कामदा एकादशी
कामदा एकादशी | |
---|---|
अनुयायी | हिन्दूहरू |
प्रकार | हिन्दू |
महत्त्व | व्रत |
परिपालन | भगवान विष्णु तथा कृष्ण पूजा, भजन किर्तन |
मिति | चैत्र शुक्ल एकादशी |
२०२४ date |
कामदा एकादशी चैत्र शुक्ल पक्षको एक एकादशी हो । काम - आफ्नो इच्छित वस्तुलाई ,दा भनेको दिने बाली लाई कामदा एकादशी भनिएको हो ।
कामदा एकादशी व्रत कथा
[सम्पादन गर्नुहोस्]पुराणहरूमा कामदा एकादशीका प्रसङ्गमा एउटा कथा प्राप्त हुन्छ । प्राचीनकालमा भोगीपुर नामक एउटा नगर थियो । त्यहाँ अनेक ऐश्वर्यले युक्त पुण्डरीक नामको एउटा राजा राज्य गर्थ्यो । भोगीपुर नगरमा अनेक अप्सरा, किन्नर तथा गन्धर्व वास गर्दथे । तीमध्ये एक ठाउँमा ललिता र ललित नामका दुई स्त्री-पुरुष अत्यन्त वैभवशाली घरमा निवास गर्दथे । ती दुबैमा अत्यन्त स्नेह थियो, यहाँसम्म कि सानो बिछोड भए पनि दुबै व्याकुल हुने गर्दथे । एक पटक बार गीत गाउँदा संगीतमा कुनै त्रुटि भएका कारण कार्कोट नामक नागले ललित गन्धर्वलाई राक्षस हुने सराप दिए । ललित त्यसै क्षण महाकाय विशाल राक्षस हुन पुग्यो । जब उसकी प्रियतमा ललितालाई यो वृत्तान्तको जानकारी भयो उसलाई अत्यन्त खेद भयो र ललिता श्रृंगी ऋषिका आश्रममा गएर विनीत भावपूर्वक प्रार्थना गर्ण थाली । त्यसलाई देखेर श्रृंगी ऋषिले भन्नुभयो "हे सुभगे! तिमीको हौ र यहाँ के प्रयोजनले आएकी हौ ?" ललिताले भनी "हे मुने! मेरो नाम ललिता हो। मेरा पति कार्कोट नामक नागको श्रापबाट विशालकाय राक्षस भएका छन् । यासि कारणले म असाध्यै दुखी छु । मेरा पतिको उद्धारको कुनै उपाय बताउनुहोस् । श्रृंगी ऋषिले आज्ञा गर्नुभयो "हे गंधर्वकन्या! अब चैत्र शुक्ल एकादशी आउन लागेको छ, जसको नाम कामदा एकादशी हो । यस व्रतलाई पालना गर्नाले मनुष्यका संपूर्ण कार्य सिद्ध हुने गर्दछन् । यदि तिमीले कामदा एकादशीको त्यसको पुण्यको फल आफ्ना पतिलाई समर्पण गरेमा तिम्रो पति शीघ्र नै राक्षस योनिबाट मुक्त हुनेछन र कार्कोट नामक नागको श्राप पनि अवश्यमेव शांत हुनेछ । ललिताले मुनिको आज्ञालाई अक्षरश पालन गरिन र एकादशीको पतिलाई समर्पण गर्ना साथ त्यसको पति राक्षस योनिबाट मुक्त भएर आफ्नो पुरानो स्वरूपमा रूपान्तरित भयो । त्यसपछि अनेक सुंदर वस्त्राभूषणले युक्त भई पत्नी ललिताका साथमा विहार गर्दै ती दुबै विमानमा बसेर स्वर्गलोकमा पुगे । यस व्रतलाई विधिपूर्वक गर्नाले समस्त पाप नाश हुन्छन् तथा राक्षस आदि योनिबाट पनि मुक्ति पाइन्छ । संसारमा आजको यस कामदा एकादशी व्रतबराबरको कुनै अन्य व्रत छैन । यस कथालाई पढ्दा वा सुन्नाले वाजपेय यज्ञ गरे सरह फल प्राप्त हुन्छ ।
एकादशी तिथि
[सम्पादन गर्नुहोस्]हिन्दू पञ्चाङ्गको एघारौँ तिथिलाई एकादशी भनिन्छ। यो तिथि महिनामा दुई पल्ट आउँछ। पूर्णिमापछि र औंसी पछि। पूर्णिमापछि आउने एकादशीलाई कृष्ण पक्षको एकादशी र अमावस्यापछि आउने एकादशीलाई शुक्ल पक्षको एकादशी भनिन्छ। यी दुवै प्रकारका एकादशीहरूको हिन्दू सनातन सम्प्रदायमा धेरै महत्त्व छ।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Kamada Ekadashi", ISKCON, अन्तिम पहुँच २८ नोभेम्बर २०१२। वेब्याक मेसिन अभिलेखिकरण १० अप्रिल २०१३ मिति