द्रौपदी
द्रौपदी | |
---|---|
पत्नी | युधिष्ठिर, भीम, अर्जुन, नकुल र सहदेव |
सहोदर | धृष्टद्युम्न, शिखण्डी |
सन्तान | प्रतिविंध्य, सुतसोम, श्रुतकीर्ती, शतानीक र श्रुतकर्मा |
पिता | द्रुपद |
द्रौपदी हिन्दू धर्मको प्रमुख धर्म ग्रन्थ महाभारतकी मुख्य पात्र हुन् । पाञ्चाल राज्यका राजा द्रुपदकी छोरी भएको हुनाले द्रौपदीलाई पाञ्चाली पनि भनिन्थ्यो । उनी माहाभारत का मुख्य पात्र का रूपमा रहेकि छिन । पान्डु पुत्र पाँच भाइ पाण्डवहरूसँग उनको विवाह् भएको थियो । द्रौपदीको वास्तविक नाम कृष्णा थियो । द्रौपदीलाई हिन्दू धर्ममा पञ्चकन्याको रूपमा गणना गरिएको छ ।
नाम
[सम्पादन गर्नुहोस्]द्रौपदी ('द्रुपद पुत्री') शब्द द्रुपद शब्दबाट आएको हो, जसको अर्थ 'स्तम्भ' हुन्छ।[१][२] महाभारतका अन्य पात्र जस्तै द्रौपदीलाई पनि अनेक नामले पुकारिन्छ। Some of her other names and epithets are as follows:
- कृष्णा (Kṛṣṇā) – 'कालो वर्णको मानिस'। यो द्रौपदीको वास्तविक नाम थियो। [३][४]
- पाञ्चाली (Pāñcālī) – 'पाञ्चाल देशको राजकुमारी'.[५][६]
- यज्ञसेनी (Yajñasenī) – 'यज्ञसेनकी पुत्री' वा 'यज्ञबाट पैदा भएका'. The former meaning is derived from Yajnasena ('he whose army is sacrificial'), another name of Drupada. [७][३]
- द्रुपदकन्या (Drupadakanyā) – 'द्रुपद पुत्री'.
- सैरन्ध्री (Sairandhrī) – 'दासी'. यो नाम गुप्तवासको समयमा द्रौपदीले लिएकी थिइन्। [८]
- पर्शती (Parṣatī) – 'पृशतकी नातिनी', वा 'प्रिशतिकी छोरी'। पर्शती र प्रिशती दुबै शब्द पृशत (द्रुपदका पिता) बाट आएको हो। [९]
- नित्ययुवानी (Nityayuvanī) – 'जो सधैं युवा नै रहिरहन्छ र कहिल्यै बूढो हुदैन।'.
- महाभारती – the virtuous wife of great descendants of Bharata (Pandavas)
- Agnijaa – Daughter of the holy fire
- कल्याणी– one who brings fortune (Yudhishthir addressed her by this name)
- मालिनी (Mālinī) – fragrant, one who makes garlands.[१०]
- Panchavallabha (Pancavallabhā) – 'Beloved of the five Pandavas'.[११]
- पाण्डुशर्मिला (Pāṇḍuśarmilā) – "पाण्डुको बुहारी'.[११]
द्रौपदीको जन्म
[सम्पादन गर्नुहोस्]महाभारता पात्र द्रोणाचार्य धनुर्विद्यामा निकै निपुण थिए । धनुर्विद्यामा निपुण भएपनि उनी साधु जिवन बिताइरहेका थिए । एक दिन उनका बालक छोरा द्रोणी अथवा अश्वत्थामाले आफ्ना आमा बाबुसँग दूध खाने भनेर ढिपी गर्न थाले । साधु जिवन बिताइरहेका दौर्णाचार्यसँग दूध दिने गाई थिएनन् । त्यसैले उनले आफ्नो छोरालाई पानीमा चामलको पिठो घोलेर लौ बाबु यो नै दूध हो भनेर खान दिए । त्यो खाएपछी बालक अश्वत्थामा आफ्ना साथीहरूसँग मैले बढिया दूध खाएँ साथी हो भनेर कुरा गर्न थाले । आफ्नो छोराले यस्तो भनेको सुनी बेइज्जत भयो भन्ने सोचेर दौर्णाचार्य निकै चिन्तित भए । पाञ्चाल देशका राजा द्रुपद र दोर्णाचार्य बाल्य कालका मित्र थिए । उनीहरूले एकै गुरुकहाँ गएर धनुर्विद्या सिखेका थिए । त्यै भएर दौर्णाचार्यले राजा द्रुपद कहाँ गएर आफ्नो लागि बस्ने ठाउँ मागे । तर राजा द्रौपदले राज्य र धनको घमण्ड देखाउँदै दौर्णाचार्यलाई "भिखारी भएर राजाको राज्यमा बस्ने ठाउँ खोज्न लाज मान्दैनौ" भनेर लज्जित गरे । यो सुनेर दोर्णाचार्य निरास हुँदै फर्के । त्यसपछी दोर्णाचार्य हस्तिनापूरमा गएर कौरव र पाण्डवहरूलाई धनुर्विद्या सिखाउन थाले । जब दौर्णाचार्य हस्तिनापुर पुग त्यो बेला कौरव र पाण्डव भकुण्डो खेल्दै थिए । दौर्णाचार्य उभिएर राजकुमारहरूले भकुण्डो खेलेको हेर्दै थिए अकस्मात भकुण्डो पानीको तलाउमा खस्यो । भकुण्डो पानीबाट निकाल्न कौरव र पाण्डवले धेरै कोशिस गरे तर निकाल्न सकेनन् । यो देखेर गुरु दौर्णाचार्यले एक बाण तलाउमा हानेर भकुण्डो तलाउबाट बाहिर निकाले । यो खबर राजकुमारहरूले भीष्म पिताम्महलाई भने । भिष्मले दौर्णचार्यलाई राज दरबारमा बोलाएर परिचय गरे । दौर्णाचार्यले भिष्म पिताम्महलाई आफ्नो समस्या बताए । भिष्म पिताम्मले दौर्णाचार्यलाई आफ्नो राज्यमा बस्ने ठाउँ दिएर कौरव र पाण्डवलाई धनुर्विद्या सिकाउन लगाए । कौरव र पाण्डवहरू धनुर्विद्यामा निपुण भएपछि दौर्णाचार्यलाई गुरु दक्षिणा के दिउँ भनेर सोधे । दौर्णाचार्यले राजा द्रुपदलाई बाँधेर मेरो शरणमा ल्याउ भनेर गुरु दक्षिणा मागे । यो सुनेपछि पाँच भाइ पाण्डवहरू गएर द्रुपदसँग लडाईं गरी बाँधेर ल्याए । यसरी शरणमा आएपछी दौर्णाचार्यले द्रुपदलाई "अब त मलाई मान्छौ की ? " भनेर सोधे । द्रुपद लाचार भएर दोर्णाचार्यको पाउमा परे । त्यसपछि दौर्णाचार्यले द्रुपदलाई फर्काए । फर्केर पाञ्चाल गएपछि राजा द्रुपदले दौर्णाचार्यलाई मार्ने पुत्र पाउँ भनेर ठुलो यज्ञा गर्न थाले । यज्ञाको समाप्तीमा यज्ञाग्नीबाट एक छोरा र एक छोरी निस्किए । द्रुपदले छोराको नाम धृष्टद्युम्न राखे भने छोरीको नाम कृष्णा राखे । तिनै कृष्णालाई द्रौपदी पनि भनिन्छ [१२]
द्रौपदी स्वयम्बर
[सम्पादन गर्नुहोस्]द्रौपदीको विवाह
[सम्पादन गर्नुहोस्]कौरवहरूका जेठा भाइ तथा धृतराष्ट्रका जेठा छोरा दुर्योधन सानै उमेर देखि पाण्डवहरूलाई दुःख दिइरहन्थे । एक पटक पाण्डवहरूलाई आगो लगाएर मार्ने योजना बनाएर सोणितपुर नामको तत्कालिन शहरमा लाक्षागृह अथवा लाहाको घर बनाउन लगाए । यो योजनामा धृष्टराष्ट्र स्वयंले पनि दुर्योधनलाई साथ दिएका थिए । धृतराष्ट्रले पाण्डवहरूलाई जलाएर मार्नको निमित्त बनाएको लाक्षागृहमा आफ्नी माता सहित गएर बस्न आज्ञा गरेकाले पाण्डवहरू त्यहाँ गए । दुर्योधनले पाण्डवहरू बसेको लाहा भवनमा राती आगो लगाउने योजना बनाएका थिए । पाण्डवहरू धृतराष्ट्रको आज्ञा अनुसार लाहा भवनमा गएको खबर पाएर पाण्डवहरूका काका विदुरले एक दुत पठाएर पाण्डवहरूलाई त्यो भवनबाट राती भाग्न लगाए । विदुरको समचार सुनेर पाण्डवहरू स्वयंले त्यो भवनमा आगो लगाएर राती भागे । त्यो भवनमा पाँच पुत्र सहितकी एक महिला र दुर्योधनले आगो लगाउन पठाएको मान्छे जलेर भष्म भए । त्यो देखेर दुर्योधनले पाण्डवहरू मरे भनेर खुसी मनाए । साथै धृतराष्ट्रले अरूले आफूलाई दोष नलगाउन् भनेर पाण्डवहरूको अन्त्य क्रिया सहित गरे । उता पाण्डवहरू माता सहित जंगलमा कष्ट भोग्दै रहे । हिडम्बासुर, भष्मासुर आदी राक्षसहरूको वध गरेर पाण्डवहरू राजा द्रुपदको राज्य नजिकै एक घरमा केही दिनको लागि बस्न थाले । एक दिन पाण्डवहरूले राजा द्रुपदकी कन्याको सयंवर हुन थालेको कुरा थाह पाए । यो सुनेर पाण्डवहरू पनि सयंवर हेर्न गए । सयंवरमा पृथ्वीभरका राजकुमारहरू जम्मा भएका थिए । सयंवरमा खुल्ला पर्तिस्पर्धा थियो । सयंवर स्थलको बीचमा एक लामो खम्बा गाडिएका थियो । खम्बाको टुप्पोमा मत्स्य बाँधिएको थियो भने खम्बाको तल एक भाँडोमा पानी राखिएको थियो । जसले त्यो पानीमा परेको लक्षको छायाँलाई हेरेर धनुषमा बाण चढाएर लक्ष भेदन गर्ने छ त्यसैसँग द्रौपदीको विवाह गर्ने राजा द्रुपदले प्रतिज्ञा गरेका थिए । धनुष पनि अनौठो किसिमको थियो धनुषमा ताँदो चढाउन थाल्दा उछिट्टिएर कती त घाइत्य समेत भएका थिए । सबै राजा र राजकुमारहरूले पालै पालो लक्ष भेदन गर्ने प्रयास गरे तर कसैले धनुषमा ताँदो चढाउन सकेनन् भने कसैले धनुषमा ताँदो चढाए पनि लक्ष भेदन गर्न सकेनन् । यो सयंवर हेर्न दुर्योधन लगायतका कौरवहरू पनि आएका थिए । कर्ण वीरले धनुषमा ताँदो चढाएर लक्ष भेदन गर्न थालेका थिए त्यै बेला द्रौपदीले राजकुमार बाहेक अरूले लक्ष भेदन गरेमा म उसलाई पति स्विकार गर्ने छैन भनेकाले कर्ण वीर सयंवर स्थलबाट बाहिरिए । अन्तमा अर्जुनले धनुषमा ताँदो चढाएर मत्स्य भेदन गरेकाले द्रौपदीले अर्जुनलाई वरमाला पहिराइन् । सयंवर हेर्न
पाण्डव साझा पत्नी
[सम्पादन गर्नुहोस्]द्रौपदी चीरहरण
[सम्पादन गर्नुहोस्]बनबास
[सम्पादन गर्नुहोस्]राजा बिराट दरबारमा सैरन्धी
[सम्पादन गर्नुहोस्]स्वर्ग यात्रा
[सम्पादन गर्नुहोस्]सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ Monier-Williams 1872, पृष्ठ 441.
- ↑ Monier-Williams 1872, पृष्ठ 440.
- ↑ ३.० ३.१ Bhattacharya 2004, पृष्ठ 20.
- ↑ Monier-Williams 1872, पृष्ठ 250.
- ↑ Gandhi 1993, पृष्ठ 294.
- ↑ Monier-Williams 1872, पृष्ठ 561.
- ↑ Hiltebeitel 2011, पृष्ठ 490.
- ↑ Mani 1975, पृष्ठ 551.
- ↑ Karve 2006, पृष्ठ 81.
- ↑ Gandhi 1993, पृष्ठ 245.
- ↑ ११.० ११.१ Gandhi 1993, पृष्ठ 295.
- ↑ सुब्बा होमनाथ केदारनाथ कृत १८ पर्व महाभारत