गाई तिहार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गाई तिहार
मितिकात्तिक कृष्ण औँसी
लक्ष्मी पूजा

कार्तिक कृष्ण औंशीको दिन अथवा तिहारको तेश्रो दिन गाईको पूजा गरिन्छ । गाईको पूजा गरिने भएकोले यस दिनलाई गाई तिहार भनिन्छ । यस दिनको रातलाई अत्यन्त अँध्यारो रातका रूपमा लिइन्छ। यो अन्धकारमा रातलाई उज्यालोको प्रकाशले आलोकित पार्ने कार्य घर-घरमा बत्ती बाली लक्ष्मीको आह्वान गरिन्छ। यसभित्र कुनै पनि किसिमको अन्धकारलाई आफूमा अन्तर्निहित चेतनाशक्तिको प्रकाशले हटाउनुपर्ने सन्देश पनि पाइन्छ। गाईलाई लक्ष्मीको प्रतिकात्मक मानेर त्यसै दिन लक्ष्मीपूजा पनि गरिन्छ। स्थिर लग्न र प्रदोषकालमा लक्ष्मीको आराधना गर्दा फलिफाप हुन्छ भन्ने ज्योतिषीय मान्यता छ ।

लक्ष्मीपूजा[सम्पादन गर्नुहोस्]

Goddess लक्ष्मी

लक्ष्मीपूजा नेपालका प्रमुख पर्वहरूमध्ये एक हो। तिथिअनुसार कर्तिक कृ्ष्ण अमावस्याका दिन यो पर्व मनाइन्छ। नेपालमा यो पर्व लक्ष्मी देवीको पूजा गरी घरभरि दियो बाली मनाइन्छ। नेपालमा यसलाई यमपञ्चकको एक भागको रूपमा मनाइन्छ। वर्षका चार महत्त्वपूर्ण रातहरूमध्ये लक्ष्मीपूजाको रातलाई सुखरात्रि भनिन्छ। यस दिन स्त्री जाति विशेष गरी कुमारी केटीहरूले घरघरै गई भैलो खेल्ने चलन छ।लक्ष्मी धनकी देवीलाई भनिन्छ

After लक्ष्मीपूजा, lamps are lit all over the house

लक्ष्मी शब्द का सर्वप्रथम उल्लेख "ऋग्वेद" के पुरूषसूक्तमा भेटिन्छ। "श्रीश्च ते लक्ष्मीश्च ऊषाण।" हे परमेश्वर, अनन्त शोभास्वरूप श्री र अनन्त शुभ लक्षण युक्त लक्ष्मी दुवै हजुरको पत्नी हुन। तंत्रागम का अनुसार सर्वोत्तम अवस्थामा विष्णु और उनको शक्ति लक्ष्मी एकै परमात्मा हुन। विष्णु र लक्ष्मी एक-आपसमा अभिन्न छन्।केवल सृष्टिको समयमा भिन्न देखिन्छन्। स्त्रीको चौसठ्ठि कला मानिएको छ। चौसठ्ठि कला युक्त महिला लाई लक्ष्मी पनि भनिन्छ। सौभाग्य, समृद्धि , सफलता, सम्पन्नता र सुन्दरताको अर्थमा पनि लक्ष्मी शब्द प्रयुक्त हुने गर्दछ। भगवती दुर्गाको हजार नाममा एक नाम लक्ष्मी पनि हो।

रवि वर्माले बनाएको लक्ष्मीको चित्र

महत्त्व[सम्पादन गर्नुहोस्]

कुनै पनि धार्मिक वा सामाजिक संस्कार गर्नुअघि गाईको गोबरले घर-आँगन लिपपोत गर्ने, गाईको गहुँत सबैतिर छर्केर आफ्ना घर-कोठा-चोटा पवित्र तुल्याउने हाम्रो संस्कार छ। गाईलाई पशुधनका रूपमा पनि लिइन्छ। हिन्दूहरू गाईलाई लक्ष्मी र गौमाताका रूप मान्छन्। गाईजात्रा, गाईपाला, गाईप्राणी, गौप्राणी आदि शब्दले गाईमा आधारित विविध प्रतीकात्मक अर्थ प्रदान गर्छ। लक्ष्मीलाई धन्यधान्यकी देवी एवं ऐश्वर्यकी प्रतीक मानिन्छ।

भगवान् रामचन्द्रले लोककल्याणको भावनाले रावण आदि विविध असुरहरूको नाश गरेपछि कार्तिक कृष्ण औंसीको दिन अयोध्याको राजाका रूपमा राज्यारोहण गरेको खुसीयालीमा अयोध्यावासीले दीपावली गरेको प्रसङ्ग होस् वा यमराजले यमपञ्चकका पाँच दिन आफ्नी बहिनी यमुनाकहाँ बसेका कारण यस दिन मृत्यु हुने कुनै मानिसले नरक देख्नुनपर्ने विश्वासमा खुसी मनाउँदै दीपावली गर्ने प्रचलन आरम्भ भएको नै किन नहोस्, यी सबै प्रसङ्गमा यो दिनको ठूलो महत्त्व रहेको तथ्य स्पष्ट हुन्छ।

मनाउने तरिका[सम्पादन गर्नुहोस्]

सुख-सम्पत्ति र ऐश्वर्य अभिवृद्धिको मनोकामनासहित कार्तिक कृष्ण औंसीका दिन माता लक्ष्मीको विशेष रूपमा पूजाआजा र अर्चना गर्नु तथा त्यसपछि लक्ष्मीकै प्रसाद प्रयोग गरी आफ्ना दराज, सेफ, भण्डार आदिमा स्वस्तिक चिह्न अङ्कित गर्नु वा शुभलाभ लेख्नु हाम्रो धार्मिक परम्परा हो। दीपावलीमा तमसोमा ज्योतिर्गमय अर्थात् अन्धकारबाट प्रकाशतर्फ लागि आफूलाई आत्मिक रूपमा सुख-सन्तोष प्रदान गर भन्नेयो दिन चेलीबेटीहरू भैलो खेलेर रमाइलो गर्छन्।

मेला[सम्पादन गर्नुहोस्]

लगनखेलको महालक्ष्मी स्थान, धर्मपथमा रहेको लक्ष्मी मन्दिर, तनहुँ जिल्लाको बन्दीपुरमा रहेको महालक्ष्मी र भक्तपुर जिल्लाको पाँचतले मन्दिरमा रहेकी सिद्धिलक्ष्मीमा मेला लाग्छ । महाशिवरात्रि, कृष्णजन्माष्टमीको मोहरात्रि, बडा दशैंको कालरात्री र लक्ष्मीपूजाको सुखरात्रि गरी यी चार रात्रिको निकै महिमा छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]