नियम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नियमः[सम्पादन गर्नुहोस्]

पतन्जलिले योगदर्शन (२।४०–४५) मा अष्टांग योगको दोस्रो अंग नियमका बारेमा व्याख्या गरेका छन् । नियम पनि पाँच प्रकारका छन्, जस्तैः शौच, सन्तोष, तप, स्वाध्याय र ईश्वरप्रणिधान । यी नियमहरु साधकका लागि विशेष व्यक्तिगत अनुशासनका रुपमा रहेका छन् जसले शरीर र मनलाई स्वच्छ बनाई व्यक्तित्व विकास गर्दै शान्ति र आनन्द पाउने कुराहरुबारे प्रशिक्षित गर्दछ ।

पाँच प्रकारका नियम[सम्पादन गर्नुहोस्]

(क) शौचः[सम्पादन गर्नुहोस्]

नित्यकर्म (दिशापिसाब,स्नान, ब्रश–कुल्लादिबाट शरीर भित्रबाहिरको सफाइ आदि लगायत मन शुद्धि गर्ने उपायहरुबाट मनसमेत स्वच्छ राख्ने अभ्यास शौच अन्तर्गत पर्दछन् । शौचको नियम पालनाबाट बाह्यशुद्धिका साथै अरुप्रतिको आशक्ति पनि कम हुने, अन्तःकरणको शुद्धि, मनमा प्रशन्नता, चित्तमा एकाग्रता, इन्द्रियको वशिकरण तथा आत्मसाक्षात्कारको योग्यता पनि प्राप्त हुन्छ ।

(ख) सन्तोषः[सम्पादन गर्नुहोस्]

आफुले उचित परिश्रम गरेपछि प्राप्त हुने फलप्रति सन्तुष्ट रहनु नै सन्तोष हो । सन्तोषभन्दा उत्तम सुख केही छैन ।

(ग) तपः[सम्पादन गर्नुहोस्]

शरीर र मनलाई हानी नगरी धैर्यता र संयमकासाथ सार्थक जीवनको लक्ष्यप्राप्तिको लागि साधनारत रहनु तपका उदाहरणहरु हुन् । तपको साधनाबाट शरीर र इन्द्रियहरुमा निपूर्णता आउँछ ।

(घ) स्वाध्यायः[सम्पादन गर्नुहोस्]

राम्रा विचार र ज्ञानगुनका कुराहरुमा अध्ययनशील बनाउनु, शास्त्राभ्यास, चिन्तन, मनन आदिबाट स्वसाधना गर्नु स्वाध्याय हुन् । यसबाट उच्च अध्यात्मलाभ मिल्दछ ।

(ङ) ईश्वरप्रणिधानः[सम्पादन गर्नुहोस्]

आफुले जे–जस्ता उपलब्धीहरु प्राप्त गरेको छ ती सबैलाई ईश्वरप्रति समर्पण गर्नु, प्रेमको भाव उत्पन्न गरी जीवनलाई भक्तियोगको माध्यमबाट चरम आनन्दतिर उन्मुख गराउनुलाई नै ईश्वर प्राणिधान भनिन्छ । यसबाट समाधि सिद्धि प्राप्त हुन्छ ।