कोसी(लदि) पूजा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कोसी (लदि) पूजा
मितिफाल्गुण महिनाको तेस्रो मङ्गलबार
थानमा पूजा गरिरहेका पुजारी

कोसी पूजा अर्थात लदि पूजा नेपालमा बसोबास गर्ने समस्त माझी जातिको प्रमुख चाड हो । कोसी पूजा भन्नाले खोला, नदी अथवा पानीलाई गरिने पूजालाई जनाउँछ । यो पर्व प्रत्येक वर्ष फाल्गुण महिनाको तेस्रो मङ्गलबार मनाउने गरिन्छ । यो पर्वको दिन सबै मानिसहरूले नुहाउने, घर लिप-पोत गरी सफा राख्ने गरिन्छ । त्यसपछि आ-आफनो घरबाट नजिकको खोलामा सबै मानिसहरू भेला भई समूहमा यो पर्व मनाउने गरिन्छ । यो दिनमा नदिलाई विशेष रूपले पूजा गरिन्छ। पूजामा विशेष बिधिबाट तयार गरिएको थानमा सुँगुर, भैंसी, कुखुरा, हाँसपरेवागरि पाँच प्रकार जीवको बलि चढाउने गरिन्छ; जसलाई पञ्चबलि पनि भनिन्छ । यो पञ्चबलिको साथ थानमा फुल-अक्षता र भेटी पनि चढाउने गरिन्छ । यो दिनमा आफ्ना आफन्तहरू बिच शुभकामना आदानप्रदान पनि गर्ने गरिन्छ । साथै यो दिन नाचेर, गाएर रमाइलो गर्ने गरिन्छ ।

पूजाको परम्परा[सम्पादन गर्नुहोस्]

माझी जातिहरू परापूर्वक कालदेखि नेै खोलाको किनारमा बसि माछा मार्ने,डुङ्गा(नाउ)मा राखि मानिसहरूलाई खोला तारिदिने कार्य गर्दथे । उनिहरू सँधै खोलाको नजिक हुने, खोलामै बस्ने, खोलामा नै आश्रीत हुने भएकाले खोलालाई र पानीलाई भगवान मान्दथे र पूजाआजा गर्दथे । त्यसकारण आजपनि माझी जातिहरूले त्यो परम्परालाई मनाउदै आएका छन् । माझी जातिहरूको उल्लेख्य बसोबास भएको क्षेत्रका नजिक रहेका खोलाहरु जस्तै:-सप्तकोसी, दुधकोसी, तामाकोसी, अरुण, तमोर, कन्काई आदि जस्ता नदि-किनारमा यो पर्व मनाउने गरिन्छ । यो कोसी-पूजालाई लदिपूजा,पानीपूजा पनि भन्ने गरिन्छ । यसरि नदिपूजा गर्नाले बालीनाली राम्रो हुने, समयमा पानी पर्ने, घरपरिवारमा सुखशान्ति छाउने कुरामा माझीजातिको विश्वास रहिआएको छ ।[१][२]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

माझी

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

https://www.facebook.com/profile.php?id=100015510450609

  1. नेपाल माझी उत्थान सङ्घ जिल्ला कार्य समिति झापा
  2. नेपाल माझी-विद्यार्थी सङ्घ जिल्ला कार्य समिति झापा

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]