अजा एकादशी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अजा एकादशी

भाद्रपद महिनाको कृष्ण पक्षमा पर्ने एकादशी तिथिलाई अजा एकादशी भनिन्छ । यस दिनलाई नेपाल अथवा भारत लगायत विभिन्न मुलुकहरूमा बसोवास गर्ने सनातन धर्मावलम्बीहरूले व्रत तथा पर्वको रूपमा मनाउने गर्दछन् ।

व्रत कथा[सम्पादन गर्नुहोस्]

कुन्ती पुत्र युधिष्ठिर भन्न लागे- हे भगवान! भाद्रपद कृष्ण एकादशीका नाम के हो ? व्रत गर्ने विधि तथा यसको माहात्म्य कृपा गरेर भन्नुहोस् । मधुसूदन भन्न लागे- यस एकादशीको नाम अजा एकादशी हो । यो सबै प्रकारका समस्त पापहरूको नाश गर्ने एकादशी हो । जो मनुष्य यस दिन भगवान ऋषिकेशको पूजा गर्दछ उसलाई वैकुण्ठको प्राप्ति अवश्य हुन्छ । अब तपाईँ यसको कथा सुन्नुहोस् ।[१]

प्राचीनकालमा हरिशचन्द्र नामक एक चक्रवर्ती राजा राज्य गर्दथे । उनले कुनै कर्मको वशीभूत भयर आफ्नो सारा राज्य र धन त्यागिदिए, साथै आफ्शी पत्नी, पुत्र तथा स्वयंलाई बेचिदिए ।

ति राजा चण्डालको दास बनेर सत्यलाई धारण गर्दै मृतहरूका वस्त्र ग्रहण गर्दैरहे तर कुनै प्रकारबाट सत्यसँग विचलित भएनन् । कैयों पटक राजा चिन्ताको सागरमा डुबेर आफ्नो मनमा विचार गर्न लाग्थे कि म कहाँ जाउँ, के गरूँ, जसबाट मेरो उद्धार होस् ।[१]

यस प्रकार राजाका कैयों वर्ष बीते । एक दिन राजा यसै चिन्तामा बसेका थिए, गौतम ऋषि आए । राजाले उनलाई देखेर प्रणाम गरे र आफ्नो सबै दु:खले भरीएको कहानी भनेर सुनाए । यो कुरा सुनेर गौतम ऋषि भन्न लागे- राजन तिम्रो भाग्यले आज भन्दा सात दिन पछि भाद्रपद कृष्ण पक्षको अजा नामको एकादशी आउनेछ, तिमी विधिपूर्वक त्यसको व्रत गर ।

गौतम ऋषिले अघाडी भने यस व्रतको पुण्य प्रभावले तिम्रा समस्त पाप नष्ट हुनेछन् । यस प्रकार राजालाई भनेर गौतम ऋषि उसै समय अन्तर्ध्यान भए । राजाले उनका कथानुसार एकादशी आएको बेला विधिपूर्वक व्रत र जागरण गरे । त्यो व्रतका प्रभावले राजाका समस्त पाप नष्ट भए ।

स्वर्गमा बाजे बज्न लागे र पुष्पहरूको वर्षा हुन लाग्यो । उनले आफ्नो मृतक पुत्रलाई जीवित र आफ्नी पत्नीलाई वस्त्र तथा आभूषणहरूले युक्त देखे । व्रतको प्रभावले राजालाई पुन: राज्य प्राप्त भयो । अन्तमा उनी आफ्ना परिवार सहित स्वर्गमा गए ।

हे राजन! यो सबै अजा एकादशीका प्रभावले नै भयो । अत: जो मनुष्य यत्नका साथ विधिपूर्वक यस व्रतलाई गरेर रात्रि जागरण गर्दछन्, उनका समस्त पाप नष्ट भएर अन्तमा स्वर्गलोकलाई प्राप्त गर्दछन् । यस एकादशीको कथा श्रवणमात्रले अश्वमेध यज्ञको फल प्राप्त हुन्छ ।[१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]