सामग्रीमा जानुहोस्

अक्षय तृतीया

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अक्षय तृतीया
राजा श्रेयन्सबाट उखुको रस ग्रहण गर्दै भगवान ऋषभनाथलाई चित्रण गर्ने पुरानो धार्मिक प्रतीक।
आधिकारिक नामअक्षय तृतीय
अनुयायीJain,Hindu
प्रकारJains & Hindus
परिपालनप्रार्थना, उखुको रस वितरण र चाडवाड खाना, र दान
मिति मास (अमान्त) / मास (पूर्णिमान्त), पक्ष, तिथि
आवृत्तिवार्षिक

अक्षय तृतीया बैशाख मासको शुक्ल पक्षको तृतीया तिथिलाई भनिन्छ । पुराण ग्रन्थहरू अनुसार यस दिनमा जो पनि शुभ कार्य गरिन्छ त्यसको अक्षय फल पाइन्छ भन्ने लोक विश्वास छ ।[] यसै कारण अक्षय तृतीया भनिएको हो।[] सबै बाह्र महिनाका शुकल पक्षीय तृतीया शुभ छन् तर बैशाख महिनाको तिथि स्वयंसिद्ध मुहूर्तहरूमा मानिन्छ । भविष्य पुराण अनुसार यस तिथिको युगादि तिथिहरूमा गणना हुन्छ, सत्य युगत्रेता युगको प्रारम्भ यसै तिथिबाट भएको थियो । भगवान विष्णुले नर-नारायण, हयग्रीवपरशुराम को अवतरण पनि यसै तिथिमा भएको थियो।

धार्मिक परम्पराहरू

[सम्पादन गर्नुहोस्]
सर्वत्र शुक्ल पुष्पाणि प्रशस्तानि सदार्चने।

दानकाले च सर्वत्र मन्त्र मेत मुदीरयेत्॥

साँस्कृतिक पक्ष

[सम्पादन गर्नुहोस्]

हिन्दुशास्त्रहरूका अनुसार वर्षभरीमा कैंयौं विशेष योगहरू पर्छन । ती मध्ये एउटा महायोगको नाम हो अक्षय तृतीया (Axaya Tritiya)। यो महायोग वर्षमा केवल एक पटक मात्र पर्दछ । ज्योतिषहरूका अनुसार यस दिनमा गरिएका सबै सत्कर्महरूको अक्षय पुण्य प्राप्त हुन्छ । वर्षको सबभन्दा पवित्र दिन हुनाले अक्षय तृतीयालाई ‘बिघ्नविनाशक दिन’ पनि भनिन्छ । गर्मी महिनाको यस दिन भगवानको पूजा, आराधना, दान गर्ने र सातुसर्वत खुवाउने, खानेपानीको व्यवस्था गर्ने जस्ता काम सुस्वास्थ्य र परोपकारका दृष्टिबाट उपयोगी र महत्त्वपूर्ण मानिन्छ । हिन्दु कालगणना अनुसार चार स्वयं सिद्ध मुहूर्तहरू छन् ती मध्य एक हो ‘अक्षय तृतीया’ । बैशाख महिनाको शुक्ल पक्षको तृतीया तिथिलाई नै अक्षय तृतीया भनिन्छ । अक्षयको अर्थ हुन्छ कहिल्यै क्षय नभएर स्थायी रहने । पौराणिक कथा अनुसार विष्णुले परशुराम अवतार लिएकाले यस दिनलाई परशुराम जयन्तीका रूपमा पनि मनाइन्छ । परशुरामलाई विष्णुका दश अवतारमध्ये एक मानिन्छ । परशुराम चिरन्जीवी छन् । उनको आयुको क्षय भएन त्यसैले यस तिथिलाई चिरन्जीवी तिथि पनि भनिन्छ । चार युगहरूमा सत्य युग र त्रेता युगको प्रारम्भ यसै तृतीया तिथिबाट भएको हो । यसकारणले यस तिथिलाई ‘युगादितिथि’ पनि भनिन्छ । चार धामहरूमध्ये एक बद्रीनाथ धामको ढोका यसै दिन अर्थात अक्षय तृतीय तिथि कै दिन खोलिन्छ । भनिन्छ यस शुभ तिथिमा गरिएका दान पूजन हवन दक्षिणा या कुनै पुण्य कार्य अक्षय फल प्रदान गर्ने किसिमको हुन्छ । यो एक स्वयं सिद्ध मुहूर्त हो । यो कुनै पनि शुभ कार्य गर्नका लागि सबभन्दा राम्रो तिथि हो । वेदव्यासले यसै दिन महाभारतको रचना प्रारम्भ गरेका थिए । कुनै पनि शुभ वा मांगलिक कार्य यसै दिन सम्पन्न गर्न सकिन्छ । भगवान नरनारायण हयगृव एवं परशुरामको जन्म यसै तिथिमा भएको थियो । लोकमान्यता छ कि अक्षय तृतीयाका दिन रोहिणी नक्षत्र परेन भने दुष्टहरूको बलबृद्धि हुन्छ । यस दिन जलले भरिएका कलश जूत्ता गाई भूमि स्वर्णपात्रको दान गर्नु पर्छ । अक्षय फल प्राप्ति होस् भन्ने कामनाका साथ यस तिथिमा पितृ तर्पण गरिन्छ । वैशाख शुक्लपक्ष तृतीयाका दिन सातु र सर्वत दान गर्ने प्रचलन छ । दालचिनी ल्वाङ सुकुमेल अलैंची मह चिनी सख्खर र मिस्री मध्ये एक चिज लगाई सर्बत सँगै र जौको सातु दान गर्ने चलन छ । आज बुढाबुढीलाई छाता लौरो र कपडाको जुत्ता दान गर्ने तथा गच्छे भए गाई जमिन अन्न र सुन पनि सत्पात्रलाई दान दिइने गरिन्छ । यसै दिन कैलाशवासी महादेव र हिमालयकी छोरी पार्वतीको विवाह भएको विश्वास गरिन्छ । शास्त्रीय विधान अनुसार आज दियो कलश र गणेशलाई पूजी कलस माथि अष्टदल लेखेको तामाको थाली राखेर अष्टदलमा पूजा गरिन्छ । शास्त्रमा अक्षय तृतीया एवं अक्षय तृतीयाको माहात्म्य

  1. शुभ एवं पूजनीय कार्य यसै दिन गरिन्छ, जसबाट प्राणी (मनुष्य) को जीवन धन्य हुन जान्छ ।
  2. यस दिनबाट सत्ययुग र त्रेतायुगको आरम्भ भएको विश्वास गरिन्छ ।
  3. श्री परशुराम जी को अवतरण पनि यसै दिन भएको थियो ।
  4. यसै दिन चारधाम मध्ये एक श्री बद्रीनारायणको ढोका खुल्दछन ।
  5. नर-नारायण यसै दिन अवतरित हुनु भएको थियो ।
  6. हयग्रीवको अवतार पनि यसै दिन भएको थियो ।
  7. वृंदावनका श्री बाँकेबिहारीको मन्दिरमा यसै दिन श्रीविग्रहको चरणको दर्शन गर्न सकिन्छ अन्यथा सम्पूर्ण वर्ष श्रीचरणलाई लुगाले ढाकिन्छ ।
  8. जो मनुष्य यस दिन गङ्गास्नान गर्दछ, त्यसलाई अनेकौ पापबाट मुक्ति मिल्दछ ।
  9. यस दिन परशुराम जी को पूजा गरेर उनलाई अर्घ्य दिँदा ठूलो पुण्य प्राप्त हुने मान्यता छ ।
  10. श्रीकृष्णले पनि यस तिथिलाई परम पुण्यमय मान्नु भएको छ । यस दिन मध्याह्न भन्दा पहिले नै स्नान, जप, तप, होम, स्वाध्याय, पितृ-तर्पण तथा दान आदि संपन्न गर्ने महाभाग व्यक्तित्वले अक्षय पुण्यफलको भागी हुने अवसर प्राप्त गर्दछ ।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]