मधु श्रावणी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
मधु श्रावणी
सुरूसाउन कृष्ण पञ्चमी
समापन१५ दिन

मिथिलाञ्चलमा विवाहित महिलाहरूले प्रत्येक वर्ष साउन कृष्ण पञ्चमीको दिनदेखि पन्ध्रदिनसम्म परम्परागत मधु श्रवाणी व्रत लिन्छन् । मैथिली भाषा, संस्कृति, परम्परा र संस्कारसँग जोडिएको उक्त पर्व नवविवाहिता महिलाका लागि मूलतः विशिष्ट र महत्वपूर्ण रहिआएको छ । उक्त व्रतमा संलग्न महिलाले गौरीपूजा, कलशपूजा, विषहराको पूजा, बैरसीकरजा, चनाइ नाग पूजा, कुसमावती पूजा, पिङ्गला पूजा, लिली नागपूजा, शतमगिनिसहित गोसाउनी, नाग पूजा र साठिक पूजा गर्ने गर्छन् । व्रत बस्ने महिलाले यो व्रत लिँदा निष्ठापूर्वक नित्यकर्म गरी पूजा सामग्रीसहित पूजामा बसेका बेला तीनदिनसम्म अनिवार्य रूपमा मौनापञ्चमी, बिहुला र मनसा, मंगला-गौरीको पृथ्वीजन्म सती, दन्त्यकथामा आधारित महादेवको पारिवारिक कथा, गंगाको कथा, गौरी तपस्याको कथा, गौरी विवाह र जन्तीको कथा, मैनाको मोहको कथा, भगवान कार्त्तिक जन्मको कथा, सन्ध्याको विवाह र लिलीको जन्मको कथा, पतिव्रता सुकन्याको कथा, बाल-वसन्तको कथा, गोसाउनीको कथा, राजा श्रीपुरको कथा श्रवण गरी पूजा अर्चना गर्ने परम्परा छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]