ईद

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
عيد الفطر
ईदुल फित्र
عيد الفطرईदुल फित्र
ईदुल फित्रको लागि तयार पारिएको खाना
औपचारिक नाम: अरबी: عيد الفطر
ईदुल फित्र
अन्य नाम: Eid, "Ramadan Eid", "Smaller Eid"; Idul Fitri, Hari Lebaran (Indonesia); Hari Raya Puasa, Hari Lebaran, Aidilfitri (Malaysia, Singapore, Brunei); Wakas ng Ramadan, Hari Raya Puasa (Philippines); Nonbu Perunaal (Tamil) Riyoyo, Riyayan, Ngaidul Fitri (Javanese); Boboran Siyam (Sundanese); Uroë Raya Puasa (Acehnese); Rojar Eid (Bangladesh); Ramazan Bayramı, Şeker Bayramı, Küçük Bayram (Turkish); Orozo Mayram (Kyrgyz); Rozi Heyt (Uyghur); Eid Nimaz (Sindhi); Korite (Senegal); Sallah (Hausa); Kochnay hi supAkhtar (کوچنی اختر) (Pashto); Eid-e Sa'eed-e Fitr (The Mirthful Festival of Fitr, Persian); Choti Eid (Urdu); Meethi Eid (Urdu); Cheriya Perunnal (Malayalam); Ramazanski Bajram, Eid (Bosnian); Bajram (Albanian); Cejna Remezanê (Kurdish); Ramazanski Bajram (Croatian); Idd (colloquial in Uganda)
समुदाय: Muslims around the world.
प्रकार: मुस्लिम
महत्व: रमजानको समाप्ति
तिथी: 1 Shawwal
अनुष्ठान : Family meals (especially lunches and late breakfasts), eating sweet foods, wearing new clothes, giving gifts to children
विधी: Congregational prayer, giving to charity (Zakat al-fitr)
सम्बन्ध: Ramadan, Eid al-Adha

इस्लामले मुस्लिम समुदायका लागि दुईवटा पर्व प्रचलनमा ल्याएको छ। तिनीहरू ईदुल फित्र -ईद) र ईदुज्जुहा -बकरी ईद) हुन्। यी दुईमध्ये पहिलो पर्व ईदुल फित्र अरबी पात्रोको नवौं महिना रमजानका २९ वा ३० दिन रोजा -व्रत) राखेको खुसियालीमा मनाइन्छ भने दोस्रो पर्व त्यो अद्वितीय कुरबानी -बलिदान)को सम्झना हो जो आजभन्दा चार हजार वर्ष पहिला हजरत इब्राहिमले आफ्नो पालनहार अल्लाहका सम्मुख प्रस्तुत गरेका थिए।

ईदको दिनमा बिहानै सबै मुसलमान स्नान गर्छन्। आफ्नो सामथ्र्य अनुसार राम्राराम्रा नयाँ कपडा लगाउँछन्। रमजानको ईदमा नमाजका लागि जानुभन्दा अगाडि सम्पूर्ण मानिस एउटा निर्धारित सद्का-ए-फित्र -धर्मादान) लाई निकालेर गरीब, असहाय वा मदरसाहरूलाई दिन्छन्। नेपालमा प्रत्येक व्यक्तिलाई

रु. ५५ सद्का-ए-फित्र निर्धारण गरिएको छ।

बिहान केही घाम चढेपश्चात् सबै मानिस घरहरूबाट निस्किन्छन् जसले गर्दा मुसलमानहरूको एकता बाहुल्य र शानको प्रदर्शन होओस्। त्यसपछि अल्लाहसँग प्रार्थना गर्न सबै एकत्रित र सम्मिलित हुन्छन्। यस सामूहिक खुसीमा सबै सरिक होऊन् भन्ने विचार गरिएको हुन्छ। ईदको नमाज मस्जिदबाट अलग्गै बस्तीबाट केही टाढा बाहिर खुला मैदान -जसलाई इदगाह भनिन्छ)मा पढिन्छ। नमाजका लागि जाँदा सबै मुसलमान यो तक्विर -जप) पढ्दै हिंड्छनः

"अल्लाहु अक्बर, अल्लाहु अक्बर, लाइलाह इल्लल्लाहु वल्लाहु अक्बर अल्लाहु अक्बर वलिल्लाहिल् हम्द " अर्थ "अल्लाह सबैभन्दा महान् छन्, अल्लाह सबैभन्दा महान् छन्, उनका अतिरिक्त पूज्य कोही छैन, अल्लाह सबैभन्दा महान छन्, अल्लाह सबैभन्दा महान छन्, सबै प्रशंसा अल्लाहकै लागि हुन्।"

हरेक गल्ली, बजार एवं बाटो र सडकहरूमा यही नारा लगाइन्छ। ईदगाहको मैदानमा जब सबै मानिस नमाज पढ्नका लागि एकत्रित हुन्छन् तब पंक्तिबद्ध भई एकाग्रतासाथ दुई रकअत नमाज पढ्छन्। इमाम -धर्मगुरु) उभिएर प्रवचन -खुत्बा) दिन्छन्। जुमा

-शुक्रवार)को नमाजका विपरीत यो प्रवचन नमाजपश्चात् हुन्छ। धेरैभन्दा धेरै मानिस आˆना नेताको भाषणमा सम्मिलित हुन्छन्। यो मौका वर्षमा दुई पटक मात्रै आउँने गर्छ। इमामले आफ्ना प्रवचनहरूमा शिक्षा, सचेतता, मार्गदर्शन र इस्लामी जमाअत -समूह) का सम्बन्धमा महत्त्वपूर्ण समस्या र मुद्दाहरूमाथि प्रकाश पार्छन्। कुनै फौजी वा राजनीतिक हलचल भएको भए त्यसको प्रबन्ध पनि त्यसै समूहबाट गरिन्छ। सामूहिक आवश्यकतामाथि पनि मानिसहरूको ध्यान खिचिन्छ र हरेक व्यक्ति आफ्नो हैसियत अनुसार पूरा गर्न सङ्कल्प गर्छ। यो समूह ईदगाहबाट नमाज पढेपछि हिंड्छ। जुन बाटोबाट इदगाह आइएको हो त्यसैबाट नगई अर्को बाटोबाट घरतर्फ फर्किन राम्रो मानिन्छ। यसो गर्नुको अभिप्राय बस्तीको कुनै अंश मानिसहरूको चहलपहल र अल्लाहको स्तुतिबाट खाली नहोस् भन्ने हो।

नमाजबाट फर्किएर ईदुज्जुहाको दिनमा सामथ्र्यवान मुसलमान कुरबानी गर्छन्। यो कुरबानीमा एउटा ऐतिहासिक घटना पनि जोडिएको छ। हजरत इब्राहिमले अल्लाहको सङ्केत पाउँदा आफ्नो छोरालाई ईश्वरको नाममा समर्पणका लागि तयार भएका थिए। त्यही समयमा अल्लाहको कृपाबाट छोराको बदलामा भेडाको कुरबानी गर्ने स्वीकृति भएको थियो। यो कुरबानी गर्नुको अर्थ मुसलमानहरू त्यसै भावनालाई ताजा गर्दछन् जो हजरत इब्राहिमले अल्लाहसमक्ष समर्पण गरेका थिए। कुरबानीको उद्देश्य जीवन र मरण सम्पूर्ण नै ईश्वरको लागि हो भन्ने भावना जागृत गराउनु हो। यस नियतको प्रस्तुतीकरण जनावरलाई जिब्ह -हलाल गर्ने) गर्दा यी शब्दहरूबाट हुन्छ।

"ईन्नी वज्जह्तु वज्हिय लिल्लजी फतरस्समावाति वल् अर्ज हनिफऊँ वमा अना मिनल मुश्रिकीन इन्नस्साती व नुसुकी व मह्याय व ममाती लिल्लाही रब्बिल आलमीन ला शरीक लहू व विजालिक उमिर्तु व अना मिनल् मुस्लिमीन अल्लाहुम्म लक वमिन्क " अर्थ "मैले पूर्ण एकत्रित भएर आफ्नो हृदय त्यस अल्लाहतर्फ गरें जसले आकाशहरू तथा पृथ्वी बनायो। म शिर्क -बहुदेववादी) गर्ने मध्येको होइन। निश्चय नै मेरो नमाज, मेरो कुरबानी, मेरो जिन्दगी तथा मेरो मृत्यु सबै अल्लाहको लागि हो। उनको समकक्षमा अन्य कोही छैन। यसैको मलाई निर्देशन दिइएको छ कि म मुस्लिम तथा आज्ञाकारी हुँ। हे पालनहार Û यो तिम्रो नै सामु पेस छ र तिमीले नै दिएका हौ।"

यस दृश्यलाई सबैले हेर्दछन् जसले गर्दा सबैको Åदयमा त्यही कुरबानी र पालनहारको त्यही आज्ञाकारीको भावना ताजा हुन्छ। गोस्त -मासु) तीन भागमा विभाजन गरिन्छ। एक भाग गरीबलाई, एक भाग नातेदारलाई बाँडिन्छ भने एक भाग आफ्ना लागि छुट्याइन्छ। जनावरको छाला बिक्रीबाट जम्मा भएको रकम गरीबहरूलाई बाँड्ने चलन रहेको छ। [१]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

"http://ne.wikipedia.org/w/index.php?title=ईद&oldid=364140" बाट निकालिएको