साउन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

श्रावण (साउन) १२ महिनाहरू मध्यको एक महिना हो। निरयन सौरमास सूत्रका अनुसार श्रावणमासको प्रारम्भ कर्कट सक्रांतिका दिनदेखि मानिन्छ |अमान्त चन्द्रमासका अनुसार श्रावणमासको प्रारम्भ अाषाढ अमावास्याको भोलिपल्ट देखि र पूर्णिमान्त चान्द्रमासका अनुसार आषाढपूर्णिमाको भोलिपल्ट देखि प्रारम्भ मानिन्छ। वेदांग ज्योतिषानुसार अमान्त चान्द्रश्रावणमास शुक्लपक्ष प्रतिपदादेखि चान्द्रवर्षको दक्षिणायन शुरु हुन्छ |सौर दक्षिणायन चाहिँ सायन कर्कटे सूर्य भनिएका दिनदेखि शुरु हुन्छ | शाक्यपञ्चांगकाअनुसार श्रावणमहिनाको प्रारम्भ कर्कट सक्रांतिको५दिन पछि हुन्छ। सामान्यतया सूर्यमास सूत्रलाई नै प्रयोगमा ल्याएको पाइन्छ। अङ्ग्रेजी महिनाको जुलाईअगस्ट अगस्तआधा आधा महिना श्रावण महिनाम पर्दछन्। श्रावण महिना बर्षाऋतुको पहिलो महिना हो। यो महिना सायन कर्कटमास र निरयन कर्कटमास गरी दुई प्रकारको हुन्छ | सायन कर्कटमास निरयन आषाढमासको ७ गते बाट प्रारम्भ हुन्छ|जसलाई पञ्चांगकारहरूले (सायनकर्कटे सूर्यः) भनेर उल्लेख गरेका हुन्छन् | यसरी हेर्दा सायन सूर्य र निरयन सूर्य सायन श्रावणमास र निरयन श्रावणमास भरी कर्कट राशिमा रहन्छन् |

चाड पर्वहरू[सम्पादन गर्ने]

श्रावण महिनामा नेपाल तथा भारतका मान्छेहरूले निम्न चाडपर्वहरू मनाउने गर्दछन्।

  1. श्रावण एक गते विभिन्न रोग व्याधको शान्तिकोलागी राँके सक्रान्ति पर्व मनाई विभिन्न प्रकारले लुतो फाल्ने पुरानो परम्परा छ।
  2. श्रावण कृष्ण चतुर्दशीका दिन काठमाण्डौ उपत्यकाका नेवारहरूले गठेमंगलपर्व मनाउने गर्दछन्।
  3. श्रावण शुक्ल पञ्चमीका दिन नाग पञ्चमी पर्दछ। यस दिन नागको चित्र बनाएर घरमा टाँस्नाले सर्प चट्याङको डर हुदैन भन्ने परम्परा रहेको छ|
  4. श्रावण शुक्ल चतुर्दशीका दिन नेपालको मध्य पश्चिमसुदूर पश्चिमका साथै भारतको उत्तराखंडहिमांचल प्रदेशमा समेत विभिन्न देवी मन्दिरमा पुजा गरिने मालिका चतुर्दशी पर्दछ। नेपालका प्रमुख मन्दिरहरू मध्य एक मानिने बाजुराको बडिमालिका मन्दिरमा यसै दिनमा पुजा गरिन्छ|
  5. श्रावणशुक्लपूर्णिमाको दिनमा वाजसनेयीहरू अध्यायोपाकर्म नामक वैदिकपर्व मनाउँछन् |आचार्यगण आफ्ना नवोपनित शिष्यमण्डलिका माझ नूतन यज्ञोपवीत अभिमन्त्रण तथा धारण गरी वेदारम्भ सम्पन्न गर्दछन् | त्यसैले श्रावण शुक्ल पूर्णिमाकै दिन जनैपूर्णिमारक्षाबन्धन दुईवटा पर्व पर्दछन्। यस दिनमा तागाधारी हिन्दूहरूले धारण गर्ने जनैको अभिमन्त्रण तथा पूजन गरेर भंडारण गरी राख्ने प्रचलन छ।यसै दिन वंशपरम्परा अविच्छिन्न राखेका उपाध्याय वैदिक ब्रह्मणहरूका हातदेखि वर्णाश्रमधर्मीहरू रक्षाबन्धन धारण गर्दछन् |साथै यस दिनमा नेपालको तराई क्षेत्र तथा भारतका विभिन्न

क्षेत्रमा दिदी बहिनीहरूले आफ्ना दाजु भाईहरूको हातमा राखी अथवा रक्षाबन्धन बाँध्ने गर्दछन्। यसै दिन पश्चिम नेपालमा यहाँका स्थानिय जस्तै:- नैनेल,मष्टा, अधिकारी, जगनाथ, आदि देवी देवताहरूको पुजा गरिन्छ |

सन्दर्भ सूचीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यि पनि हेर्नुहोस्[सम्पादन गर्ने]