मास
मास | |
---|---|
सुकेको मासको दाना | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | |
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | |
गण: | |
कुल: | |
उपकुल: | |
वंश: | |
वंश: | |
प्रजाति: | V. mungo
|
वैज्ञानिक नाम | |
Vigna mungo (L.) Hepper |
मास एक दलहन बाली हो । मासलाई संस्कृतमा "माष" अथवा "बलाढ्य", बङ्गालीमा "माष" वा "कलाई", गुजरातीमा "अडद", मराठीमा "उडीद", पञ्जाबीमा "माँह", अङ्ग्रेजी, स्पेनिश र इटालियनमा "विगना मुंगो", जर्मनमा "उर्डबोहने", फ्रेंचमा "हरीकोट उर्ड", पोलिशमा "फासोला मुंगो", पुर्तगालीमा "फेजों-द-इण्डिया", हिन्दीमा "उडद" र लैटिनमा "फेसिओलस रेडिएटस" भन्दछन्।
यसको द्विदलिय बोट लगभग एक हाथ उचाँइको हुन्छ र नेपालमामा सर्वत्र धान, कोदो, कपासको खेतीसँग तथा एक्लै पनि बोएको देखिन्छ। यसबाट प्राप्त हुने दाल भोजन र औषधि, दुबैरूपमा उपयोगी हुन्छ। मास दुइ जातको हुन्छ ।
१. "कालो" अथवा "ठुलो" यो वर्षाको आरम्भमा छरिन्छ, २. "हरीयो" अथवा "सानो" , यसलाई कालो मास छरेको दुई महीना पछि छरिन्छ।
यसको हरीयो फलको तरकारी र बीजको दाल, पापड, बडी इत्यादि भोज्य पदार्थ बनान्छ। आयुर्वेदको मतानुसार यसको दाल स्निग्ध, पौष्टिक, बलकारक, शुक्र, दुग्ध, मासु र मेदवर्धक, वात, श्वास र बवासीर जस्ता रोगहरूको लागि हितकर र पेट सफा गर्दछ। रासायनिक विश्लेषणहरूबाट मासमा स्टार्च ५६ प्रतिशत, अल्बुमिनाएड्स २३ प्रतिशत, तेल सवा दुई प्रतिशत र फास्फोरस ऐसिड सहित क्षार साढी चार प्रतिशत पाइएको छ।
मासको गुण चिसो हुन्छ, अतः यसको सेवन गर्दा शुद्ध घिउमा हींगको झानन लगाएर खानु उचित हुन्छ। मासुमा पनि कार्बोहाइड्रेट, विटामिन्स, केल्शियम र प्रोटीन पर्याप्त मात्रामा पाइन्छ। बवासीर, गठिया, दम एवं लकवाको रोगिहरूले यसको सेवन कम गर्नु पर्छ।
प्रकार
[सम्पादन गर्नुहोस्]मास बजारमा तीन प्रकारले प्रयोगमा आउछ।
- गेडा
- दाल
- धोएको
सन्दर्भ
[सम्पादन गर्नुहोस्]- H.K. Bakhru (१९९७), Foods that Heal. The Natural Way to Good Health, Orient Paperbacks, आइएसबिएन 81-222-0033-8।