हरिमण्डी पर्व

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हरिमण्डी पर्व
मितिकात्तिक शुक्ल पूर्णिमा

हरिमण्डी पर्वभक्तपुरको सिपाडोलकाभ्रेको नासिका गाविसको सिमानामा अवस्थित धार्मिक तथा ऐतिहासिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण आशापुरेश्वर महादेवस्थानमा प्रत्येक वर्ष कात्तिक शुक्ल पूर्णिमाको दिन लाग्ने एक मेला हो । उक्त दिन आशापुरेश्वर महादेवको पूजाअर्चना गर्नाले आफ्नो इच्छा पूर्ण हुने धार्मिक विश्वास छ । यसैगरी भक्तपुरको कटुञ्जे स्थित सुवर्णेश्वर महादेवस्थान र खरिपाटीको यातु महादेव (निष्कलंकेश्वर)मा पनि त्यसै दिन मेला लाग्छ । यसैबीच धार्मिक तथा साँस्कृतिक महत्त्व बोकेको हरिमण्डी पर्व कात्तिक शुक्ल पूर्णिमामा भक्तपुरमा विविध कार्यक्रमका साथ मनाइन्छ । प्रत्येक वर्ष कात्तिक शुक्ल पूणिर्माका दिन मनाइने उक्त पर्वमा भक्तपुरका सबै देवीदेवताका मन्दिर अगाडि 'नसा ब्वयेगु' भनेर नयाँ गेडागुडी भुटेर सोही गेडागुडीबाट सम्बद्ध देवीदेवताका मन्दिर, आकृति आदि बनाई प्रदर्शन गर्ने गरिन्छ । नेवारहरूमा 'सकिमा पुन्ही' नामले चर्चित यस पर्वमा सर्वसाधारणले देवीदेवतालाई मकै, भटमास, मास, पिँडालु, सखरखण्ड आदि चढाई देवीदेवताको दर्शन गरी खाने गर्छन् ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]