ग्याल्बो ल्होसार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ग्याल्पो लोसार
ग्याल्पो लोसार २१४६ (२०१९ इस्वी संवत्) "हिमालयन शेर्पा कल्चर सेन्टर" ले काठमाडौं, नेपालमा मनाउँदै
अनुयायीशेर्पा तथा अन्य हिमाली बौद्ध समुदायहरू
प्रकारबुद्ध धर्म
महत्त्वशेर्पा जातिको नयाँ वर्षको पहिलो दिन
उत्सवपूजा, भेटघाट, नाच, भोज, आदि ।
मितिफागुन शुक्ल प्रतिपदा
सम्बन्धितलोसार

ग्याल्पो लोसार बौद्ध धर्मावलम्बीहरूको एक प्रमुख चाड हो । यो चाड खासगरी शेर्पा जातीले मनाउने भएतापनि सांस्कृतिक घुलमिलका कारण अन्य जातिले पनि मनाउने गर्दछन् । यस चाडमा नेपालमा सार्वजनिक विदा दिइन्छ । हरेकवर्ष फेब्रुअरी महिनामा ग्याल्बो ल्होसार (२१३९ छु फो डुक्लो) मनाउने तयारीमा शेर्पा, तिब्बती तथा योल्मो समुदाय जुट्छ ।

अनुष्ठान[सम्पादन गर्नुहोस्]

शेर्पा समुदायमा लोसार अथवा नयाँ साल आउनु भन्दा २-३ दिन अगाडि घर,आगन सबै ठाउँ सफा गर्ने र ग्रह शान्तिको प्रतिक घर सफा गर्दा निस्केको फोहोरलाई चौबाटोमा फ्याक्ने परम्परागत प्रचलन छ । प्रचलनअनुसार सबैले खाइसकेको वाकी अशं दोबाटोमा फाल्नुपर्छ । घर सफा गरी फोहोर मैला फालीसके पछि जसमा गुथुक (नौ प्रकारका गेडागुडी मिसाइ जस्तै मकै, भटमास, केराउ, चना, मुला, चामल आटा आदि मिसाई बनाइएको एक परिकार) सबै परिवार मिलि खाने गरिन्छ । यो खाना सर्वप्रथम भगवानलाई चढाएपछि मात्र खानुपर्छ भन्ने परम्परा पनि छ । परिवारको सख्यां अनुसार पिठोका डल्लाहरू बनाई त्यसभित्र विभिन्न किसिमका (कागज, घ्यू, नुन, खुर्सानी, कोइला आदि इत्यादि) सामग्री राख्ने गरिन्छ । ती सामाग्रहरूमध्ये कागजको अध्ययनशील, घ्यूको चाप्लुसी, खुर्सानीको रिसाउने, कोइलाको डाह गर्ने जस्ता फरकफरक रूपमा अथ्र्याइएको हुन्छ । गुथुक खाने बेला आफ्नो भागमा जुन सामग्री पर्‍यो त्यहि प्रकारको बानी हुने विश्वास गर्ने गरिन्छ ।

गुथुक खाइ सकेपछि पुरानो साललाई विदाइ गर्दे नयाँ सालको पहिलो दिन विहान सवेरै चराचुरुङ्गी अथवा कोही पनि नउठिसकेको वेला (रातको २-३ बजे) उठेर पानी पधेरामा गई हातमुख धोइ पानी लिन जाने र पानी लिने धारामा पूजा गरी धारामा करक्याङ(घ्यू), खादा धुपले पूजा पाठ गरी ल्याएको चोखो पानी भगवानलाई चढाउने, पुजापाठ गरी सकेपछि प्रसाद भगवानलाई चढाउने गरिन्छ । त्यस पछि घरका ठुलावडाबाट अशिर्वाद लिइ चिया, खप्सा लगायत प्रसाद खाने र विशेष गरी छ्याङगुल (जाँडमा छोर्पी, बदाम, नरिवल किसमिस आदि मिसाएर एक परिकार) खाँदै घर परिवारमा एकआपसमा रमाइलो गर्ने चलन छ । ल्होसारमा अशुद्धलाई चोख्याउनको लागि नयाँ सालको पहिलो दिन धुपवत्ती बाली साङ सेरङिम् पुजा पनि गर्ने गरिन्छ ।

लोसारका लागि तयार पारेर राखिएका परिकारहरू (जस्तै छिमार, खप्से, लगायतका प्रसाद) भगवानलाई चढाउने र घरका सवै परिवार सम्भव भए नयाँ लुगा लगाउने नभए पनि सफा लुगा लगाउने, र मान्यजनको हातबाट आशिर्वाद लिने गरिन्छ । त्यसपश्चात आफ्नो जन्मदिन अनुसारको शुभतिथि (सिज्य) हेरि घरको दुरी, आगँन अथवा डाडाँहरूमा गएर दीर्घायु सु–स्वास्थ्यको कामना सहित घरका सबै परिवारको सुख शान्तिको कामना गर्दै ध्वाजा (लुङ्दार) टाग्ने गरिन्छ र आफ्नो घर–छरछिमेकमा लप्सो मनाउने गरिन्छ । लामाबाट (रम्ने) अभिषेक गरेरमात्र लुङ्दार टाग्नुपर्ने प्रचलन पनि छ । परिवारबीच ल्होसार मनाई सकेपछि छिमेकीलाई घरमा बोलाएर अहिले शहरीय क्षेत्रमा पिकनिक (बनभोज) आयोजना तथा विभिन्न तरिकाबाट पनि ल्होसार मनाउने गरिन्छ ।[१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]