विस्केट जात्रा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
विस्केट जात्रा 20.jpg

भक्तपुरको प्रसिद्घ जात्राहरू मध्य विस्केट जात्रालाई प्रमुख रूपमा लिने गरिन्छ । भैरवनाथको प्रतीक मानिने लिङ्गो तान्त्रिक विधिअनुरूप पूजाअर्चना गरी साँझ ढालिन्छ । विस्केट जात्राको चौथो दिन पुरानो वर्षको बिदाइको पूर्वसन्ध्यामा ठड्याइन्छ । पचपन्न हात लामो उक्त लिङ्गो तान्त्रिक विधिपूर्वक दश कर्म विधान गरी ढालिन्छ । लिङ्गो ठड्याउनुअघि लिङ्गोको कोखा (टुप्पो)मा नाग र नागिनीको प्रतीकस्वरूप दुईवटा ध्वजा बाधेर अष्टमातृकाका प्रतीक आठ वटा डोरीले तानेर उक्त लिङ्गो ठड्याइने प्रचलन रहेको छ । त्यही आठ वटा डोरीले आठ कुनामा बसेर लिङ्गो ढालिन्छ । लिङ्गोको कोखामा झुण्ड्याइएका दुईवटा ध्वजालाई वीरध्वजा, विश्वध्वजा, र आकाशभैरवका ध्वजासमेत भनिन्छ । भक्तपुरको प्रसिद्ध विस्केट जात्राको लिङ्गो हेर्नाले सुख, समृद्धि, सहकाल आउनुका साथै शत्रु नाश हुन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिएको इतिहास तथा संस्कृतिविदहरू बताउन्छन् ।

मनाउने तरिका[सम्पादन गर्ने]

लिङ्गो उभ्याइने र ढाल्ने जात्रा नै विस्केटको प्रमुख जात्रा हो । मल्ल राजाहरूले भैरवनाथ र भद्रकालीको रथ जात्रा समावेश गरी तान्त्रिक पूजा विधि विधानसमेत थप गरी आठ रात नौ दिनसम्म जात्रा मनाउने प्रचलन थालिएको बताइन्छ । लिच्छवी कालदेखि सुरू भएको प्रत्येक नयाँ वर्षमा मनाइने भक्तपुरको प्रसिद्ध विस्केट जात्रा भव्यरूपमा मनाइन्छ । जात्रा हेर्न बिहानैदेखि भक्तपुर, ललितपुर, काठमाडौं, काभ्रे, बनेपा र सिन्धुपाल्चोक देखि मानिसहरू भक्तपुर पुग्ने गर्दछन् । बिहानै देखि भक्तपुरका बासिन्दाले लिङ्गो उभ्याएको ठाउँमा बलि दिने र पूजा गर्नेको समेत घुइचो लाग्ने गर्छ । मङ्गलबार मध्याहृन इन्द्रायणी पूजा सम्पन्न गरी अपराहृनमा गुठी संस्थान, भक्तपुरबाट आएका व्यक्तिले इन्द्रायणीमा बत्ती बाली दुभाजु चोकमा मूल पुजारीलाई तरबार बुझाएपछि पुजारीले कुसुलेहरूलाई खासापा बुझाई सुनको ढोका अगाडि इन्द्रायणीको प्रसाद लिई साझ भेलुखेलमा गई लिङ्गोमा अन्तिम पूजा गरी लिङ्गो ढाल्ने परम्परा रहेको छ । सांस्कृतिक महत्व बोकेको विस्केट जात्रा हेरेमा शत्रु एवम् दुःख नाश हुने किम्बदन्ती अझै रहेको स्थानीय बासिन्दाहरूको मन्यता रहेको छ ।

विस्केट जात्राका केही झलकहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]