विश्वकर्मा
| विश्वकर्मा | |
|---|---|
| साधन, औजार, युक्ति र सृष्टि निर्माणका देवता | |
| संबद्ध | देव |
| वासस्थान | विश्वकर्मा लोक |
| मन्त्र | ॐ नमो विश्वकर्मणे |
| हतियार | अथर्व वेद |
| पत्नी | विरोचन |
| सन्तान | मनु, मय, त्वष्ट,शिल्पी,दैवज्ञher daughterसंध्या shadow छाया, |
| बहान | राजहंस हात्ती |
विश्वकर्मा वा विश्वकर्मन् (संस्कृत: विश्वकर्मा, शाब्दिक अर्थ: ‘सबै बनाउने’)हिन्दू धर्ममा देवताहरूका दिव्य शिल्पी तथा वास्तुकार देवता हुन्। प्रारम्भिक ग्रन्थहरूमा शिल्पी देवता त्वष्टा नामले परिचित थिए, र “विश्वकर्मा” शब्दलाई कुनै शक्तिशाली देवताको विशेषणका रूपमा प्रयोग गरिन्थ्यो। तर, पछिल्ला धेरै परम्पराहरूमा, विश्वकर्मा नै शिल्पी देवताको नाम बनेका छन्।
वैदिक साहित्य र किम्बदन्ती
[सम्पादन गर्नुहोस्]
श्रीमद्भागवत महापुराणमा विश्वकर्मा र उनको सम्बन्धित वंशावली, देवता–असुर संघर्ष र उनका योगदानबारे महत्त्वपूर्ण विवरण पाइन्छ। स्कन्ध ६ मा वर्णन भए अनुसार, त्वष्टाकी पत्नीबाट विश्वरूप जन्मे, जो दैत्यहरूको दौहित्र भए पनि इन्द्रद्वारा अपमानित वृहस्पतिले देवगुरु पद त्यागेपछि देवताहरूका पुरोहित बने। त्यसपछि अग्निबाट स्कन्द (कार्तिकेय) उत्पन्न भए, जसका पुत्र विशाख आदि भए। वसुकी पत्नी आङ्गिरसीबाट विश्वकर्माको जन्म भयो, जसलाई शिल्पीहरूको प्रधान मानिन्छ, र उनीबाट चाक्षुष मनु, विश्वेदेव र साध्यगण उत्पन्न भए। त्रिभुवनमा ऐश्वर्यमदले इन्द्रले वृहस्पतिको अपमान गरेपछि गुरु क्रोधित भएर अदृश्य भए। गुरुबिना असुरहरूले शुक्राचार्यको नेतृत्वमा देवतामाथि आक्रमण गरे, जसका कारण इन्द्रसहित सबै देवता पराजित भई हजारौं वर्षसम्म भूमिगत आश्रयमा बस्न बाध्य भए। अन्ततः देवताहरू ब्रह्माजीको शरणमा पुगे। यसरी ग्रन्थमा विश्वकर्मालाई देवशिल्पी, त्रिभुवन निर्माणका प्रमुख योगदानकर्ता तथा देवता–दैत्य द्वन्द्वको महत्वपूर्ण पात्रका रूपमा प्रस्तुत गरिएको छ।
श्रीमद्भागवत महापुराणमा वर्णन भएअनुसार, इन्द्रले ऐश्वर्यमदले गुरू वृहस्पतिको अपमान गरेपछि देवताहरू बलहीन भई असुरहरूसँग पराजित भए। यसै अवस्थामा देवताहरू ब्रह्माजीको शरणमा गए, जहाँ ब्रह्माजीले उनीहरूलाई सम्झाउँदै भने– गुरूको अपमानको फलस्वरूप तिमीहरू शत्रुमुखी भयौ, जबकि असुरहरू आफ्ना गुरू शुक्राचार्यको भक्तिभावले शक्तिशाली बनेका छन्। ब्रह्माजीले देवताहरूलाई त्वष्टाका पुत्र, तपस्वी र आत्मज्ञानी विश्वरूपकहाँ पुगेर पौरोहित्य स्वीकार गर्न सल्लाह दिए।
देवताहरू विश्वरूपकहाँ गएर उनलाई आचार्यका रूपमा स्वीकार गर्न प्रार्थना गरे। विश्वरूपले प्रारम्भमा पौरोहित्य कर्मले ब्रह्मतेज क्षीण गर्ने बताए पनि अन्ततः देवताहरूको आग्रह स्वीकार गरेर उनीहरूको पुरोहित भए। आफ्नो वैष्णवी विद्याको प्रभावले उनले देवगणलाई असुरहरूमाथि विजय दिलाए र इन्द्रलाई स्वर्ग राज्य पुनः दिलाए। विश्वरूपले इन्द्रलाई नारायण कवचको उपदेश दिए, जसको प्रभावले इन्द्र दैत्यमाथि सुरक्षित र विजयी भए। यो कवच धारण गर्नेले कुनै पनि भय वा संकटबाट मुक्त हुने विश्वास गरिन्छ।
तर, विश्वरूपका तीन मस्तक थिए– एकले देवताहरूलाई यज्ञभाग दिन्थे भने अर्काले दैत्यहरूप्रति मातृस्नेहवश गुप्तरूपमा हविर्भाग दिन्थे। देवगणले यसलाई विश्वासघात ठानी, इन्द्रले क्रोधवश विश्वरूपका तीनै मस्तक काटी हत्या गरे। यस कार्यले इन्द्र र देवगण ब्रह्महत्याजस्तो महापापमा फसे र स्वर्गको ऐश्वर्य पतन भयो पुत्र वधको पीडामा त्वष्टाले यज्ञमार्फत इन्द्रशत्रु उत्पन्न गर्ने मन्त्र उच्चारण गरी अग्निमा आहुति दिए, जसबाट इन्द्रवधका निम्ति दानवरूपी बलशाली शत्रु उत्पन्न भए। यसरी, गुरूप्रति अपमान, ईर्ष्या र सत्ता–मोहले देवता स्वयं पतनको कारण बने भने विश्वरूप जस्ता ब्रह्मज्ञानी पुरोहितलाई छलकपटपूर्वक वध गर्नु देव–दैत्य संघर्षमा निर्णायक मोड बन्न पुग्यो।
विश्वकर्माको पुत्र विश्वरूपको वधपछि त्वष्टाले इन्द्रविरुद्ध प्रतिशोधस्वरूप यज्ञमार्फत अन्वाहार्यपचन अग्निबाट एक भीषण दैत्य उत्पन्न गरे, जसलाई वृत्रासुर भनियो। यो दैत्य प्रलयकालीन कालजस्तै संहारक, विशालकाय, अति उग्र, त्रिशूल धारी, पृथ्वी–आकाश हल्लाउने र सम्पूर्ण लोकलाई त्रसित पार्ने स्वरूपमा प्रकट भयो। उसका अग्निजस्ता आँखा, ताम्रदाह्री, विकराल मुख र भयानक गर्जनले सम्पूर्ण सृष्टि आतंकित भई दश दिशातिर भाग्यो। देवताहरूले दिव्य अस्त्र–शस्त्र प्रयोग गरे तर वृत्रासुरले ती सबै शस्त्रलाई सहजै निलिदियो। असहाय बनेका देवता अन्ततः परमात्मा भगवान् नारायणको आराधनामा लीन भए र उनलाई मात्र यस विपत्तिबाट मुक्तिदाता माने। वृत्रासुरको उदयसँगै देवता ब्रह्महत्या पापमा जकडिएर स्वर्ग राज्य फेरि पतन भयो र हजारौँ वर्षसम्म असुर गुरु शुक्राचार्यको पक्ष्यमा शासन चल्यो।
यस परिस्थितिमा ब्रह्माजीले इन्द्रलाई चेतावनी दिँदै भने– मूर्ख मानिसले विषय–भोगलाई मात्र जीवन ठान्छ तर वास्तविक कल्याण बुझ्दैन। अब तिमी दधीचि ऋषिकहाँ जाऊ, जसको तपस्या र ज्ञानले अति दृढ शरीर बनेको छ। उनको अस्थिदानबाट तिमीलाई विजयका लागि अस्त्र प्राप्त हुनेछ। दधीचिले अश्विनीकुमारलाई ब्रह्मज्ञान दिएर अमरत्व दिलाएजस्तै, तिनकै माध्यमबाट तिमीलाई पनि नारायण कवच र दिव्य शक्ति प्राप्त हुनेछ। यस प्रसङ्गमा महर्षि दधीचि ऋषिको त्याग र अस्थिदान वर्णन गरिएको छ। देवताहरू वृत्रासुरविरुद्ध विजय पाउन दधीचिसित हाड माग्न पुगे। पहिलोमा दधीचिले शरीर त्याग्न गाह्रो हुने कुरा गरे तर धर्म र परोपकारका लागि जीवन अर्पण गर्नु नै उच्चतम कर्तव्य हो भन्दै सहर्ष प्राण त्याग गरे। उनका हाडबाट भगवान् विश्वकर्माले वज्रास्त्र निर्माण गरे, जसलाई प्रयोग गरी इन्द्रले वृत्रासुरको वध गरे। यसरी देवताहरू दिग्विजयी भए। वृत्रासुरले इन्द्रलाई ‘गुरूद्रोही र भ्रातृहन्ता’ भन्दै धिक्कार गरेको भए पनि वज्रास्त्रको प्रभावले अन्ततः उसको अन्त भयो।
यस कथा मार्फत गहिरो सन्देश दिइएको छ—धर्म, त्याग र परोपकार नै वास्तविक बल हुन्; काल (समय) नै अन्ततः जय–पराजयको निर्णायक कारण हो। प्राचीन ग्रन्थहरूले समेत देखाउँछन् कि कुनै जात, वर्ण वा असमानताले होइन, मानवीय गुण र आचरणले समाज टिक्छ। चार वेद, उपनिषद र पुराणका सन्देशले सबै मानव समान भएको कुरा स्पष्ट गर्छन्। तर इतिहासमा जातीय विभेद, वर्णाश्रम र छुवाछूतको अभ्यास समाजलाई कमजोर पार्ने प्रवृत्ति रह्यो।
भगवान् विश्वकर्मा शिल्प, औजार, युक्ति र निर्माणका देवता हुन्। प्राचीन ग्रन्थ र वेदहरूमा विश्वकर्मालाई कहिले उपाधि (विशेषण)का रूपमा, कहिले प्रजापति र सृष्टिकर्ता देवताका रूपमा उल्लेख गरिएको पाइन्छ। ऋग्वेदमा “विश्वकर्मा सूक्त” भेटिन्छ, जसमा उहाँलाई सर्वव्यापक, सर्वज्ञ र शक्ति सम्पन्न सृष्टिकर्ता भनिएको छ। पुराणहरूमा विश्वकर्मालाई महर्षि अङ्गिराको वंशका प्रभास ऋषि र भुवनाको पुत्र मानिन्छ, जसलाई सम्पूर्ण शिल्पविद्याको आचार्य भनिन्छ। भारतमा कारीगर र अभियन्ताहरूले उहाँलाई आफ्नो देवता मानी पूजा गर्छन्, जस्तै चीनमा लु पानलाई कारीगरहरूको देवता मानिन्छ।
पूजा र पर्वहरू:
[सम्पादन गर्नुहोस्]विश्वकर्मा भन्नाले जसको सम्पूर्ण सृष्टि र कर्म सृजनात्मक छ, उनलाई जनाइन्छ। उनको पूजाले व्यक्तिलाई प्राकृतिक ऊर्जा मिल्ने र काममा आउने सबै बाधा तथा अड्चनहरू हटाउने विश्वास रहेको छ।[१]
विश्वकर्मा पूजा विभिन्न अवसरमा हुन्छन्:
- भाद्रपद शुक्ल प्रतिपदा (कन्या सङ्क्रान्ति, करिब १७ सेप्टेम्बर) → सबैभन्दा प्रसिद्ध विश्वकर्मा पूजा (औजार पूजा)
- गोवर्धन पूजा (गोरुतिहार)
- अङ्गिरा जयन्ति (भाद्रपद पञ्चमी)
- मई दिवस (श्रम दिवस) संग पनि सम्बन्धित
यस दिन विशेषगरी उद्योग, कारखाना, प्राविधिक संस्था, सरकारी तथा गैरसरकारी निकायमा औजार, मेसिन र उपकरणहरूको पूजा गरेर उत्पादन वृद्धि र समृद्धिको संकल्प गरिन्छ।
वास्तुकला कार्य
[सम्पादन गर्नुहोस्]द्वापर युगमा भगवान् कृष्णमाथि राक्षसको आक्रमण भएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ निर्माण गरेर सुरक्षित गरेको धार्मिक विश्वास छ। एकै रातमा यस द्वारको निर्माण गरेकाले उनलाई सफल वास्तुविद्का रूपमा मानिन्छ र त्यसयता उनको पूजा गर्ने परम्परा बसिरहेको छ। प्राचीन भारतमा चार दिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षक मानिन्छ र विश्वकर्माले निर्माण गरेको ‘भेद द्वार’ आज पनि गुजरातको समुद्रमा रहेको विश्वास गरिन्छ। विश्वकर्मालाई वास्तुशास्त्रका विशिष्ट ज्ञाता मानिन्छ र ‘विश्वकर्मा प्रकाश’ नामक ग्रन्थ उनले नै रचना गरेको विश्वास छ। नेपालमा पनि आज कालीगढहरूले विश्वकर्मा बाबाको पूजा गरी उनको विद्वताको सम्मान गर्छन् र यसरी आफूमा उनका गुण प्राप्त हुने विश्वास राखिन्छ। आधुनिक यन्त्र, सवारीसाधन र इञ्जिन जडान भएका उपकरणमा समेत पूजा आराधना गरिन्छ। वास्तु शास्त्रका लेखक र अध्येताहरूले आजको दिनलाई वास्तु दिवसका रूपमा मनाउने गर्छन्। पछिल्ला वर्षमा नेपालमा वास्तु विद्याको पुनर्जागरण सुरु भएको छ र चार उपवेदमध्ये स्थापत्यवेदमा उल्लेखित वास्तु शास्त्रअनुसार सहर तथा आवास निर्माण गर्नेहरूको संख्या बढ्दै गएको छ, जसले वास्तु विद्याको महत्व बढाएको छ।[२]
जगन्नाथपुरी मन्दिर
[सम्पादन गर्नुहोस्]द्वारका
[सम्पादन गर्नुहोस्]
विश्वकर्माले एकै रातमा द्वारका नगर बताएको बताइन्छ ।[३]
पुष्पक विमान
[सम्पादन गर्नुहोस्]विश्वकर्माले सुर्यको धुलोबाट पुष्पक विमान बनाएको बताइन्छ। सुर्यलाई उनको ज्वाइ मानिन्छ । यो विमान ब्रह्मालाई दिए। ब्रह्माले यो विमान कुबेरलाई दिए । कुबेरका भाइ रावण ले यो विमान कुबेरबाट खोसे ।
त्रिशुल
[सम्पादन गर्नुहोस्]सुर्यको धुलोबाट त्रिशुल बनाइयो, र यो चक्र भगवान शिव लाई दिइयो।
सुदर्शन चक्र
[सम्पादन गर्नुहोस्]सुर्यको धुलोबाट सुदर्शन चक्र बनाइयो, र यो चक्र भगवान विष्णुलाई दिइयो।
वज्र आयुधाम
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "विश्वकर्मा पूजा किन मनाइन्छ ? यस्तो छ अर्थ", Online Khabar (en-USमा), अन्तिम पहुँच २०२५-०९-१७।
- ↑ "आज वास्तु दिवस एवं विश्वकर्मा पूजा गरिँदै", ekantipur.com (नेपालीमा), अन्तिम पहुँच २०२५-०९-१७।
- ↑ Archer, W. G. (२००७), The Loves of Krishna in Indian Painting and poetry, Echo Library, पृ: ४४, आइएसबिएन 9781406825404।