शुक्ल पक्ष
औंसीपछिका पन्ध्र (१५) दिन अथवा प्रतिपदादेखि पूर्णिमासम्मका १५ वटा दिनहरूलाई शुक्ल पक्ष भनिन्छ।
जो यस प्रकार छ
शुक्ल पक्ष
[सम्पादन गर्नुहोस्]चन्द्रमान अनुसार एक महिनामा ३० दिन हुन्छन्। ३० दिनलाई चन्द्रमाको घटबढअनुसार १५–१५ तिथिहरूमा बाँडिएको हुन्छ। जब चन्द्रमा वृद्धि हुन सुरु गर्छ त्यसलाई शुक्ल पक्ष र जब घट्न थाल्छ त्यसलाई कृष्ण पक्ष भनिन्छ। शुक्ल पक्षको अन्तिम तिथि पूर्णिमा हो । शुक्ल पक्षलाई देवताहरूको दिन भनिएको छ। यसैप्रकार उत्तरायण (मकर संक्रान्तिदेखि आषाढ मसान्तसम्म)) लाई देवताहरूको काल मानिन्छ ।
- प्रतिपदा
- द्वितीया
- तृतीया
- चतुर्थी(चौथी)
- पञ्चमी (पञ्चमी)
- षष्ठी
- सप्तमी
- अष्टमी
- नवमी
- दशमी
- एकादशी
- द्वादशी
- त्रयोदशी
- चतुर्दशी
- पूर्णिमा
प्रतिपदा : प्रतिपदा पहिलो तिथि हो । प्रतिपदाको स्वामी अग्निदेव हुनुहुन्छ । प्रतिपदा तिथि आनन्द दिने हुन्छ । यस तिथिमा गृह निर्माण, गृह प्रवेश, वास्तुकर्म, विवाह, यात्रा आदि शुभ हुन्छ । कृष्ण पक्षको प्रतिपदामा चन्द्रमालाई बली हुन्छ (शुभ कार्यको लागि राम्रो) र शुक्ल पक्षको प्रतिपदामा चन्द्रमा निर्बल (शुभ कार्यको लागि नराम्रो) मानिएको छ ।
द्वितीया : द्वितीया तिथिलाई सुमङ्गल भनिन्छ, जसको देवता ब्रह्माजी हुनुहुन्छ । यो भद्रा संज्ञक तिथि हो । सोमवार र शुक्रवारमा यो तिथि राम्रो मानिदैन । बुधवारको दिन दुबै पक्षको द्वितीया तिथिमा विशेष सामर्थ हुनेहुन्छ र यो सिद्धिदात्री हुन्छ, यो समयमा गरेका सबै कार्य सफल हुनेहुन्छ ।
तृतीया : तृतीया तिथिको स्वामिनी गौरी हो । बुधवार मृत्युदा (अशुभ) र मङ्गलवार यो तिथि सिद्धदा (शुभ) हुनेहुन्छ । शुक्ल र कृष्ण दुबै पक्षको यस तिथिको शिवपुजन निषेध हुन्छ । यो तिथि आरोग्य दिने वाला हुन्छ ।
चतुर्थी व्रत : चतुर्थी तिथिमा व्रतको उल्लेख पुराणमा पाइन्छ। चतुर्थी तिथिको स्वामी गणेशजी हुनुहुन्छ । यो तिथि 'रिक्ता संज्ञक' मानिन्छ । अतः यस तिथिमा शुभ कार्य वर्जित रहन्छ । चतुर्थी तिथिमा विहीवारको दिन मृत्युदा हुन्छ र शनिवारको चतुर्थी सिद्धिदा हुन्छ र चतुर्थी 'रिक्ता' हुनाले जुन दोष यस्तो विशेष स्थितिमा समाप्त हुन्छ । चतुर्थी तिथिमा व्रत र गणेशजीको आराधना गर्नाले सङ्कटबाट मुक्ति मिल्ने, आर्थिक लाभ प्राप्त हुने, सुख र सौभाग्य दिनेवाला हुन्छ ।
पञ्चमी : पञ्चमी तिथि का स्वामी नाग हो । यो 'पूर्णा संज्ञक' हो । पुष महिनाको दुबै पक्षमा यो तिथि शून्य फल दिनेवाला हुन्छ । पञ्चमी तिथिको दिशा दक्षिण हुनेहुन्छ । पञ्चमी तिथिमा गरेको कार्य शुभफल दायक नै हुन्छ । शनिवार पञ्चमी परे मृत्युदा हुन्छ । विहीवारको दिन यही पञ्चमी तिथि भने सिद्धिदा भएर विशेष शुभ फलदायी हुन्छ । शुक्ल पञ्चमी सुख दिनेवाला र कृष्ण पञ्चमी श्रीप्राप्ति कारक हुन्छ ।
षष्ठी : षष्ठी तिथिको स्वामी कार्तिकेय हो । आइतवार षष्ठी परे मृत्युदा र शुक्रवारमा सिद्धिदा हुनेहुन्छ । माघ कृष्णमा भने शून्य हुन्छ । यसको दिशा पश्चिम हो ।
सप्तमी : सप्तमीको स्वामी सूर्य हो । शुक्रवारको सप्तमी मृत्युदा र बुधवार सिद्धिदा हुनेहुन्छ । आषाढ कृष्ण सप्तमीमा शून्य हुन्छ । यसको दिशा वायव्य हो ।
अष्टमी : कलावती नामको यो तिथि जया संज्ञक हो । मङ्गलवारको अष्टमी सिद्धिदा र बुधवारमा मृत्युदा हुनेहुन्छ । यसको दिशा ईशान हो । शुक्ल पक्षको यस तिथिको शिवपुजन निषेध हुन्छ ।
नवमी : नवमी तिथि चैत्रमा शून्य संज्ञक हुन्छ र यसको दिशा पूर्व हो । शनिवारमा सिद्धदा र विहीवार मृत्युदा हुनेहुन्छ, अर्थात् शनिवार गरिएका कार्यमा विशेष सफलता मिल्ने र विहीवार गरिएका कार्यबाट सफलता सम्भावना न्यून हुनेहुन्छ ।
दशमी : शनिवार दशमी मृत्युदा र विहीवारमा सिद्धिदा हुनेहुन्छ । आश्विन महिनामा दशमी शून्य सङ्ख्यक हुनाले सबै शुभकार्यमा वर्जित हुन्छ । यसको दिशा उत्तर हो ।
एकादशी : एकादशी तिथिमा व्रत, सबै प्रकारको धार्मिक कार्य, भगवानको उत्सव, उद्यापन, वास्तुकर्म, युद्ध र न्यायकार्यसँग सम्बन्धित कार्य, शिल्पकारिता, व्रतबन्ध, शीलान्यास र यात्रा सम्बन्धि कार्य गर्नको लागि यस दिन उत्तम मानिन्छ ।
द्वादशी : यसको दिशा नैऋत्य हो । यो 'भद्रा' संज्ञक तिथि हो । सोमवार मृत्युदा र बुधवार सिद्धिदा हुनेहुन्छ । आइतवार मध्यम फल दिने वाला रहन्छ ।
त्रयोदशी : जया संज्ञक तिथि त्रयोदशी मा अस्त्रशस्त्र, शिववास, यात्रा, गृह प्रवेश, नयाँ वस्त्र, आभूषण तथा व्रतबन्ध जस्तो शुभ कार्यको लागि शुभ मानिन्छ । त्रयोदशी तिथि जब बुधवार पर्छ भने मृत्यु योग बन्दछ । मङ्गलवारको दिन त्रयोदशी तिथि पर्न गाएमा सिद्धिदा योग बन्दछ । शुक्ल पक्षको त्रयोदशी तिथि को सम्पूर्ण कार्यको लागि शुभ मानिन्छ भने कृष्ण पक्षको त्रयोदशी तिथिमा शुभ कार्य निषेध रहन्छ ।
चतुर्दशी : चतुर्दशी तिथि रिक्ता संज्ञक हो र यसलाई क्रूरा पनि भनिन्छ । त्यसैले यो तिथिमा सम्पूर्ण शुभ कार्य निषेध हुनेहुन्छ । यसको दिशा पश्चिम हो ।
पूर्णिमा : पूर्णिमाको अधिपति चन्द्रमा हो । कार्तिक पूर्णिमा, माघ पूर्णिमा, शरद पूर्णिमा, गुरु पूर्णिमा, बुद्ध पूर्णिमा आदि मुख्य पूर्णिमा हुन्छ । यस तिथिमा शिल्प, आभूषणसँग सम्बन्धित कार्य गर्न सकिन्छ । संग्राम, विवाह, यज्ञ, जलाशय, यात्रा तथा शान्ति दिने वाला र शुभ तथा मङ्गल कार्यको लागि उपयुक्त तिथि पूर्णिमा हो ।