बूढी पोल्ने पर्व

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बूढी पोल्ने पर्व
मितिअसोज संक्रान्ति

विभिन्न टाकुरामा बनाइराखेका 'बूढी' बालेर दिपायल लगायत नेपालको पश्चिमी जिल्लामा असोज संक्रान्तिका दिन साँझ रमाइलो गरी बूढी पोल्ने पर्व मनाइन्छ । यहाँ बूढी भन्नाले काँडाको झाङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बुझिन्छ । रमाइलो गर्दै युवायुवतीले देउडा खेल्छन् । यस दिन मीठो-मीठो परिकारसमेत बनाएर खाने गरिन्छ । भाद्र सक्रान्तिका दिन ओल्के पर्वका उपलक्ष्यमा दीपायललगायत नेपालका विभिन्न जिल्लाका गाउँ नजीकका विभिन्न उचाईंमा रहेका टाकुरामा स्थानीय बासिन्दा मिलेर रुखका हाँगा, काँडाका झाङ एक ठाउँमा थुप्रो बनाएर बूढी स्थापना गर्छन् । उक्त बूढी असोज संक्रान्तिका साँझ प्रत्येक घर-घरबाट आगोको राँको एकैपटक निकालेर एकैसाथ पोलेर बूढी पोल्ने पर्व मनाउने परम्परागत चलन छ । नेपालको सुदूरपश्चिम तथा मध्यपश्चिमका पहाडी जिल्लामा यो 'बूढी पोल्ने' पर्व मनाइनुका साथै उत्तराखंडको कुमाउँ मण्डलमा यो पर्व मनाइने गरिन्छ । कुमाऊँमा यस पर्वलाई खतडुवा भनिन्छ । घरबाट आगोको राँको निकाल्दा पूरै घरलाई घुमाएर निकाल्ने गरिन्छ । घरबाट चामलसमेत लगेर पोलेको बूढीमा चपाएर थुक्नेसमेत गरिन्छ । यसरी बूढी पोलेमा वर्षभरि लुतोलगायतका रोग-व्याधीबाट परिवारजन मुक्त हुने मान्यता छ ।

धार्मीक मान्यता[सम्पादन गर्नुहोस्]

पौराणीक कालमा भगवान कृष्णलाई बालक अवस्थामै बिषाक्त दुध चुसाएर मार्न खोज्ने पुतना नामकी राक्षसीलाई भगवान कृष्णले मारेको उपलक्षमा गोकुल निवासी गोठालाहरूले खुसी हुँदै असोज एक गतेका दिन पुतनाको शव जलाएका थिए । त्यसै दिन देखि यो पर्वको सुरुवात भएको हो भन्ने मान्यता रहेको छ ।[१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]