सामग्रीमा जानुहोस्

विश्वकर्मा पूजा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विश्वकर्मा पूजा
आधिकारिक नामविश्वकर्मा जयन्ती
अनुयायीहिन्दु
प्रकारहिन्दु
महत्त्वविश्वकर्माको जन्मदिन
उत्सवविश्वकर्माको जन्मदिन
प्रारम्भ१ असोज
समापन२ असोज
मितिकन्या सङ्क्रान्ति; भदौ महिनाको अन्तिम दिन[][]
आवृत्तिवार्षिक

विश्वकर्मा पूजा प्रविधि र मेशिनरीहरूको पूजा गरी भगवान विश्वकर्मालाई सम्झने दिन हो। नेपालमा असोज १ गतेलाई विश्वकर्मा दिवसको रूपमा मानिन्छ।[] भारतीय संस्कृतिका अन्तर्गत पनि शिल्प सङ्काय, कारखाना, उद्योगहरूमा भगवान विश्वकर्माको महत्त्वलाई प्रकट गर्दै प्रत्येक वर्ष १७ सेप्टेम्बरलाई श्रम दिवसका रूपमा मनाउने गरिन्छ।[] यो उत्पादन-वृदि र राष्ट्रिय समृद्धिका लागि एक सङ्कलप दिवस पनि हो। यो पर्व कन्या सङ्क्रान्ती अथवा प्रतिवर्ष १७ सेप्टेम्बर विशवकर्मा-पुजाका रूपमा सरकारी अनि गैर सरकारी इनजिनियरिङ संस्थामा धेरै नै हर्षोल्लासका साथ सम्पन्न हुने गर्छ। भाद्रपद महिनाको शुक्ल प्रतिपदा कन्याको संक्रान्ति (१७ सेप्टेम्बर), कार्तिक शुक्ला प्रतिपदा (गोवर्धन पूजा), भाद्रपद पञ्चमी (अङ्गिरा जयन्ति) दिवस आदि विश्वकर्मा-पूजा महोत्सव पर्व हो। यी पर्वहरूमा भगवान विश्वकर्माको पुजा-अर्चना गरिन्छ।

विश्वकर्माको पूजा

[सम्पादन गर्नुहोस्]

भगवान् विश्वकर्माको वर्षभरिमा कति पटक पूजा र महोत्सव मनाइन्छ। जस्तै भाद्रपद शुक्ल पक्षको प्रतिपदा तिथिको महिमा महाभारतमा विशेषतः प्राप्त हुन्छ। यस दिन भगवान विश्वकर्माको पूजाअर्चना गरिन्छ। यो पूर्वोत्तर भारत, बङ्गाल र नेपालमा विशेष प्रसिद्ध पर्वका रूपमा आश्विन १ गते (कन्या सङ्क्रान्ति)का दिन मनाउने प्रचलन रहेको छ।[] भारतका कतिपय क्षेत्रमा गोरुतिहार (गोवर्द्धन पूजा)का दिन भगवान् विश्वकर्माको पूजाअर्चना (औजार-पूजा) गर्ने गरिन्छ। यसरी भगवान् विश्वकर्माको जयन्ती मनाउने क्रममा विद्वानहरूमाझ मतभेद रहेको पाइन्छ। (श्रुतिको वचन छ - विवाह, यज्ञ, गृहप्रवेश आदि कार्यमा अनिवार्य रूपले भगवान् विश्वकर्माको पूजा-आराधना गर्नुपर्दछ ।

विवाहादिषु यज्ञेषु गृहारामविधायके।
सर्वकर्मसु संपूज्यो विश्वकर्मा इति श्रुतम्॥

जगच्चक्षु विश्वकर्मन्नीश्वराय नमोनमः)

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "विश्वकर्मा पूजा: जानें महत्व और जन्म की कहानी", Aajtak, १७ सेप्टेम्बर २०१७, अन्तिम पहुँच २२ जुलाई २०१९ 
  2. "All About Lord Vishwakarma and Vishwakarma Puja", Hind Utsav, अन्तिम पहुँच २२ जुलाई २०१९ 
  3. "विश्वकर्मा पूजा किन मनाइन्छ ?", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २३ भदौ २०७९ 
  4. Melton, J. Gordon (१३ सेप्टेम्बर २०११), Religious Celebrations: An Encyclopedia of Holidays, Festivals, Solemn Observances, and Spiritual Commemorations, ABC-CLIO, पृ: 908–, आइएसबिएन 978-1-59884-205-0 
  5. "किन गरिन्छ विश्वकर्मा पूजा ?", शिलापत्र (नेपालीमा), अन्तिम पहुँच २३ भदौ २०७९ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]