राँगो जात्रा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
राँगो जात्रा
मितिमहानवमीका दिन

भक्तपुरमा प्रत्येक वर्ष महानवमीका दिन मनाइने खामेय् निखुर (राँगो दौडाउने जात्रा) गरिन्छ । महिषासुरको प्रतीक मानेर राँगोलाई विधिवत बलिपूजा गरी खुट्टामा लामो डोरीले बाँधेर नवदुर्गा देवगृहबाट बाहिर निकाली दौडाएर वा लखेटेर ब्रह्मायणी स्थान (पीठ) सम्म पुर्‍याउने गरिन्छ । उक्त राँगोलाई जाँड रक्सी पनि खुवाउने हुँदा मान्छेको भीडको माझ भीडले घिच्याउँदै लखेट्ने हुँदा राँगो झन् बढी उत्तेजित भई उफ्रँदै झन् वेगले भाग्ने गर्छ । उक्त राँगो भक्तपुर नगरपालिका-३ गछें स्थित नवदुर्गा देवगृहबाट सुजम्हरी, च्याम्हसिंह हुँदै ब्रह्मायणी पीठसम्म जात्रा हुने गर्छ । उक्त राँगोलाई त्यसै राति नवदुर्गा देवगृहका पूजारी आचार्जुद्वारा नवदुर्गा देवगणको गोप्य पूजा गरी बध गरिन्छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]