तमु ल्होसार
तमु ल्होसार | |
---|---|
अनुयायी | तमु/गुरुङ समुदाय |
मिति | 15 Poush |
तोला अर्थात् तमु ल्होसार [[तमु/गुरुङ समुदाय को महान चाड अर्थात् नयाँ बर्ष हो । यो चाड खासगरी नेपालमा र विश्वका अन्य देशहरूमा पनि मनाइन्छ । ल्होसार भनेको नयाँ वर्ष हो । हाल यो हिन्दू जातिको भारतिय पात्रो बिकम सम्बतको पुस महिनाको १५ गतेलाई आधार मानेर मनाइने चलन छ । गुरूङ समुदायलाई जनाउने अर्को नाम तमु हो । तमु ल्होसारले गुरूङ समुदायको भित्तेपात्रोमा नयाँ सम्वत शुरू भएको सङ्केत गर्दछ । [१] प्राचीन तमु प्यो शास्त्रको अनुसार तमु ल्होसारको दिन तमुहरूका प्रथम महापुरुषको उत्त्पती भएको मानिन्छ ।
ल्होसारकै दिनभन्दा अघिल्लो साँझदेखि नै यसलाई मनाउन सुरू गरिन्छ । साँझ पूजापाठ, भोजभत्तेर, नाचगान गरी आधा रातमा 'नयाँ वर्ष आयो' भन्दै नयाँ वर्षको स्वागत गरिन्छ । ल्होसारको दिन बिहानदेखि नै ढोग-भेट, आशीष आदानप्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर (स्योकै)भोज खुवाएर बडो धुमधामका साथ मनाइन्छ । ल्होसारको दिन गुरूङ जातिहरू आफ्नै मौलिक भेषभुषा जस्तै शिरवन्दी,पिरुमाला,मखमली चोली,घलेक,निलो पटुकी,कालो टिकिस, छिट्को गुन्यु र बुट्टेकर्मु (मजेत्रो) महिलाहरूले लगाएर सजिन्छन् भने पुरूषहरूले शिरमा टोपी,भोटो,आस्कोट,भाङ्ग्रो लगाउँछन् र त्यसको साथमा कछाड अनि पाखी,पटुकी बाँध्छन् । अन्य जातले जस्तै गुरूङ जातिहरूको पनि पर्वहरू मनाउने एउटा आफ्नै शैली छ, यी जातिहरूमा घाटु,सोरठी स्थानीय भाषामा चुड्का भनेर गुरुङ समुदायमा प्रचलित मौलिक चुड्का नाच नाचेर आफ्ना परिवार, ङोलो ङोल्स्यो साथीभाईहरूसँग रमाइलो गर्छन् । गुरूङ जातिहरूको महान चाड भएकोले प्रधानमन्त्री र अन्य ठुला व्यक्तित्वद्वारा पनि ल्होसारको शुभकामना आदन प्रदान गरिन्छ ।
[२]
देश-विदेशमा तमु ल्होसार
[सम्पादन गर्नुहोस्]गुरुङ जाति देशको विभिन्न ठाउँमा छरिएर बसेका छन् जस्तै- कास्की,स्याङ्जा गोरखा, लमजुङ, तनहुँ, चितवन, रुपन्देही दैलेख, बाँके, सुर्खेत, मनाङ, रुम्जाटार, खोटाङ काठमाडौँ आदि । नेपाल को विभिन्न ठाँउ बाहेक विश्वका विभिन्न देशहरू जस्तै- बेलायत,अमेरिका अस्ट्रेलिया, हङकङ, बुर्नाई, जर्मनी, भारत लगायत अन्य देशहरूमा पनि गुरूङ जातिको बसोवास रहेको छ । देश विदेश विभिन्न ठाउँमा भए पनि गुरुङ जातिले पुस १५ मा तमु ल्होसार भने भव्य तरिकाले मनाउँछन्।
तमु पात्रो
[सम्पादन गर्नुहोस्]तमु पात्रोमा १२ वटा वर्ग हुन्छन् ।[३] वर्गहरूको नाम विभिन्न जनावरहरूको नामबाट नामाकरण गरिएको छ र यी वर्ग आफूलाई फाप्ने नफाप्ने र त्यस वर्गको शुभ समय र अन्य विशेस्ता सबै लामा शास्त्र र पच्यु शस्त्र अनुसार थाह पाउन सकिन्छ ।
- च्यु-ल्हो (छुं बर्ग / मुसा बर्ग )
- ल्वोँ-ल्हो ( सा बर्ग / गाइ बर्ग )
- तो-ल्हो ( धु बर्ग / बाघ बर्ग )
- हि-ल्हो ( भौ बर्ग / बिरालो बर्ग )
- गिद्द मि-ल्हो)
- सर्प वर्ग (सप्री-ल्हो)
- घोडा वर्ग (त-ल्हो)
- भेंडा वर्ग (ल्हु-ल्हो)
- बादर वर्ग (प्र-ल्हो)
- चरा वर्ग (च्हया-ल्हो)
- कुकुर वर्ग (खि-ल्हो)
- मृग वर्ग (फो-ल्हो)
यो पनि हेर्नुहोस् heriraxu
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Nepal, "Tamu Loshar", अन्तिम पहुँच ८ जुलाई २०१३। वेब्याक मेसिन अभिलेखिकरण २० जुलाई २०१३ मिति
- ↑ Nepal, "Prime Minister wishes for Tamu Loshar", अन्तिम पहुँच १० जुलाई २०१३।[स्थायी मृत कडी]
- ↑ Nepal, "12 Cycles", अन्तिम पहुँच १८ जुलाई २०१३।[स्थायी मृत कडी]