विश्वकर्मा पूजा
विश्वकर्मा जयन्ति | |
---|---|
![]() देवताहरुका वैज्ञानिक/आविष्कारक, बाबा विश्वकर्माको प्रतिमा | |
अन्य नाम(हरू) | विश्वकर्मा दिवस, विश्वकर्मा पुजा |
समुदाय | कर्नाटक, उत्तर प्रदेश, पश्चिम बङ्गाल, त्रिपुरा, बिहार, उडिसा, झारखण्ड, असम |
प्रकार | हिन्दु |
अनुष्ठान | विश्वकर्मा पुजा |
मिति | कन्या सङ्क्रान्ति; भाद्र महिनाको अन्तिम दिन[१][२] (१७ सेप्टेम्बर) (२०२०) |
मनाइन्छ | वार्षिक |
विश्वकर्मा पूजा प्रविधि र मेशिनरीहरूको पूजा गरी भगवान विश्वकर्मालाई सम्झने दिन हो । नेपालमा असोज १ गतेलाई विश्वकर्मा दिवसको रूपमा मानिन्छ । भारतीय संस्कृतिका अन्तर्गत पनि शिल्प संकायहरू, कारखानाहरू, उद्योगहरूमा भगवान विश्वकर्माको महत्त्वलाई प्रकट गर्दै प्रत्येक वर्ष १७ सेप्टेम्बरलाई श्रम दिवसका रूपमा मनाउने गरिन्छ । यो उत्पादन-वृदि र राष्टीय समृध्दिका लागि एक संकलप दिवस हो । यो जय जवान, जय किसान, जय विज्ञान नारालाई पनि श्वम दिवसको संकल्प समाहित कर्दछ । यो पर्व कन्या सङ्क्रान्ती अथवा प्रतिवर्ष १७ सेप्टेम्बर विशवकर्मा-पुजाका रूपमा सरकारी अनि गैर सरकारी ईनजीनियरिग संस्थामा धेरै नै हर्षलासका साथ सम्पन्न हुने गर्छ । मानिस भ्रम वश यस पर्वलाई विश्वकर्मा जयन्ति मान्छन् । तर यो सर्वदा अनुचित छ । भाद्रपद महिनाको शुक्ल प्रतिपदा कन्याको संक्रान्ति (१७ सेप्टेम्बर), कार्तिक शुक्ला प्रतिपदा (गोवर्धन पूजा), भाद्रपद पञ्चमी (अङ्गिरा जयन्ति) दिवस आदि विश्वकर्मा-पूजा महोत्सव पर्व हो । यी पर्वहरूमा भगवान विश्वकर्माको पुजा-अर्चना गरिन्छ ।
विश्वकर्माको पूजा[सम्पादन गर्ने]
भगवान् विश्वकर्माको वर्षभरिमा कति पटक पूजा र महोत्सव मनाइन्छ । जस्तै भाद्रपद शुक्ल पक्षको प्रतिपदा तिथिको महिमा महाभारतमा विशेषतः प्राप्त हुन्छ । यस दिन भगवान विश्वकर्माको पूजाअर्चना गरिन्छ । यो पूर्वोत्तर भारत, बङ्गाल र नेपालमा विशेष प्रसिद्ध पर्वका रूपमा आश्विन १ गते(कन्या सङ्क्रान्ति)का दिन मनाउने प्रचलन छ । भारतका कतिपय क्षेत्रमा गोरुतिहार(गोवर्द्धन पूजा)का दिन भगवान् विश्वकर्माको पूजाअर्चना (औजार-पूजा) गर्ने गरिन्छ । यसरी भगवान् विश्वकर्माको जयन्ती मनाउने क्रममा विद्वानहरूमाझ मतभेद छ । श्रुतिको वचन छ - विवाह, यज्ञ, गृहप्रवेश आदि कार्यमा अनिवार्य रूपले भगवान् विश्वकर्माको पूजा-आराधना गर्नुपर्दछ ।
- विवाहादिषु यज्ञेषु गृहारामविधायके।
- सर्वकर्मसु संपूज्यो विश्वकर्मा इति श्रुतम्॥
जगच्चक्षु विश्वकर्मन्नीश्वराय नमोनमः
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ "विश्वकर्मा पूजा: जानें महत्व और जन्म की कहानी", Aajtak, १७ सेप्टेम्बर २०१७, अन्तिम पहुँच २२ जुलाई २०१९।
- ↑ "All About Lord Vishwakarma and Vishwakarma Puja", Hind Utsav, अन्तिम पहुँच २२ जुलाई २०१९।