राजा हरिशचन्द्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
राजा हरिशचन्द्र
बेचिए पछि परिवारसंग छुट्टिदै हरिशचन्द्र. राजा रवि वर्माद्वारा सिर्जित चित्र, मार्कण्डेय पुराण को कथाको प्रस्तुती
जीवनसाथीशैव्या
सन्तानरोहित
परिवारत्रिशंकु (father)

राजा हरिशचन्द्र हिन्दु मिथकको एक प्राचीन राजा थिए । ऐतरेय ब्राह्मण, महाभारत , मार्कण्डेय पुराण , देवी भागवतपुराण जस्ता धार्मिक ग्रन्थमा उनको बर्णन पाइन्छ । उनी सत्यव्रत त्रिशंकुका पुत्र थिए ।

सबैभन्दा प्रख्यात कथा मार्कण्डेय पुराणमा पाइन्छ , जुन कथा मा विश्वामित्र ऋषिलाई वचन पुरा गर्न उनले आफ्नो राज्य, रानी र पुत्रलाई बेच्नु पर्ने हुन्छ र आफू चण्डालको दास बन्नुपर्ने हुन्छ ।

ऐतरेय ब्राह्मण[सम्पादन गर्नुहोस्]

ऐतरेय ब्राह्मणको कथा अनुसार , हरिशचन्द्रको १०० पत्नी थिए तर कुनै सन्तान थिएनन् । नारद मुनिको आज्ञा अनुसार उनले , वरुणको प्राथना गर्छन्। वरुणले उनलाई पुत्र प्रदान गर्न मन्जुर भए तर उनले उक्त पुत्रको बलि चढाउनु पर्ने साट्न राखे । बरुणको वरदानले पुत्र पैदा भए र उनको नाम रोहित राखियो । तब वरुण आए र पुत्रको बलि मागे । राजाले विभिन्न बहाना बनाउदै धेरै पटक टार्दै गए । रोहित जब ठुलो भए र यो कुरा थाहा पाए तब उनी भागे र जंगलमा लुक्न गए । वरुणले रिसाएर उनलाई पेट सम्बन्धि बिमारीको श्राप दिए । रोहितको बदलामा अन्य कोहिको बलि दिने उपाय कसैले देखाए । अजिगर्त नामक एक गरिब र दरिद्र ब्राह्मणको तीन पुत्र थिए । उनले यदि सय गाई पाए आफ्नो एक छोरा बलिको लागि दिने कुरा बताए । जेठ छोरा बाबुको तिर लागे भने कान्छा छिरा आमाको तिर लागे र महिला छोरा शुनःशेपलाई ब्राह्मणले बेची दिए  । शुन:शेपले विश्वामित्र ऋषिको सुझावमा ऋग वेदका मन्त्रोच्चारण गरे र बलि हुनबाट जोगिए । उनको प्राथनाबाट हरिशचन्द्रको बिमारी समेत निको भयो ; शुन:शेपलाई विश्वामित्र ऋषिले धर्म पुत्र पाले।

मार्कण्डेय पुराण[सम्पादन गर्नुहोस्]

विश्वामित्र वशिष्ट विवाद[सम्पादन गर्नुहोस्]

देव राज इन्द्रको सभामा सप्तऋषि हरूको बहस भैरहेको थियो । इन्द्रले कस्तो मानव जिवितै स्वर्गमा स्थान पाउँछ भनेर जिज्ञासा राखेका थिए । विश्वामित्रले सत्यवादी मानिसले स्वर्गमा स्थान पौने तर त्यस्तो कोहि नभएकाले कसैले स्वर्गमा ठाउँ नपाउने कुरा गरे । वशिष्टले आफ्नो शिष्य हरिशचन्द्र सत्यवादी रहेको कुरा बताए । तर विश्वामित्रले उनको कुरा पत्याएनन् । र उनले राजा हरिशचन्द्रको परीक्षा लिने बताए र यदि उनी परीक्षामा सफल भए उनी स्वर्ग आउन पाउने भए ।

परीक्षा[सम्पादन गर्नुहोस्]

राजा हरिशचन्द्र त्रेता युगका एक प्रजापलक राजा थिए। उनको शैव्या (तारामती) नामकी रानी र रोहित नामको छोरा थिए । एक पटक सिकार खेल्न जाँदा बाटो भुले। उनले  विश्वामित्र ऋषिलाई देखे र सहयोग गर्न याचना गरे।

सहयोग गरे बापत इच्छा गरेको पुरा गरी दिने वचन उनले दिए। ऋषिले उनलाई फिर्ता जाने बाटो देखाईदिए। केहि समय बितेपछी ऋषि उनको दरबारमा गए र उनले दक्षिणा मागे र राजसुय यज्ञ गर्न लगाए । ऋषिले राजाको सम्पूर्ण राज्य जाय जेथा श्री-सम्पति माग राखे। हरिशचन्द्रले मन्जुर गरे र महल र दरबार छोडेर परिवार सहित हिडे ।

राजमहल छोडेपछी हरिशचन्द्र गरिवी र दरिद्रतामा बस्न थाले। उनप्रति बफादार उनका समर्थक तथा शुभचिन्तक हरूले उनलाई पछ्याउन थाले। जब  विश्वामित्र ऋषिले यो देखे विश्वामित्रले उनले आफ्नो राज्यको अंगको रूपमा रहेकालाई आफ्नो समर्थक बनाएर हिदाएओ गुनासो गरे र आफ्नो राज्यमा नबस्न भने। राजाले ऋषिलाई दिएको आफ्नो राज्यबाट अन्त जाने निर्णय गरे। ऋषिले उनलाई अपमान गरे। यो देखेर पाँच दिक्पालले विश्वामित्रको निन्दा गरे। विश्वामित्रले दिक्पाललाई अर्को जन्ममा मानव भएर जन्मनु पर्ने श्राप दिए र उनीहरू पाण्डवद्रौपदीका पुत्र भएर जन्मे ।

आफ्नो राज्यबाट हिंडेको झन्डै एक महिना पछी, हरिशचन्द्र काशी पुगे जहाँ विश्वामित्र पुगिसकेका थिए। उनले राजाले दिएको वचन अनुसर भिक्षा माग गरे। राजाले केहि समय मागे र ऋषिले अर्को सुर्यास्त सम्ममा आफुलाई सो दान चाहिने कुरा राखेर हिँडे। एकातिर भोको छोरो रोहिरहेको छ भने अर्को तिर ऋषिलाई दिएको वचन कसरी पुरा गर्ने भन्ने चिन्ताले राजालाई निकै सतायो। रानीले उनलाई बेचेर केहि पैसा आउने प्रस्ताव गरिन्। केहि संकोच मानेर हरिशचन्द्रले रानी शैव्यालाई बेचे तर छोरा आमा छाड्न तयार थिएनन् र छोरा आमा संगै लग्यो ।

तत्कालै , विश्वामित्र उनको अगाडि देखा परे र दानको माग गरे। रानी र छोरालाई बेचेर प्राप्त भएको सबै पैसा उनले ऋषिलाई दिए ।तर , विश्वामित्र अझै सन्तुष्ट थिएनन् । हरिशचन्द्रले आफैलाई बेच्ने निर्णय गरे । एउटा तल्लो जातिको चण्डाल ले उनलाई किन्ने भने , तर राजा आफू क्षत्रिय भएको नाताले आत्मा-सम्मानको कारण त्यो चाहेनन्। बरु उनले आफू विश्वमित्रको दास हुने प्रस्ताव राखे। विश्वमित्रले मन्जुर गर तर तत्कालै भने " तिमि मेरो दास भएको हुनाले , तिमीले मैले भनेको मान्नु पर्छ । म तिमीलाई यो चण्डालको हातमा बेच्छु। चण्डालले ऋषिलाई सुनको सिक्का दिए र हरिशचन्द्र उनको दास भए ।

चण्डालले हरिशचन्द्रलाई चिहान खन्न काम लगाउथ्यो। उनले त्यहाँ दाहसंस्कार गरिने प्रत्येकको पैसा लिनलाई लगाएको थियो : त्यसको केहि हिस्सा चण्डाललाई जान्थ्यो, केहि स्थानीय प्रशासनलाई पुग्थ्यो र बाँकी हरिशचन्द्रको पारिश्रमिक थियो ।हरिशचन्द्र चिहानमा बस्न र काम गर्न थाले ।

अन्तिम परीक्षा[सम्पादन गर्नुहोस्]

एक दिन उनले आफ्नो पहिलेको जीवन र अहिलेको अवस्थाको बारेमा सपना देखे र अहिले भोग्नु परेको अवस्थालाई पहिलेको जीवनको पापको रूपमा लिए । सपनामा उनले रानीलाई रोइरहेको देखे । उनी बिउझिए । जब उनी बिउझिए , उनले आफ्नो अगाडि एक महिला रोइरहेको देखे । उनले आफ्नो छोरालाई बोकिरहेकी थिइन् जसको सर्पले डसेर मृत्यु भएको थियो । नजिकै गएर हेर्दा ती महिला उनकै रानी शैव्या थिइन् र छोरा रोहितको सर्पले डसेर मृत्यु भएको थियो । आफ्नो दुर्भाग्य देखेर , हरिशचन्द्रलाई आत्महत्या गर्न मन लाग्यो , तर उनले अर्को जन्ममा पनि यसको फल भोग्नु पर्ने महसुस गरे ।

जब रानीले छोराको दाहसंस्कार गर्ने सुरसार गरिन् , हरिशचन्द्रले यो बताए कि उनले पैसा नदिएसम्म हरिशचन्द्रले उनलाई दाहसंस्कार गर्न दिन सक्दैनन् । त्यो बेला धर्म सहित सबै देवी देवता र विश्वामित्र उपस्थित भए । उनीहरूले हरिशचन्द्रको सत्यबादी गुण र सत्गुणको प्रशंसा गरे र उनलाई स्वर्गमा निम्त्याए ।

ब्रह्म वैवर्त पुराण[सम्पादन गर्नुहोस्]

हरिशचन्द्रको छोरी, पद्मिनीको विवाह हैहाया राजा क्रितविर्यसँग भएको थियो । उनीहरूको कार्तविर्य अर्जुन नामको छोरा थियो , जसको बध परशुरामले गरेका थिए ।

महाभारत[सम्पादन गर्नुहोस्]

महाभारतमा, नारदले युधिष्ठिरलाई "हरिशचन्द्र राजर्षी रहेको र देवताहरूको सभामा स्थान पाएका एक मात्र संसारिक राजा भएको " कुरा बताएका थिए । नारदका अनुसार , हरिशचन्द्र एक शक्तिशाली सम्राट थिए र उनको अधिपत्यलाइ सबै राजाहरूले स्वीकार गरेका थिए । उनले राजासुय यज्ञ सम्पन्न गरेका थिए र ब्राह्मणहरूलाई उनीहरूले चाहेको दक्षिण र गर गहन दिएका थिए । यसकारण उनलाई इन्द्रको स्थान मिलेको थियो । 

चलचित्र[सम्पादन गर्नुहोस्]

सत्य हरिशचन्द्र (चलचित्र)

सन्दर्भ[सम्पादन गर्नुहोस्]