इन्दिरा एकादशी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इन्दिरा एकादशी

आश्विन महिनाको कृष्ण पक्षमा पर्ने एकादशी तिथिलाई इन्दिरा एकादशी भनिन्छ । यस तिथिमा नेपालभारत लगायत विभिन्न मुलुकहरूमा बसोवास गर्ने हिन्दू धर्मावलंबिहरूले व्रत धारण गरेर एक पर्वको रूपमा मनाउँछन् । इन्दिरा एकादशीका दिन विष्णुरुप शालिग्रामलाई पञ्चामृतले स्थान गराई पूजा गरी ब्रत बस्ने चलन रहेको छ । इन्दिरा एकादशीको ब्रत लिनाले समस्त पापहरूको नष्ट हुने विश्वासरहेको छ । हिन्दू परम्परा अनुसार सोह्रश्राद्ध भित्रको एकादशी भएकाले इन्दिरा एकादशी ब्रत लिंदा समस्त पित्रीहरूको नर्कबाट उद्दार हुन्छ । इन्दिरा एकादशीको कथा सुन्नाले यज्ञादि फल मिले सरह हुनेछ ।

व्रत कथा[सम्पादन गर्नुहोस्]

धर्मराज युधिष्ठिर भन्छन्- हे भगवान! आश्विन कृष्ण एकादशीको नाम के हो ? यसको विधि तथा फल के हो ? सो कृपा गरेर भन्नुहोस् । भगवान श्रीकृष्ण भन्न लागे- यस एकादशीको नाम इन्दिरा एकादशी हो । यो एकादशी पापहरूलाई नष्ट गर्ने तथा पृतीहरूलाई अ‍धोगतिबाट मुक्ति दिने एकादशी हो । हे राजन! ध्यानपूर्वक यसको कथा सुन । यसलाई सुन्नाले मात्र नै वाजपेयी यज्ञको फल मिल्दछ ।[१]

प्राचीनकालमा सत्य युगको समयमा महिष्मति नामको एक नगरमा इन्द्रसेन नामका एक प्रतापी राजा धर्मपूर्वक आफ्ना प्रजाको पालन गर्दै शासन गर्दथे । ति राजा पुत्र, पौत्र र धन आदिले सम्पन्न र विष्णु भगवानका परम भक्त थिए । एक दिन राजा सुखपूर्वक आफ्नो सभामा बैसेका थिए । त्यसै बेला आकाश मार्गबाट महर्षि नारद झरेर उनको सभामा आए । राजाले उनलाई देखेर हाथ जोरी उठे र विधिपूर्वक आसन र अर्घ्य दिए ।

सुखसँग बसेर मुनिले राजासँग सोधे हे राजन! तपाईँका सातै अङ्ग कुशलपूर्वक त छन् ? तिम्रो बुद्धि धर्ममा र तिम्रो मन विष्णु भक्तिमा त रहन्छ ? देवर्षि नारदका यस्ता कुराहरू सुनेर राजाले भने- हे महर्षि! तपाईँको कृपाले मेरो राज्यमा सबै कुशल छ तथा मेरो यहाँ यज्ञ कर्मादि सुकृत भइरहेका छन् । तपाईँ कृपा गरेर आफ्नो आगमनको कारण भन्नुहोस् । तब ऋषि भन्न लागे- हे राजन! तपाईँ आश्चर्य दिने मेरा वचनहरूलाई सुन्नुहोस् ।[१]

म एक पटक ब्रह्मलोकबाट यमलोक गएँ, त्यहाँ श्रद्धापूर्वक यमराजबाट पूजित भएर मैले धर्मशील र सत्यवान धर्मराजको प्रशंसा गरें । त्यसै यमराजको सभामा महान ज्ञानी र धर्मात्मा तिम्रा पितालाई एकादशीको व्रत भंग भएका कारण देखें । उनले सन्देश दिएकाले म तिमीलाई भन्दछु । उनले भनेका छन् पूर्व जन्ममा ‍कुनै विघ्न भएका कारण म यमराजको निकटमा बसिरहेको छु, हे पुत्र यदि तिमीले आश्विन कृष्ण इन्दिरा एकादशीको व्रत मेरो निमित्त गर्यौ भने मलाई स्वर्ग प्राप्ति हुन सक्छ ।

यती सुनेर राजा भन्न लागे - हे महर्षि तपाईँ यस व्रतको विधि मलाई भन्नुहोस् । नारदजी भन्न लागे- आश्विन महिनाको कृष्ण पक्षको दशमीका दिन प्रात:काल श्रद्धापूर्वक स्नानादिबाट निवृत्त भएर पुन: दोपहरमा नदी आदिमा गएर स्नान गर्नु । त्यसपछि श्रद्धापूर्वक पृतिहरूको श्राद्ध गर्नु र एक पटक भोजन गर्नु । प्रात:काल भएपछी एकादशीका दिन दन्तमञ्जन आदि गरेर स्नान गर्नु, फेरी व्रतका नियमहरूलाई भक्तिपूर्वक ग्रहण गर्दै प्रतिज्ञा गर्नु कि ‘म आज सम्पूर्ण भोगहरू त्यागेर निराहार एकादशीको व्रत गर्नेछु ।

हे अच्युत! हे पुंडरीकाक्ष! म तपाईँको शरणमा छु, तपाईँ मेरो रक्षा गर्नुहोस्, यस प्रकार नियमपूर्वक शालिग्रामको मूर्तिमा विधिपूर्वक श्राद्ध गरेर योग्य ब्राह्मणलाई फलाहारको भोजन गराउनु र दक्षिणा दिनु । पृतिहरूको श्राद्धबाट जो बच्यो त्यसलाई सूँघेर गाईलाई दिनु तथा धुप, दीप, गन्ध, ‍पुष्प, नैवेद्य आदि सबै सामग्रीले ऋषिकेश भगवानको पूजा गर्नु ।

रातमा भगवानको सामु जागरण गर्नु । त्यस पश्चात द्वादशीका दिन प्रात:काल भएपछी भगवानको पूजा गरेर ब्राह्मणहरूलाई भोजन गराउनु । भाई-बन्धुहरू, स्त्री र पुत्र सहित आफू पनि मौन भएर भोजन गर्नु । नारदजी भन्न लागे- हे राजन! यस विधिले यदि तिमीले आलस्य रहित भएर यस एकादशीको व्रत गर्यौ भने तिम्रा पिता अवश्य नै स्वर्गलोकमा जानेछन् । यती भनेर नारदजी अन्तर्ध्यान भए ।

नारदजीका कथनानुसार राजाले आफ्ना बान्धवहरू तथा दासहरू सहित व्रत गर्दा आकाशबाट पुष्पवर्षा भयो र राजाका पिता गरुडमा चढेर विष्णुलोकमा गए । राजा इन्द्रसेन पनि एकादशी व्रतका प्रभावले निष्कण्टक राज्य गरेर अन्तमा आफ्नो पुत्रलाई सिंहासनमा बसालेर स्वर्गलोकमा गए । हे युधिष्ठिर! यो इन्दिरा एकादशी व्रतको माहात्म्य मैले तिमीलाई भने ।[१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]