नैनेल देवता

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
कर्णाली राजमार्गको किनारामा रहेको नैनेन मन्दिर यस मन्दिरको ठिक पारीपट्टी नैनेल माँढु पर्छ

नैनेल एक मष्टा देवता अन्तर्गत पर्ने देवताको नाम हो।यस देवतालाई पश्चिम नेपालका दैलेख, कालिकोटअछाम जिल्लाका कर्णाली क्षेत्रका वासिन्दाहरूले पूजा गर्दछन्। यो देवताको उत्पत्ती (जन्म) अछाम जिल्लाको बारला गा.वि.स. अन्तर्गत पर्ने "रक्तेपानी" भन्ने स्थानमा भएको हो। भन्ने भनाई रहेको छ।[१] खास गरेर जेठ, श्रावणपौषको पूर्णिमामा जिव बली दिएर पूजा गर्ने प्रचलन रहेको छ। हुनत पश्चिम नेपालको धेरैजसो स्थानहरूमा नैनेल स्थानहरू स्थापना गरिएको पाईन्छ। कर्णाली राजमार्गको पारीपट्टी अछाम जिल्लाको कालेगाँडा गा.वि.स. अन्तरगत पर्ने कर्णाली नदीको किनारामा पर्ने नैनेल माँढुलाई नैनेल देवताको मुल स्थान मानिन्छ। यहाँ बडा नैनेलको थान छ।

परिचय[सम्पादन गर्ने]

नैनेल पश्चिम कर्णाली क्षेत्रका वासिन्दाहरूको परापूर्व काल देखि पूजा गरिदै आएको एक देवताको नाम हो। यहाँ कर्णाली क्षत्र भन्नाले कर्णाली नदीका तटिय क्षेत्रहरू मानिन्छ। यसमा दैलेख, अछाम, कालिकोट जिल्लाका गाउँहरू मुख्य रूपमा लिइन्छ । यो देवतालाई राक्षसी देवताको रूपमा लगिन्छ । यसको कारण यो देवताको उत्पत्ती इतिहास हो ।

उत्पत्ति[सम्पादन गर्ने]

नैनेल देवताको उत्पत्ती बारे कोही ठोस प्रमाण त छैन । तै पनि यो देवताका अनुयाईहरूको किँवदंती अनुसार यसको उत्पत्तीको इतिहास यस प्रकार रहेको छ :- परापूर्व कालमा कालिकोटको रास्कोटकी राजकुमारी "कौशिला" साह्रै सुन्दरी भएका कारण उनसँग "महारुद्र" नाम गरेको मायावी राक्षसले प्रेम विवाह गरी ल्याएर अछामको बारलामा पर्ने "रक्तेपानी" भन्ने खोलामा लुकाएर राखेको थियो । केही दिन पछि कौशिल्ला गर्भवती भएर सोही गर्भबाट नैनेलको उत्पत्ती भएको थियो भन्ने भनाई रहेको छ ।

नैनेल देवताको जन्म[सम्पादन गर्ने]

यो देवता जन्मदा खेरी २४ वटा भाईहरू सँगै जन्मिएको र ती मध्य १२ भाईहरू लाटा र १२ भाईहरू बाठा थिए भन्ने भनाई रहेको छ । यिनीहरू जन्मनु अगाडि नै महारुद्रले कौशिल्लालाई एक्लै छोडेर आफु भागेको भन्ने भनाई रहेको छ । आफु भागेर जाँदा महारुद्रले कौशिल्लालाई एक राक्षसी लटो दिएर गएको थियो । यो लटो जहाँ निर बटाय्रो त्यहाँका हजारौँ राक्षसहरू उत्पन्न भई लटो बटारने मानिसको सबै काम गरिदिन्थे भन्ने भनाई रहेको छ । पछि त्यो लटो बारलाका पिथे जैसीलाई कौशिल्लाले दिएकी थिईन् पिथे जैसी नैनेल देवताका पहिला पूजारी थिए । उनले नै नैनेल जन्मदा कौशिल्लालाई सहयोग गरेका थिए । एक दिन बिहान पिथे जैसी खेतमा पानी लगाउन जानेबेला रक्तेपानी खोलामा धेरै रगत बगेको देखे । खोलाको पानीमा रगत देखिएकै कारण यस ठाउँको नाम रक्तेपानी परेको हो । पिथेजैसीले पानीमा रगत देखेपछी बाघले रतुवा अथवा घोरल मारेको हुनसक्ने आसंका गरी सिकारको लोभले खोलै खोलो माथी तिर लागे । माथी गएर एक रुखमुनी कौशिल्ला सुत्केरी भएर २४ बालकहरू जन्मिएका देखे । यिनिहरू जन्मेको खबर भन्न राक्षसी लटो लिएर हित्ति जैसी जुम्ला गएर महारुद्रलाई सोध्दा खेरी फलामको बाकसमा हालेर सबैलाई कर्णालीमा बगाइ दिनु भनेकोले पिथे जैसीले पनि यसै गरेर कौशिल्लालाई माईती घर पठाई दिएका थिए । [१]

नैनेल कसरी देवता बन्यो ?[सम्पादन गर्ने]

पिथे जैसीले बालकहरूलाई बगाएको ठाउँलाई आज भोलि नैनेल माणु भनिन्छ। यो स्थान अछामको बारला गा.वि.स.मा पर्दछ । यहाँ माणु शैलीमा नैनेल देवताको मुख्य मन्दिर बनाएको छ । बालकहरू बग्दै जाँदा बाकस खुलेर बालकहरू नमरेर जिवितै रहेको थाहा हुन आएको छ । यी मध्य सबै भन्दा जेठो भाईको नाम नैनेल रहेको र उसले आफ्नो जीवन कालमा देखाएका बुद्धीमानी र बहादुरीकै कारणले यो देवता बनेको मानिन्छ ।

नैनेललाई देवताको पदवी कोले दियो ?[सम्पादन गर्ने]

त्यसताक यस क्षत्रमा बौद्व मार्गीहरूको बाहुल्यता रहेको कुरा थाहा हुन आएको छ। कुनैले देवताको पदवी पाउन बौद्ध धर्मका धर्मगुरू लामाकहाँ गएर अनुमती ल्याउनु पर्ने प्रचलन रहेको थियो। नैनेल पनि लामा कहाँ गएर अनुमती ल्याएको हो। यस बेलाको एक कथा छ- दैलेख जिल्लाको महावुलेक जगनाथ देवताको स्थान रहेको छ। त्यो देवता पनि लामासँग अनुमती लिन जाँदा लामाले जाँडको गाग्रो न बोकाई अनुमती न दिने कुरा थाहा पाए पछि आफु बाहुन भएका कारण जाँडको गाग्रो न बक्ने निर्णय लिई जो उताबाट अनुमती ल्याएर आउछन् तिनलाई आफ्नो टाँग मुनी पसाउने मनसायले बाटोको दुवै पहाडमा खुट्टा टेकी उभिएको बेला नैनेलले देखेर त्यसको बायाँ जाँघ भाँचि दिएको किवदंति छ।

कर्णाली क्षेत्रका अन्य देवताहरू[सम्पादन गर्ने]

कर्णाली क्षत्रमा अन्य देवताहरूको पनि पूजा गरिन्छ। यि मध्य केही मुख्य देवताहरूका नाम यस प्रकार रहेका छन्।[२]

आदी रहेका छन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ स्थानिय किँवदंती
  2. कर्णालीका देवी देवता