लक्ष्मी पूजा
लक्ष्मी पूजा | |
---|---|
लक्ष्मी पूजा Goddess Lakshmi | |
समुदाय | Hindus |
प्रकार | Hindu, Indian people, and Nepalese (Nepali people) |
मिति | कार्तिक कृष्ण औंसी |
२०२१मा | 04 November |
२०२२मा | |
मनाइन्छ | वार्षिक |
समबन्ध | दीपावली र तिहार |

लक्ष्मी पूजा नेपालका प्रमुख पर्वहरूमध्ये एक हो । तिथि अनुसार कार्तिक कृष्ण अमावस्याका दिन यो पर्व मनाइन्छ । नेपालमा यो पर्व लक्ष्मी देवीको पूजा गरी घरभरि दियो बाली मनाइन्छ । नेपालमा यसलाई यमपञ्चकको एक भागको रूपमा मनाइन्छ। वर्षका चार महत्त्वपूर्ण रातहरू मध्ये लक्ष्मी पूजाको रातलाई सुखरात्रि भनिन्छ। यस दिन स्त्री जाति विशेष गरी कुमारी केटीहरूले घरघरै गई भैलो खेल्ने चलन छ। लक्ष्मी धनकी देवीलाई भनिन्छ ।
लक्ष्मी शब्दको अर्थ[सम्पादन गर्ने]
लक्ष्मी शब्द का सर्वप्रथम उल्लेख "ऋग्वेद" को पुरूषसूक्तमा भेटिन्छ । "श्रीश्च ते लक्ष्मीश्च ऊषाण ।" हे परमेश्वर, अनन्त शोभास्वरूप श्री र अनन्त शुभ लक्षण युक्त लक्ष्मी दुवै हजुरको पत्नी हुन् । तंत्रागम का अनुसार सर्वोत्तम अवस्थामा विष्णु और उनको शक्ति लक्ष्मी एकै परमात्मा हुन् । विष्णु र लक्ष्मी एक-आपसमा अभिन्न छन् । केवल सृष्टिको समयमा भिन्न देखिन्छन् । स्त्रीको चौसठ्ठि कला मानिएको छ । चौसठ्ठि कला युक्त महिला लाई लक्ष्मी पनि भनिन्छ । सौभाग्य, समृद्धि , सफलता, सम्पन्नता र सुन्दरताको अर्थमा पनि लक्ष्मी शब्द प्रयुक्त हुने गर्दछ । भगवती दुर्गाको हजार नाममा एक नाम लक्ष्मी पनि हो ।
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ "2017 Marathi Panchang Calendar", अन्तिम पहुँच २०१६-१०-२२।
बाह्य कडीहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा लक्ष्मी पूजा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |