कर्ण (महाभारत)
कर्ण महावीर तथा दानवीरको रूपमा प्रसिद्ध ऐतिहासिक युद्ध महाभारतको प्रमुख पात्रहरू मध्य एक थिए ।
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/8/8c/Karna_Ghatotkacha_fight_sculpture%2C_Kota_Rajasthan_India.jpg/220px-Karna_Ghatotkacha_fight_sculpture%2C_Kota_Rajasthan_India.jpg)
कर्णलाई महाभारतको महानायक मानिन्छ। कर्ण महाभारतको सर्वश्रेष्ठ धर्नुधारी थिए । भगवान कृष्ण र भगवान परशुराम स्वयंले कर्णको श्रेष्ठता स्विकार गरेका थिए । कर्ण का वास्तविक आमा कुन्ती थिइन्। कर्णको जन्म कुन्ती र पाण्डुको साथ विवाह हुनु पूर्व भएको थियो। कर्ण दुर्योधनका सबसे नजिकको मित्र थिए र महाभारतको युद्धमा उनले आफ्ना भाइहरू विरुद्ध लडे। उनी सूर्यका पुत्र थिए। कर्णलाई एक आदर्श दानवीर मानिन्छ। कर्णले दानमा जसले जे मागे पनि दिने गरेका थिए ।[१] [२] [३]यसको परिणामस्वरूप उसको आफ्नो प्राण नै संकटमा पर्यो।
जन्म प्रारम्भिक जीवन र शिक्षा
[सम्पादन गर्नुहोस्]कुरुक्षेत्र युद्ध
[सम्पादन गर्नुहोस्]![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/e/ed/Arjuna_Karna_final_battle%2C_Kurukshetra_war%2C_12th-century_Mahabharata_relief%2C_Hoysalesvara_temple_Halebidu.jpg/220px-Arjuna_Karna_final_battle%2C_Kurukshetra_war%2C_12th-century_Mahabharata_relief%2C_Hoysalesvara_temple_Halebidu.jpg)
एक पटक देव्राज इन्द्र बूढो ब्राह्मण को भेषमा कर्णकहाँ आए र जन्मजात पाएका कवच कुण्डल भिक्षा मागे। [४]देवराज इन्द्रलाई युद्धमा कर्णको शक्ति ले आफ्नो छोरा अर्जुन माथि विपत्ति पर्न सक्छ भन्ने डर थियो। त्यसैले जन्मजात शक्ति कम गरिदिने इच्छाले उनले दानवीर कर्ण सँग यस्तो भिक्षा मागेका थिए।
कर्णलाई उनका पिता सूर्यदेवले पहिले नै सचेत गरिदिएका थिए, उनलाई धोका दिन इन्द्रले यस किसिमको चाल चल्ने छन् । तर कर्ण यति दानी थिए कि कसैले केहीमाग्यो भने नाइँ भन्न सक्दैनथे। [५] त्यसकारण माग्नेको भेषमा इन्द्रले मलाई धोका दिइरहेका छन् भन्ने जान्दाजान्दै पनि उनले आफ्नो जन्मजात कवच र कुण्डल भिक्षा दिए।[६]
यस अद्भुत दानवीरता देखेर इन्द्र चकित भए। निकै प्रसन्न भएर देवराजले आफ्नो "शक्ति " शस्त्र दिँदै भने-"युद्धमा तिमीले जो कसैलाई लक्ष्य गरेर यसको प्रय्प्ग गर्नेछौ, त्यो अवस्य मारिनेछ। तर तिमीले यसलाई एक पटकमात्र प्रयोग गर्न सक्छौ। तिन्रो शत्रु मारिएपछि यो म सँगै फर्किएर आउने छ।" यति भनेर इन्द्र हिँडे।
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/5/5e/Karan_offering_an_old_poor_man%2C_bent_with_age_and_destitution%2C_a_Kavach_that_is_embedded_in_his_arms_and_is_retrieved_by_culling_with_a_knife.jpg/220px-Karan_offering_an_old_poor_man%2C_bent_with_age_and_destitution%2C_a_Kavach_that_is_embedded_in_his_arms_and_is_retrieved_by_culling_with_a_knife.jpg)
युद्धको सुरुवात
[सम्पादन गर्नुहोस्]कृष्णको शान्ति स्थापना गर्ने प्रयास असफल भएपछी शान्तीति कायम हुने झिनो सम्भावना पनि समाप्त भयो। पाण्डव पक्षको सेनानायक धृष्टद्युम्न भए भने कौरवका सेनानायक भीष्म पितामह भए। दुर्योधन भीष्म कहाँ गए र हात जोडेर भने-" भगवान कार्तिकेयले देवताहरूको सेनाको सञ्चालन गरे जसरी पितामह हाम्रो सेनानायक भए विजय र यश प्राप्त गर्नुहोस्। जस्ता किसिमबाट गोरूका पछि बाछाहरू जान्छन्, सोही तरिकाली हामी हजुरको अनुकरण गर्ने छौँ।" भीष्मले सेनानयकत्व ग्रहण गर्न तीन सर्त राखे:
- म पाणडवहरूको बध गर्दिन।
- म शिखन्डी बिरुद्ध कुनै अस्त्र चलाउँदिन।
- म रहुन्जेल कर्णले युद्धमा भाग लिन पाउने छैनन्।
पितामहले दुर्योधनलाई भने-"सूत्पुत्र कर्ण ! जो तिमीहरूको अति प्यारो छ, सुरुदेखि नै मेरा सम्मतिहरूको विरोध गर्दै आएको छ। त्यसैले पहिला उसैसँग सल्लाह लिँदा बेस हुन्थ्यो। यदि ऊ सेनापतिभइदिन्छ भने मलाई केही आपत्ति हुने छैन।" कर्णको उद्दण्ड व्यवहार पहिल्यैदेखि भीष्मलाई मन परेको थिएन। कर्ण धेरै घमण्डी पनि थिए। उनले पनि जिद्दी गरे-भीष्म जीवित रहेसम्म म युद्धभूमिमा प्रवेश गर्ने छैन। यदि भीष्मले दुर्योधनलाई विजय दिलाए म बनवास जानेछु। यदि भीष्म वीरगतिको प्राप्त भए म युद्धमा भाग लिन्छु र केवल अर्जुनलाई मार्नेछु।"
चौधौं दिन
[सम्पादन गर्नुहोस्]![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/9/9f/Karna%2C_one_of_the_Kauravas%2C_slays_the_Pandavas%27_nephew_Ghatotkacha_with_a_weapon_given_to_him_by_Indra%2C_the_king_of_the_gods%2C_from_a_manuscript_of_the_Razmnama.jpg/220px-thumbnail.jpg)
कुरुक्षेत्र युद्धको चौधौं दिन सुर्यास्त भएपनी युद्ध जारी रह्यो। दुवै पक्षको मनमा ईर्ष्या-द्वेष एवम् प्रतिहिंसाको आगो यसरी दन्कियो कि उनीहरू दिनभरी मात्र लडेर सन्तुष्ट हुन सकेनन् । दुस्मन देखियून् भन्नाका लागी ठाउँ-ठाउँमा राँको सल्काइयो। घटोत्कच र उनका साथीहरूले भयानक माया युद्ध सुरु गरिदिए। रातिको युद्धको दृश्य अद्भुत थियो। हजारौं राँकाहरू सल्किएका थिए। दुवैतर्फका वीरहरूले आफ्ना सेनालाई युद्धका लागि उत्साहित गरिरहेका थिए।
कर्ण र घटोत्कचका बीचमा त्यस रात निकै भयानक युद्ध भयो। घटोत्चक र उनको पैशाची सेनाले गरेको वाणहरूको वर्षाले दुर्योधनको सेनाका झुन्डका झुन्ड वीरहरू मारिन थाले। प्रलयजस्तो भयो। यस्तो देखेर दुर्योधनको मन काँप्न थाल्यो।
कौरव वीरहरूले कर्णसँग अनुरोध गरे, कुनै न कुनै किसिमबाट आज घटोत्कचलाई मार्नुपर्छ। उनीहरूले भने-"कर्ण! तपाइँले यसै घडीम यस राक्षसको बध गरिदिनुहोस्। नत्र हाम्रो सेना बर्बाद हुनेछ।" घटोत्कचले कर्णलाई पनि निकै दु:ख दिएका थिए। उनी पनि निकै क्रोधित थिए । कौरवहरूको अनुरोध सुनेर उनको उत्तेजना प्रबल भयो। उनले रिस थाम्न सकेनन्। इन्द्रदेवबाट पाएको अस्त्र घटोत्कच माथि प्रहार गरे। त्यो अस्त्र उनले अर्जुनको बध गर्ने उद्देश्यले सुरक्षित राखेका थिए। यसबाट अर्जुनको सङ्कट त टर्यो तर भीमसेनको प्रिय एवम् वीर पुत्र घटोत्कच मारिए। उनको लास आकाशबाट जमिनमा धड्याम्म सँग खस्यो। पाण्डवहरूको दु:खको सीमा रहेन।[७]
कर्ण अर्जुन युद्ध र मृत्यु
[सम्पादन गर्नुहोस्]युद्धको सोह्रौ दिनमा अर्जुन र कर्णका बीचमा घोर सङ्ग्राम चलिरहेको थियो। कर्णले अर्जुनमाथि एउटा यस्तो वाण चलाए जुन कालो नागझैँ विषको आगो उकेल्दै गयो। अनि ठिक त्यहि बेला अर्जुनका सारथि कृष्णले अर्जुनको रथलाई पाँच अंगुल जमिन भित्र धसाई दिए । ती सर्प बाणहरुले अर्जुनको टाउकोको सट्टा मुकुटमा लाग्यो र मुकुटलाई खसालि दियो। कृष्णले सो चलाकि नगरेको भए अर्जुनको काम तमाम हुन्थ्यो।
अर्जुन लाज र क्रोधले रातो भए । उनले कर्णको जवाफमा धनुषमा बाणहरु चढाए । कर्णको अन्तिम समय आई पुगेको थियो । भबिष्य बाणि भए जस्तै कर्णको रथको बाँयाँ पट्टीको पाँग्रा अचानक रगतको धापमा गाडियो ।
धापबाट पाँग्रा उचाल्न कर्ण जमिनमा हामफाले । कर्णले चिच्याएर भन्यो – " एक छिन पर्ख । मेरो रथ जमिनमा गाडिएको छ । तिमी जस्ता महान योद्धा भएर र धर्म गर्न जान्ने भएर तिमीले निश्चय नै यस दुर्घटनाको फायदा उठाउन नहुने हो । मैले रथलाई तुरुन्तै उठाएर तिमीले भने जस्तै युद्ध गर्ने छु ।" अर्जुन अन्कनायो । कर्ण अहिले दुर्भाग्यको कारणले केहि बिचलित भएको थियो । कर्णलाई आफुलाई दिएको सरापको याद आयो । अर्जुनको मर्यादाको भावना बुझेर फेरी उनले अर्जुनलाई अनुरोध ग-यो । तर बिचमा आएर कृष्णले भन्यो – " हा ! कर्ण, तिमीले पनि सदब्यबहार र रणनिति छ भनेर सम्झना गर्नु राम्रो कुरा हो । अहिले तिमीलाई कष्ट परेको बेला तिमीले त्यस्ता कुरा सम्झेका छौ । तर दुशासनले द्रौपदीलाई घिस्याएर लगि सभाहलमा बेइजत्ति गरेको बेला तिमी, दुर्योधन, र सकुनिले त्यो नितिलाई कसरि बिलकुलै बिर्सेका थियौ ? खेल्न मन पराएका तर सिपालु नभएका युधिष्ठिरलाई जुवा खेलाई फसाउनमा तिमीले सहायता ग-यौ, तिमीहरुले उनलाई ठगेका थियौ । त्यस बेला तिम्रो सदब्यबहार कहाँ गएको थियो ? । प्रतिज्ञा गरे मुताविक १२ बर्ष वनबास १३औँ बर्ष गुप्तवास पूरा गरे पछि युधिष्ठिरलाई उनको राज्य फिर्ता दिन नमान्नु के सदब्यबहार थियो त ? अहिले के को धर्मको लागि कराउँछौ ? के पर्न आयो ? भीमलाई विष दिएर मार्न खोजेकाहरुसंग तिमी पनि लागेका थियौ । पाण्डवहरुलाई लोभ्याएर बाणावतमा पठाएर लाक्षाको दरबारमा सुतिरहेको बेला उनिहरुलाई जिउँदै जलाउने षडयन्त्रमा तिमीले चुपचाप समर्थन गरेका थियौ । त्यसबेला तिम्रो धर्ममा के भएको थियो ? । द्रौपदीलाई जबरजस्ति हातपात गर्दा तिमीले रमाएर हेरिरहेको बेला धर्मले तिमीलाई के बताएको थियो ?। तेसबेला तिमीले उनलाई 'तिम्रा लोग्नेहरुले तिमीलाई रक्षा नगरि छोडि सकेको छ, गएर अर्को पोइ सित बिबाह रचाउ' भनि जिस्काएको हैन ? त्यस्ता कुराहरु बोल्न लाज नमानेका जिब्रोले अहिले रणनितिको कुरा गर्दछौ ? तिमीहरु बथान मिलेर नौजवान अभिमन्युलाई घेरा दिई लाज नमानि उनको हत्या गरेको बेला के रणनिति भएको थियो र ? दुष्ट कर्ण, अहिले रणनीति र सदाचारको कुरा नगर किनभने तिमीले आवश्यक मर्यादा कहिल्यै राखेनौ । "
अर्जुनलाई छिटो अधर्मि कार्य गर्न आदेश दिएर कृष्णले यसरी कर्णलाई हप्काई रहेको बेला कर्णले शिर झुकाई केही बोलेन । उनले धापमा गडिएको पाँग्रा छोडेर चुपचाप रथमा चढ्यो र धनुष उठाएर अर्जुनलाई नचुक्ने ताक लिए एक छिनलाई बेहोस गर्ने शक्ति भएको एउटा बाण हान्यो । कर्णले फेरि एक छिन तल ओर्लेर पाँग्रा उठाउने मौका लियो । हडबड गरी रथको पाँग्रा उठाउने प्रयास ग-यो । तर उनि माथिको सराप कडा थियो । दुर्भाग्यले त्यस योद्धालाई छोडेको थिएन । जोडले बल लगाउँदा पनि पाँग्रा डेग चलेन । अनि उस्ले परशुरामबाट सिकेको अस्त्र बिद्या शक्तिशालि मन्त्र स्मरण गर्ने कोशिस ग-यो । तर परशुरामले भविष्य बाणि गरे जस्तै सो चाहिएको बेला उनको स्मरण शक्तिले काम गरेन, मंत्र सम्झन सकेन । माधवले भने- " अर्जुन ढिलो नगर । बाण हानेर दुष्ट शत्रुलाई मारी हाल । अर्जुनको हात अनकनाई रहेको थियो । नीति बिरुद्ध कार्य गर्न उनको मनले मानिरहेको थिएन । तर कृष्णको कुरा सुने पछि भगवानको आदेश सम्झेर एउटा बाण छोड्यो । त्यस बाणले कर्णको टाउकोलाई जिउबाट छुट्याई दियो ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ McGrath 2004, पृष्ठ. 31–32, 37 with footnotes.
- ↑ Greer 2002, पृष्ठ. 209–210.
- ↑ van Buitenen & Fitzgerald 1973, पृष्ठ. 142–145.
- ↑ Sharma 2007, पृष्ठ. 432–433.
- ↑ McGrath 2004, पृष्ठ. 33–35 with footnotes.
- ↑ McGrath 2004, पृष्ठ. 30–31, 33–35 with footnotes.
- ↑ ढुण्ढिराज कोइराला (फागुन २०६१), महाभारत कथा, मञ्जरी पब्लिकेशन, पृ: २७०, आइएसबिएन 9-789937-006064।