आइतबार
स्वरूप
(आइतवारबाट अनुप्रेषित)
आइतबार बिक्रम सम्बत् पात्रो मान्नेहरूलाई हप्ताको पहिलो बार हो । यसलाई संस्कृतमा आदित्यवार वा रविवार पनि भनिन्छ । यसलाई भानुवार को नामले पनि चिनिन्छ। आइतबार शनिवार र सोमवारको बिचमा पर्ने बार हो। ज्योतिष शास्त्र अनुसार यसलाई सूर्यको नामबाट नामाकरण गरिएको हो। बिक्रम संबत पात्रो अनुसार यो दिन हाप्ताको पहिलो दिन हो। क्रिश्चियन पात्रो अनुसार पनि आइतबारलाई हप्ताको पहिलो दिन माने पनि युरोपमा २०औं शताब्दीको मध्य देखि यसलाई हप्ताको सातौँ दिन मान्न थालिएको छ।
हिन्दू धर्मावलम्बीहरू आइतवारमा सूर्य देवताको पूजा गर्दछन्। इसाईहरू आइतवारलाई पवित्र दिवस मान्दछन् र हरेक कामबाट छुट्टी लिन्छन् र चर्च जाने गर्दछन्।
| हप्ताका दिनहरू |
|---|
|
आइतबार | सोमबार | मङ्गलबार | बुधबार | बिहीबार | शुक्रबार | शनिबार |
विकिमिडिया कमन्समा आइतबार सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।