धन्वन्तरी जयन्ती

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

आयुर्वेद चिकित्सा पद्धतिको प्रवर्तकका रूपमा धन्वन्तरीलाई लिइन्छ । भगवान् विष्णुको अंशकै रूपमा लिइने धन्वन्तरीलाई प्रत्येक वर्ष कात्तिक महिनाको कृष्ण पक्षको त्रयोदशीका दिन विशेष रूपले स्मरण गरिने दिनलाई 'धन्वन्तरी जयन्ती" भनिन्छ । ज्योतिष विज्ञानको तथ्यअनुसार प्रथम समुद्र मन्थन एक हजार पाँच सय इसापूर्व बीचको समयमा भएको अनुमान गर्न सकिन्छ र यसै समयमा धन्वन्तरी प्रकट भएका थिए भनिन्छ । एक विदेशी गणितज्ञको मतअनुसार इसाभन्दा ९४५ वर्षपूर्व २५ अक्टोबरका दिन समुद्र मन्थन भएको मानिन्छ । विभिन्न मतलाई विश्लेषण गर्दा धन्वन्तरीको काल आजभन्दा करिब ३ हजार वर्ष पहिले मान्न सकिन्छ । आयुर्वेदका ऐतिहासिक ग्रन्थहरूको समष्टिगत अध्ययनबाट के पुष्टि हुन्छ भने आयुर्वेदको ज्ञान इन्द्रबाट विभिन्न ऋषिहरूले प्राप्त गरे जसमा मुख्य रूपमा धन्वन्तरी, भारद्वाज, कश्यप आदि थिए । धन्वन्तरीले शल्यचिकित्सा, भारद्वाजले सामान्य चिकित्सा र कश्यपले बालरोग चिकित्सामा विशेष योगदान पुर्‍याए। धन्वन्तरीका शिष्यहरूमध्ये सुश्रुतले शल्यचिकित्साको विकासमा अझै विशेष योगदान पुर्‍याए । अहिले चिकित्साविज्ञानमा शल्यचिकित्सा अत्यन्तै समुन्नत अवस्थामा पुगिसकेको छ । मस्तिष्क, मुटु, फोक्सो, मृगौलाजस्ता संवेदनशील अंगहरूको समेत शल्यचिकित्साबाट उपचार सम्भव भएबाट चिकित्सा विज्ञानमा ठूलो उपलब्धि हासिल भइरहेका बेला शल्यचिकित्साको बीजारोपणको प्रमुख श्रेय भगवान् धन्वन्तरीलाई नै जान्छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]