सामग्रीमा जानुहोस्

महिना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

महिना पुरा वर्षको १२औँ भागको एक भाग भन्ने बुझिन्छ। सामान्यतया अंग्रजी महिना २८ देखि ३१ दिनको हुन्छ भने नेपाली महिना २९ देखि ३२ दिनको हुन्छ। पुरा वर्ष भरिमा १२वटा महिनाहरू हुन्छन्।

विक्रमी महिनाका नामहरू

[सम्पादन गर्नुहोस्]

विक्रम संवत अनुसार बैशाख महिनालाई पहिलो महिना मानिन्छ र चैत्र महिनालाई अन्तिम महिना मानिन्छ । नेपाली साथै हिन्दू धर्मावलम्बीको वसोवास रहेको क्षेत्रमा विक्रम संवतका महिनाहरू नै प्रचलनमा ल्याइएको देखिन्छ । हिन्दू प्रचलमा रहेको विक्रम संवत अनुसार १२ महिनाका नामहरू यस प्रकार रहेका छन् ।

क्र.सं.महिनाको नामअन्य नाम
बैशाख -
जेठ जेष्ठ
असार आषाढ
श्रावण साउन
भाद्र भदौ
आश्विन असोज, कुआर
कार्तिक कात्तिक
मंसिर मार्गशिर्ष, मार्ग, अघहन
पौष पुस
१० माघ -
११ फाल्गुण फागुन
१२ चैत्र चैत

अङ्ग्रेजी महिनाका नामहरू

[सम्पादन गर्नुहोस्]

क्रिश्चियन धर्मका धर्म प्रवर्तक इशु जन्मिएको आधारमा इस्वी संवत अथवा सन् प्रचलनमा ल्याइएको थियो । इ. सं.मा अङ्ग्रेजी महिनाहरूका नाम प्रचलनमा छन् । आज भोली यत्र तत्र जहाँ सुकै पनि अङ्ग्रेजी महिनाका नामहरू नै प्रचलनमा रहेको पाइन्छ । अङ्ग्रेजी महिनामा जनवरी वर्षको पहिलो महिना हो भने डिसेम्बर अन्तिम महिना हो । अङ्ग्रेजी महिनाका नामहरू यस प्रकार छन् ।

क्र.सं.महिनाको नामअन्य नाम
जनवरी जेनवरी
फेब्रुअरी फरवरी
मार्च -
अप्रेल एप्रिल
मे मइ
जुन -
जुलाई -
अगस्त अगस्ट
सेप्टेम्बर सितम्वर
१० अक्टोबर अक्टुवर
११ नोभेम्बर नवेम्वर
१२ डिसेम्बर दिसम्वर

हउजोसहहहदजलएवगुबचडगहककजक

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यि पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]