शालिग्राम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शालिग्राम

हिन्दूहरूको लागि अति पूजनीय कालो रङ्गको बाटुलो शिला (ढुङ्गा) नै शालिग्राम हो । संस्कृतमा यसलाई शालग्राम भनिन्छ । पश्चिम नेपालको कालीगण्डकी नदी यसको लागि प्रख्यात छ । वैष्णवहरू र सनातनीहरूले शालग्रामलाई साक्षात् विष्णुको अवतारका रूपमा लिन्छन् । वैज्ञानिकहरूका अनुसार शालिग्राम लाखौँ वर्ष पहिले अस्तित्वमा रहेको टेथिस सागरमा पाइने विभिन्न जीवहरूको जीवाश्म हो।

मुक्तिक्षेत्र र कालीगण्डकी नदी शालिग्राम शिला पाइने स्थानका रूपमा प्रख्यात छ।

शालिग्राम बन्न हजारौँ वर्ष लाग्छ, वैज्ञानिक दृष्टिकोणले पनि शालिग्राम धेरै वर्ष पहिले बन्यो, अब हत्तपत्त बन्न सम्भव पनि छैन। Saligrams are also encraved with various chackra which make it unique stone. It is also used to make stone idols.