मत्स्यनारायाण मेला
| मत्स्यनारायण मेला | |
|---|---|
| प्रारम्भ | वैशाख २ गते (अधिकमासमा) |
| समापन | एक महिना |

मत्स्यनारायण मेला काठमाडौँ जिल्ला, चन्द्रागिरि नगरपालिका वडा नम्बर ९ को मच्छेगाउँ (मत्स्यगाउँ) मा लाग्छ । हरेक पुरुषोत्तम मास वा अधिक मासमा यहाँको मच्छेनारायण मन्दिरमा एक महिना लामो मेला लाग्छ। एक महिना भरी मेला लाग्ने हुँदा यसलाई एक महिने मलमास मेला पनि भनिन्छ । काठमाडौँ उपत्यका वरपर र देशै भरिका लाखौं भक्तजनहरुको घुइँचो यो महिना लाग्ने गर्दछ । मेला व्यवस्थापनका लागि स्थानीय बासिन्दाको पहलमा मत्स्य नारायण मेला व्यवस्थापन समिति गठन भएको छ ।
पौराणिक कथा
[सम्पादन गर्नुहोस्]पौराणिक कथनअनुसार भगवान विष्णुले मच्छेगाउँमा दस अवतारमध्ये पहिलो मत्स्य अवतार ग्रहण गरेको मान्यता छ । पौराणिक राजा सत्यव्रतले कुवा खनाएको र पछि भगवान विष्णुले त्यही कुवामा मत्स्यावतार धारण गरेको तथ्य विभिन्न पुराणमा उल्लेखित छ । गोपाल वंशका पालामा मात्रै कुवाको अस्तित्व सार्वजनिक भएको र मन्दिर लिच्छवि कालमा निर्माण भएको विश्वास गरिन्छ ।