हरिपरिवर्तिनी एकादशी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

भाद्रपद महिनाको शुक्ल पक्षमा पर्ने एकादशी तिथिलाई परिवर्तिनी एकादशी अथवा हरिपरिवर्तिनी एकादशी भनिन्छ । यस तिथिलाई वामन एकादशीजयन्ती एकादशीका नामले पनि चिनिन्छ । यस दिनलाई नेपालभारत लगायत विभिन्न मुलुकहरूमा बसोवास गर्ने हिन्दू धर्मावलम्बीहरूले व्रत धारण गरेर एक पर्वको रुपमा मनाउने गर्छन् ।

व्रत कथा[सम्पादन गर्ने]

युधिष्ठिर भन्दछन् हे भगवान! भाद्रपद शुक्ल एकादशीको नाम के हो ? यसको विधि तथा यसको माहात्म्य कृपा गरेर भन्नुहोस् । भगवान श्रीकृष्ण भन्दछन् - यस पुण्य, स्वर्ग र मोक्ष दिने तथा सबै पापहरूको नाश गर्शे, उत्तम वामन एकादशीको माहात्म्य म तिमीलाई भन्छु तिमी ध्यानपूर्वक सुन ।[१]

यो एकादशीलाई जयन्ती एकादशी पनि भनिन्छ । यसको व्रत गर्नाले वाजपेयी यज्ञको फल मिल्दछ । पापिहरूका पाप नाश गर्नको लागि यो भन्दा बढी कुनै उपाय छैन । जो मनुष्य यस एकादशीका दिन मेरो (वामन रूप को) पूजा गर्दछ, उसलाई तीनै लोक पूज्य हुन्छन् । अत: मोक्षको इच्छा गर्ने मनुष्य यस व्रतलाई अवश्य गरुन् ।

जो कमलनयन भगवानको कमलले पूजन गर्दछन्, उनिहरू अवश्य भगवानका समीप जान्छन् । जसले भाद्रपद शुक्ल एकादशीमा व्रत र पूजन गर्यो, उसले ब्रह्मा, विष्णु सहित तीनै लोकहरूको पूजन गर्यो । अत: हरिवासर अर्थात एकादशीको व्रत अवश्य गर्नुपर्छ । यस दिनमा सतिरहेका भगवान हरिले कोल्टो फेर्छन्, त्यसैले यसलाई परिवर्तिनी एकादशी पनि भन्दछन् ।[१]

भगवानका वचन सुनेर युधिष्ठिरले भने- भगवान! मलाई अतिसंदेह भइरहेको छ तपाईं कसरी सुत्नुहुन्छ र कोल्टो फेर्नुहुन्छ तथा कसरी राजा बलिलाई बाँधेर वामन रूप राखेर के-के लिलाहरू गर्नुभो? चतुर्मासका व्रतको के ‍विधि हो तथा तपाईंले शयन गर्दा मनुष्यको के कर्तव्य हो । तपाईं मलाई विस्तारले बताउनुहोस् ।

श्रीकृष्णले भने- हे राजन! अब तपाईं सबै पापहरूलाई नष्ट करने कथाको श्रवण गर्नुहोस् । त्रेता युगमा बलि नामक एक दैत्य राजा थिए । उनी मेरा परम भक्त थिए । विविध प्रकारका वेद सूक्तहरूले मेरो पूजा गर्ने गर्दथे र नित्य ब्राह्मणहरूको पूजन तथा यज्ञका आयोजन गर्दथे, तर इन्द्रसँग द्वेषका कारण उनले इन्द्रलोक तथा सबै देवताहरूलाई जिते । इन्द्रले आफ्नो राज्य पुनः प्राप्त गर्न मेरो तपस्या गरे । इन्द्रको तपस्याबाट खुसी भएर मैले वामन अवतार धारण गरेर बलिराजासँग तिन पाउ भूमी दान मागें । बलिराजाले मेरो सूक्ष्मरुप देखेर तिनपाउ भूमिदान दिने संकल्प गरे । मैले आफ्नो विराटरुप धारण गरेर एक पाउले पृथ्वी र अर्को पाउले स्वर्गलोक ढाकें । यसरी इन्द्रको राज्य फिर्ता गराएर बलिराजाको द्वारपाल रहने वाचा गरें ।[१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]