घोडेजात्रा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(घोडे जात्रा बाट पठाईएको)
Jump to navigation Jump to search

घोडेजात्रा - पर्व र वर्ष

साल मिति
बि. सं. २०७१ ६ चैत्र
बि. सं. २०७० १६ चैत्र

घोडा जात्राको मूल नाम पाहाँ चल्हे हो । पछिलो समय पाहा चल्हेलाई घोडा जात्रा भनदै आए पनि पुन पाहाँ चल्हे भने चलन स्थापित हुन था ले को पनि छन यस पर्वमा नेपा मंडल भि त्र देबी देवताको जात्रा गरी मना उने चलन छ यही पाहा चल्हे नख मा पछी घो डा जात्रा थ पेर घोडा जात्रा भन थालेको हो ,यस नख पर्बको नाम पाहाँ चल्हे हो ! यो काठमाडौंको टुँडिखेलमा मनाइने एक प्रसिद्ध जात्रा हो । यो दिनलाई घोडचढी प्रतिस्पर्धाको रूपमा मनाइन्छ, त्यसमा पनि कुनै दिन एसियाकै ठूलो परेड मैदान भनिएर चिनिएको काठमाडौंको मुटुमा रहेको टुँडिखेलमा यसको आयोजना हुनु र देशको अति उच्च देखि साधारण नागरिक सम्मले हेर्नु यो जात्राको विशेषता हो । यो चाडका दिन टुँडिखेलमा नेपाली सेनाले घोडचढी कला प्रदर्शन गर्दछ।
कुनै दिन काठमाडौं बासीमा मात्र सीमित यो जात्रा अहिले राष्ट्रिय महत्त्व पाउन थालेको छ।

किंवदन्ती[सम्पादन गर्ने]

यो जात्रा परापूर्वकालमा टुँडि नामक दैत्य माथिको विजयको रूपमा मनाइन्छ । यहाँ दौडने घोडाको टापले त्यस दानवको आत्मालाई दबाउन मद्दत गर्ने विश्वास गरिन्छ । जसले यो शहरलाई अहिले पनि नाश गर्न चाहने विश्वास गरिन्छ र साथै यस जात्राले देशमा शुमंगल ल्याउने विश्वास गरिन्छ ।

पाटनको घोडेजात्रा[सम्पादन गर्ने]

पाटनको एकल घोडेजात्रा लोकपि्रय जात्रा हो । पाटनको बालकुमारीमा हुने पाटनको ओल्खु चिबहाः टोलको ज्यापुको भीमसेन गुठीले यो जात्रा सम्पन्न गर्दै आएको छ। यो एकल घोडेजात्रालाई कतै अन्धो घोडेजात्रा र कतै कतै जँड्याहा घोडेजात्रा भनेको पाइन्छ ।

यो एकल घोडेजात्रा गर्नेक्रममा सबैभन्दा पहिला पाहाँचर्‍हेको दिन अर्थात् घोडेजात्राको एक दिनअगाडि पाटनको ओल्खु चिबहाः टोलका ज्यापुले महाभारतका पात्र पाँच पाण्डवको मूर्ति रहेको मङ्गलबजारको भीमसेनस्थानमा छ्वयलाभु गर्ने भनी राँगो बलि दिइन्छ । यो बलिमा चढाएको राँगोलाई कृष्ण देगलको उत्तरपट्ट जलाईन्छ । यसरी बलि दिई पूजा गर्ने बेलामा भीमसेनले किचक वध गर्नुका साथै भीमसेनको वर्णन गरिएको स्तूति दाफा भजनमा गाइन्छ ।

यसै दिन पाँच पाण्डवलाई पूजा गरी समय्बजि खुवाइन्छ । भोलिपल्ट दिउँसो दुई बजे यही भीमसेनस्थानमा नेपाली सेनाले एउटा घोडा ल्याइपुर्‍याउँने गरेको छ । त्यसपछि भीमसेन गुठीका सम्पूर्ण गुठियारले त्यस स्थानदेखि स्वागत गरी घोडालाई ललितपुरका ओल्खु चिबहाःको ताहाफल्चामा ल्याइन्छ । यस गुठीका थकालीले आवश्यक परम्परागत विधिपूर्वक पूजा गरी आजुहरूले चुनेका गुठियारमध्ये कुनै पनि व्यक्तिलाई घोडा चढाउनुका साथै घोडा चढ्नेलाई सम्मानस्वरूप भीमसेनस्थानबाट ल्याएको फूलमाला पहिर्‍याइ, टीका पूजा गरिन्छ । त्यस स्थानदेखि यो एकल घोडेजात्रा सुरु हुन्छ । गुठी संस्थानले नै बन्दोबस्त गरिने लाय्कु बाजाबाट शुभारम्भ हुने यो जात्रा विधिवत् रूपमा पाटनको मूलचोकबाट सुरु भई ओल्खु, नेउत, लोहलँ, भोल गणेश हुँदै बालकुमारी परिक्रमा गरी फेरि भोल गणेश हुँदै बालकुमारीमै फर्किन्छ । नगर परिक्रमापछि घोडचढीलाई पान, सुपारी र दक्षिणा दिने चलन छ । जात्राको पछि-पछि सिमसिम राजाको प्रतीकका रूपमा गुठी संस्थानका एक कर्मचारीलाई तरवार बोकाउनुका साथै छत्र ओढाई सम्पूर्ण गुठियारहरू जात्रामा सरिक हुने गरिन्छ । यसरी दुईपटकसम्म ओहोरदोहोर गरी तीनपटक परिक्रमा गरी यो जात्रा गरिन्छ । परिक्रमापछि घोडा चढ्ने व्यक्तिलाई बालकुमारी मन्दिरको दायाँ राखी पान, सुपारी दिएर बिदावारी गरी जात्रा समापन गरिन्छ । त्यसपछि सम्पूर्ण गुठियार त्यहाँदेखि पाहाँचर्‍हेमा गाइने धातु लयमा गीत गाएर भीमसेन मन्दिरमा फर्किने चलन छ ।

त्यसको भोलिपल्ट सीकाःभ्वय् गर्ने भनी ५१ गुठियार बसी भोज खाइन्छ । भीमसेन देवताको पछाडिपट्टकिो गुठीको घरमा गरिने तीन दिनसम्म गर्ने यो भोज सम्पूर्ण गुहृय पूजा भोज हो । त्यस भोजमा गुठियारबाहेक घरको परिवारलाई समेत राखिँदैन । पाहाँचर्‍हेको दिनमा भीमसेन मन्दिरमा बलि दिएको राँगोको अगाडिको भाग भीमसेनको भाग भनी त्यस दिन खाइन्छ । बलिको टाउकोको भाग सीकाःभ्वय् खाने भनी जात्राको भोलिपल्ट सम्पूर्ण गुठियारले सी लिएर भोज खाइन्छ । एउटा अचम्मको कुरा के भने तीन-चार दिनसम्म खाने भोजमा नुन, तेलबाहेक अरू कुनै पनि मरमसला राख्न मनाही छ । यो जात्रा कसरी मनाइयो भन्नेबारे एउटा किंवदन्ती छ । सिमसिम राजाको एउटा घोडाको सुसारे यही ओल्खुटोलमा बस्ने ज्यापु थियो । एक दिन राजा सँधैजसो घुम्नका लागि घोडा लिन गएको बेला ज्यापु थाकेर आराम लिइरहेको रहेछ । तर, राजाले त्यो सुतिरहेको ज्यापुसँगै पाँचवटा टाउको भएको नागले संरक्षण दिइरहेको अचम्मको दृश्य देख्दा केही नभनी हिँडेरै राजदरबार फर्किए । यता ज्यापु झसङ्ग भई निद्राबाट ब्युँझदा राजा आएर पनि फर्किसकेको थाहा पायो । डरले ज्यापु घोडा लिई राजदरबार गई मैले गल्ती गरेँ, गल्ती भएकोमा क्षमा पाऊँ भनी राजाको पाउ पर्न लाग्दा उल्टै राजाले मलाई माफ गर, तिमी भगवानको अवतारलाई मैले घोडाको सुसारे बनाउन पुगेँ भनी आफू आएको बेला देखेको दृश्यबारे बताए । त्यसपछि राजाले उसलाई त्यही घोडा चढाई फूलमाला पहिर्‍याई नगर परिक्रमा गराए । यही घटनाको स्मरण गर्दै पाटनमा एकल घोडेजात्रा मनाउने भनी प्रत्येक वर्ष चिल्लागा औंशीको दिन यो जात्रा मनाउने चलन रहेको हो । नेवारहरूको संस्कृतिबारे ऐतिहासिक अध्ययन गर्दै आएका संस्कृतिविद का अनुसार 'सिमसिम राजा भनेको शिवसिंह देव हो । पाटनको तिभय राजाको नामबाट प्रख्यात नरसिंह, पुरन्दसिंह र उद्धव सिंहलाई विजय गरी ने.सं. ७४२ मा यी राजाले 'माणिग्लाधिपति' उपाधि प्रदान गरेका हुन् ।' त्यतिबेला उनले ठूलो अचम्मको काम गरेकाले होला नेवार समाजमा आजसम्म पनि कुनै असम्भव काम कसले गर्ने भन्दा सिमसिम महाराजको पालाको कुरा नगर भन्ने चलन छ । [१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]