महावुलेक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

महावु लेख दैलेख जिल्लाको सबै भन्दा अग्लो स्थान हो। कालिकोट जिल्ला र दैलेख जिल्लाको सीमानामा पर्ने महावु धामको नामबाट नामांकित भएको यस ठाउँको उचाईँ समुद्र सतह देखी ४,१६८ मीटर रहेको छ यो उचाईँ दैलेख जिल्लाको सबै भन्दा अग्लो मानीएको छ। भौगोलिक रूपमा विकट भएता पनि यो स्थान धार्मिक तथा पर्यटन क्षेत्रको धनि स्थान मानिएको छ । महावु धाम, जगन्नाथ र महावइका पवित्र मन्दिरहरू यस स्थानमा पर्ने हुनाले यो एक पवित्र धार्मिक स्थल हो । महावुको चुचुरोबाट दैलेख, कालीकोट, जुम्लाजाजरकोट जिल्लाका अधिकांश भूभागहरू सहित सुर्खेत, बाजुरा, अछाम, हुम्ला, मुगु जिल्लाका शैल शिखरहरूको रमणिय दृष्य नियालेर हेर्न सकिने र हिउँदमा हिम क्रिडा गर्ने स्थान भएकाले दैले जिल्लाको सबै भन्दा बढी महत्त्वपूर्ण पर्यटकिय भूभाग अन्तरगत पर्दछ । २०७३ साल फागुन २७ गते सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय द्वारा ७४४ वटा नयाँ स्थानीय तहहरू बनाउने क्रममा यसै स्थानको नामबाट दैलेख जिल्लामा पर्ने महावु गाउँपालिका स्थापना गरिएको छ ।

यातायात[सम्पादन गर्नुहोस्]

कर्णाली छिर्न छोटो समय लाग्ने दैलेख–महाबु–कालिकोट सडक सम्पन्न भएपछि महाबु लेकसम्म गाडी पुगेको छ । सडक खनेको १६ वर्षपछि महाबु लेकमा गाडी पुगेको हो । १६ वर्षदेखि ग्रामीण पहुँच कार्यक्रम (Rap) १, २ र ३ ले सडक खन्न सुरू गरेको थियो । दैलेखको सदरमुकाम नारायण नगरपालिका देखि महाबु (कालिकोट सिमाना) सम्म ४३ किलोमिटर सडकमा गाडी सञ्चालनमा आएको छ । सडक सम्पर्क जोडिसकेपछि दुर्घटनाको संख्या र भूबनौटको जोखिम भोग्दै आएका कर्णालीवासी वैकल्पिक राजमार्ग जोडिदैछन् । दैलेख सदरमुकामबाट कालिकोटको सिमाना महाबुसम्म ग्रामीण पहुँच कार्यक्रम (र्याप)ले र कर्णाली राजमार्गसँग जोड्न कालिकोट जिविसले उक्त सडक तयार गरेको हो । दैलेख–महाबु ४३ किलोमिटर सडक निर्माण कार्य पूरा भएपछि मध्यपहाडी राजमार्ग र सुर्खेतदेखि कर्णाली जोड्ने सडकको केन्द्रमा राख्न यस सडकले मत्वपूर्ण भूमिका खेल्नेछ । सर्खेतबाट जुम्ला जोडिएको राजमार्ग दैलेख–महाबु हुँदै कालिकोट जोड्दा ५२ किमी छोटो पर्ने भएकाले दैलेखले महाबु पुर्याइसकेको सडकसँग जोडेर पाद्मघाट पुर्याउने कार्यक्रम रहेको छ । दूरीका हिसाबले महाबुबाट १६ किमी मात्र भएकाले हामीलाई सजिलो पनि छ,जिल्लाको पर्यटन प्रवद्र्धन र सडक निर्माणमा समेत सस्तो पर्ने भएकाले जिविस कालिकोटले जिल्ला परिषद्बाटै पाद्मघाट जोड्ने निर्णय गरेको हो । कर्णालीवासीलाई महाबु हुँदै दैलेखबाट सुर्खेत यात्रा गर्न कम पैसा र थोरै समय लाग्नेछ । अहिले दैलेख सदरमुकामदेखि महाबु जोड्ने सडकमा ग्राबेलको काम भइरहेको जिविस दैलेखका स्थानीय विकास अधिकारी हरि प्याकुरेलले बताए । सदरमुकामबाट ग्राबेल र महाबुमा ट्रयाक खोल्ने काम एकै पटक गरिएको हो,तीव्र गतिमा काम भएकाले यस सडकको लक्ष्य समयमै पूरा हुनेछ । सडक ग्राबेलमा ३ करोड खर्च गरिएको छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]