काग तिहार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
काग तिहार
वैकल्पिक नामकागपूजा
प्रकारधार्मिक
उत्सवकागको सम्मान स्वरूप
परिपालनप्रार्थना र धार्मिक अनुष्ठानहरू
मितिकार्तिक कृष्ण त्रयोदशी[१]
आवृत्तिवार्षिक

काग तिहार वा कागपूजा कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुल्क द्वितीयासम्म पाँच दिन मनाइने तिहार पर्वको पहिलो दिन हो।[२] यस दिन कागको पूजा गर्ने गरिन्छ। यमराजको सन्देश वाहकको रूपमा कागलाई सम्मानको साथ पूजाआजा गरेर खानेकुरा दिइ काग तिहार मनाउने गरिन्छ।[३] कागलाई यमराजको अत्यन्त प्रिय भक्त पनि मानिन्छ।[४] त्यसैगरी हाम्रो समाजमा प्रचलित काकगवेषण, काकन्याय, काकबलि आदि विविध शब्द कागसँगै सम्बन्धित छन्।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "आज कार्तिक कृष्ण त्रयोदशी, काग तिहार मनाईंदै", घटना र विचार (नेपालीमा), अन्तिम पहुँच २१ असोज २०७९ 
  2. "आजदेखि तिहार सुरु, काग तिहार मनाइँदै", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २१ असोज २०७९ 
  3. "काग तिहार र यसको महत्व", नेपाल पत्र (नेपालीमा), अन्तिम पहुँच २१ असोज २०७९ 
  4. "तिहारमा किन कागको पूजा हुन्छ ? घतलाग्दो छ कारण", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २१ असोज २०७९