सामग्रीमा जानुहोस्

शालिग्राम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शालिग्राम

शालिग्राम शिला एकप्रकारको पत्थर हो जसलाई हिन्दूहरू भगवान विष्णुको रूपको रूपमा पूज्ने गर्दछन्। हिन्दूहरूको लागि अति पूजनीय मानिएको शालिग्राम कालो रङ्गको बाटुलो ढुङ्गा हो । यसमा जसमा चक्र जस्तो घेराको आकृति हुन्छ। संस्कृतमा यसलाई शालग्राम भनिन्छ । पश्चिम नेपालको कालीगण्डकी नदी यसको लागि प्रख्यात छ । वैष्णवहरू र सनातनीहरूले शालग्रामलाई साक्षात् विष्णुको अवतारका रूपमा लिन्छन् । वैज्ञानिकहरूका अनुसार शालिग्राम लाखौँ वर्ष पहिले अस्तित्वमा रहेको टेथिस सागरमा पाइने विभिन्न जीवहरूको जीवाश्म हो।

मुक्तिक्षेत्र र कालीगण्डकी नदी शालिग्राम शिला पाइने स्थानका रूपमा प्रख्यात छ।

हामी सालिग्राम पूजा गर्दा तामाको थालिमा राखी, कर्पूर, चन्दनले पूजा गरी, जल चढाई, त्यो जललाई पंचामृतको रूपमा सेवन गर्ने परम्परा छ।

धर्मले यसलाई विष्णुको कृपा भन्छ तर विज्ञानले भने यसको भित्र लुकेको खनिज र pH को रहस्य देखाउँछ।

सालिग्राम शिला वास्तवमा गण्डकी नदीमा पाइने प्राचीन जीवको जीवाश्म हो जसमा क्याल्सियम कार्बोनेट, शंखको अवशेष र खनिज हुन्छ।

जब सालिग्रामलाई पानीमा राखिन्छ, यी तत्व पानीमा घुल्छ र पानीको pH स्तर बढाउँछ।

सामान्यतया पानीको pH करिब ७ हुन्छ जुन neutral हो, तर सालिग्राम जलमा यो ८-९ सम्म पुग्न सक्छ। यही कारण सालिग्राम जल अल्कालाईन हुन्छ।

अल्कालाईन पानी सेवन गर्दा पेटको acidity कम हुन्छ, gastritis र acid reflux जस्ता समस्या घट्छ।

यसले शरीरमा free radicals घटाउँछ, रोग प्रतिरोधात्मक क्षमता बढाउँछ, छिटो hydration हुन्छ, हड्डी बलियो हुन्छ र बुढ्यौली ढिलो ल्याउँछ।

क्यान्सर, सुगर, प्रेसर लगायत दिर्घरोगको जोखिम समेत अत्यन्त कम गर्छ ।

त्यसैले हिन्दूहरूले हजारौं वर्षदेखि सालिग्राम जललाई अमृत समान मानेको कुरा आज विज्ञानले पनि प्रमाणित गरिरहेको छ।

यदि तपाईंलाई अझै शंका छ भने एकपटक आफैं परीक्षण गरेर हेर्नुस।

सालिग्रामलाई केही समय पानीमा डुबाएर, चन्दन , कपुर आदि मिसाएपछी त्यसलाई pH meter वा pH paper strip लगाएर नाप्नुस, तपाईंले देख्नुहुनेछ कि यो पानी सामान्य पानीभन्दा बढी अल्कालाईन हुन्छ।

यसैबीच तामाको भाँडोमा राख्दा पानीमा तामाका अणु मिसिन्छन् जसले ब्याक्टेरिया, भाइरस र फंगललाई नष्ट गर्छ।

त्यसैले तामाको भाँडोमा राखिएको सालिग्राम जल केवल धार्मिक रूपमा पवित्र मात्र होइन, वैज्ञानिक हिसाबले पनि औषधीय गुणले भरिएको हुन्छ।

अब चन्दन मिसाउने चलनलाई सम्झौं।

चन्दन शीतलता दिने, सुगन्धले मन शान्त पार्ने, छालालाई फाइदा गर्ने र शरीरको तनाव घटाउने प्राकृतिक औषधि हो।

सालिग्राम जलमा चन्दन मिसिँदा यो जल धार्मिक दृष्टिले प्रसाद समान हुन्छ भने वैज्ञानिक दृष्टिले cooling effect र anti-inflammatory गुण थपिन्छ।

शास्त्रमा भनिएको छ कि जसले सालिग्राम पूजा गर्छ, उसले सयौं यज्ञ बराबरको पुण्य प्राप्त गर्छ। यसरी सालिग्राम पुजामा लुकेको यो बिज्ञानलाई नास्तिकहरुले बुझ्न नसकेपनि आज बिज्ञानले भने प्रमाणित गरिदियो।

यसरी आज विज्ञानले नै देखाइरहेको छ कि यो केवल आस्थाको कुरा मात्र होइन, वास्तविक स्वास्थ्य फाइदा पनि हो। सालिग्राम जल सेवन गर्दा शरीरलाई खनिजयुक्त, अल्कालाईन, एन्टिब्याक्टेरियल पानी प्राप्त हुन्छ।

आध्यात्मिक दृष्टिले यसले घरमा सकारात्मक ऊर्जा ल्याउँछ, नकारात्मक शक्ति हटाउँछ, मनलाई ध्यानमा केन्द्रित गर्छ।

यसैले दैनिक सालिग्राम पूजा गर्नु भनेको केवल भगवानको आराधना मात्र होइन, शरीरलाई औषधि दिनु, आत्मालाई शुद्ध पार्नु, घरलाई समृद्धि दिनु र जीवनलाई सन्तुलनमा ल्याउनु हो।

अब भन्नुस दैनिक सालिग्राम पुजा गरि जल सेवन गर्ने कि नगर्ने ? त्यसैले म भन्छु, यी संस्कार बिस्वभर फैलाएर नेपाललाई बिश्वको गुरुराष्ट्र र हाम्रो संस्कृतिलाई बिश्वको गुरु मान्न र मनाउन सकिन्छ ।

शालिग्राम शिलालाई किन्ने र बेच्ने दुबै नरकमा जान्छन् त्यै भएर पुराण आदिमा किन्न र बेच्न दुबै निषेध गरिएको छ -

शालग्रामशिलायास्तु मूल्यमुद्धाटयेत्क्वचित् ।

विक्रेता क्रयकर्ता च नरके नीयते ध्रुवम् ।। []

सन्दर्भ सूची

[सम्पादन गर्नुहोस्]
  1. बराह पुराण (१८६।५५-५६)