शनिवार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

शनिवार वा शनिश्चरवार विक्रम संवत् पात्रो अनुसार हप्‍ताको सातौँ दिन हो। शुक्रवारआइतबारको बिचमा पर्ने यो दिनमा नेपाली बिद्यार्थीहरू निकै खुशी हुन्छन् । तर युरोप र अन्य केही देशहरूमा भने शनिवारलाई हप्ताको छैठौं दिन मानिन्छ। [[:en:ISO 8601|आइ एस ८६०१]] मापदण्ड अनुसार पनि यो हप्ताको छैठौं दिन हो। यसको नामाकरण शनि देवता, जसलाई शनिग्रहको रूप मानिन्छ,को नामबाट गरिएको हो। हिन्दु धर्मको किवदंती अनुसार शनिवारकी माता कालीमाता हुन् । नेपाल र इजरायलमा शनिवार मात्र सप्ताह अन्त्यका रूपमा एक दिन सार्वजनिक बिदा हुने गर्दछ। नेपालमा राणा प्रधानमन्त्री भीम शमसेरले शनिवार सार्वजनिक कार्यालयहरूमा साप्ताहिक विदा दिने प्रचलनको शुरूवात गरेका हुन्।

यि पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

हप्ताका दिनहरू

आइतवार | सोमवार | मङ्गलवार | बुधवार | बिहीवार | शुक्रवार | शनिवार