मन्त्री तथा दाङ दलित सङ्घ अध्यक्ष :- खड्क बहादुर बस्याल ( सार्की )

४) पूर्वसांसद तथा खेलकुद राज्यमन्त्री :- गोपी बहादुर अछामी( सार्की )

५) राजनीतिक तथा सांसदहरु निवर्तमान र वर्तमान नामवली :-

(क) परशुराम रम्तेल

(ख) तेजबहादुर मिजार

( ग) नन्दसिंह सार्की

(घ) विमला नेपाली

(ङ) अञ्जना बिशंखे

(च)पार्वती विशंखे

(छ) शिवकुमारी गोतामे नगरकोटी सार्की

) संगीत तथा गायन क्षेत्रमा

क) इन्द्रजित मिजार

ख) बाबु बोगटी

ग) बिमोचना लम्जेल

घ) रमिला लम्जेल

ङ) चेतन गोतामे (लोक गायक)

च) चन्दन लम्जेल (संगितकार)

छ) रबिना बसेल (बाल गायिका )

ज) बिमल उपरकोटी ( खेवाछाली सुलभ) (रचनाकार)

७) फिल्म क्षेत्रमा

१. मुरलीधर मिझार

कलाकार / कथा / गीतकार / संगीत निर्देशक / निर्माता / पार्श्व गायक / पृष्ठभूमि स्कोर


क) अमिझार र्जुन रम्तेल (लेखक )

ख) बिरबल रम्तेल (निर्माता )

ग) विनिता रम्तेल (हिरोइन )

घ) बाबू बोगटी (हिरो)

ङ) कल्पना लम्जेल (हेयर स्टालिस्ट )

च) सोम म्रगाती ( मेकवाप म्यान )

८) सिरियलमा

क) राजेन्द्र नेपाली ( लट्टे )

ख) वेगम नेपाली (भटभटे माइलो)

ग) नन्दसिंह बस्याल (काइली )

घ) सन्तोष ब्यालकोटी( यान्त्र कलाकार तथा ढुवानी)

ङ) गणेश अच्छामी ( मेकअप म्यान तथा श्रङ्गार )

) संघसस्था तथा अध्यक्षहरु :-

क ) गोरा नेपाली (समावेशी दृष्टि अध्यक्ष )

ख) नन्दसिह बस्याल ( सिस्टर इन नेपाल अध्यक्ष

१० )पत्रकारहरू :-

क) हरि बहादुर लम्जेल

ख) भुक्तमान लम्जेल

ग) सन्तोष कुमार सार्की

११ ) क्रिकेटर

क ) भिम सार्की

१२) न्यायाधीश

क) मा. देश बहादुर सार्की (उच्च अदालत)

१३) विश्वविद्यालयका प्राध्यापक डा. रूद्रबहादुर चर्मकार (अंग्रेजी, त्रिभुवन विश्वविद्यालय/अधिवक्ता)

१४) ऐतिहासिक व्यक्तिहरु :-

क) बाङ्गे सार्की

ख) कालु सार्की

ग) दिल बहादुर रम्तेल

नोट:- गैर दलितसंग मिल्ने थरहरु : १)रम्तेल २) बोगटी ३) बस्याल ४) बोहरा ५) राम्जाली ६)रोकाय ७)मगर ८) घिमिरे ९) पुलामी १०)शाहि ११) कोइराला १२आचार्य यि सबै व्रहामण क्षेत्रि लगाएत अन्य थरमा पर्छन ।[]

    *लेखक - खोजकर्ता तथा सकंलक :-* 
        कुमार लम्जेल

रतुवामाई - ८ दाम्राभिट्टा मोरङ्ग ( नेपाल ).

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. National Statistics Office (२०२१), "National Population and Housing Census 2021, Caste/Ethnicity Report", Government of Nepal
  2. Central Bureau of Statistics (२०१४), Population monograph of Nepal II, Government of Nepal।
  3. पन्त Pant, धर्मानन्द Dharmananda (२०२३-१२-३१), "नेपालमा बोलिने भाषा परिवार र तिनका भाषाहरूको विवरण", Curriculum Development Journal 31 (45): 224–236, आइएसएसएन 3059-9199, डिओआई:10.3126/cdj.v31i45.68992