चण्डी पूर्णिमा
| उभौली पूर्णिमा | |
|---|---|
| मिति | वैशाख शुक्ल पूर्णिमा |
उभौली पूर्णिमा पितृ र प्राकृति महिमा आत्मासात गर्दै मनाइने पूर्णिमा हो। वर्ष शुक्ल पूर्णिमाको दिनेश आदिवासी राई र सुनुवार जातिहरूले भव्य रूपमा किराँती रितीअनुसार भूमीको पूजा गरी उभौली चाड अर्थात भूमी पूजा गरी सकेला सिलि नाच्दै १ महिनासम्म मनाउने गर्छन । किरातीहरू प्रकृति पूजक भएकोले प्रकृतिलाई खुशी पार्नकालागि हरेक वर्ष बाली लगाउने समय बुद्ध जयन्ती अर्थात चण्डिपूर्णीमामा उभौली र अन्न बाली पाकिसकेपछि खुसीयाली मनाउदै उधौली (मंसिरे पूर्णिमा) विशेषरूपले खुसीयाली साथ आफ्नो प्रमुख चाडका रूपमा मनाउन गर्छन् । उभौली पर्वको रूपमा रहेको किरातीहरूको यो महत्त्वपूर्ण चाड वसन्त ऋतुमा वालीनाली राम्रोहोस् सबैमा सुख शान्ति सूस्वास्थ्य रहोस् र दैविप्रकोप तथा विपक्तिहरू नआउन भनि चण्डि पूर्णिमा अर्थात सुम्निमाको सृष्टि भएको दिन देखि यसलाई सास्कृतिक महोत्सवको रूपमा मनाउने पनि गरिएको छ । आदिवासी किरातीहरूको यो पर्व पृथ्वीमा कृषि युग शुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ।