आश्रमवासिका पर्व

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(आश्रम्वासिकापर्वबाट अनुप्रेषित)

आश्रमवासिक पर्वमा पनि ३ उपपर्व छन्-

पर्व शीर्षक उप-पर्व सङ्ख्या उप-पर्व सूची अध्याय एवम श्लोक सङ्ख्या विषय-सूची
१५ आश्रम्वासिकापर्व ९३-९५
  • आश्रमवास पर्व,
  • पुत्रदर्शन पर्व,
  • नारदागमन पर्व
८२/१५०६

यस पर्वमा कुल मिलाएर ८२ अध्याय छन्। आश्रमवासिक पर्वमा भाइहरू समेत युधिष्ठिरकुन्ती द्वारा धृतराष्ट्र तथा गान्धारीको सेवा, व्यास जीका सम्झाउनमा धृतराष्ट्र,गान्धारी र कुन्तीलाई वनमा जानदिनु, वहाँ गएर यी तीनै जनाले ॠषिहरूका आश्रममा निवास गर्नु, महर्षि व्यासका प्रभावले युद्धमा मारिएका वीरहरूको परलोक जानु र स्वजनहरूसित मिलेर अदृश्य हुनु, नारदका मुखदेखि धृतराष्ट्र, गान्धारी र कुन्तीको दावानलमा जलेर भस्म भएको सुनेर युधिष्ठिरको विलाप र तिनको अस्थिहरूको गंगामा विसर्जन गरेर श्राद्ध कर्म आदि गर्नु वर्णित छ।

पृष्ठभुमी[सम्पादन गर्नुहोस्]

Gandhari, blindfolded, supporting Dhrtarashtra and following Kunti when Dhrtarashtra became old and infirm and retired to the forest. A miniature painting from a sixteenth century manuscript of part of the Razmnama

कौरव माथि विजय प्राप्त गरेपछि सारा राज्यमा पाण्डवको एकछत्र अधिकार भयो। युधिष्ठिर हस्तिनापुरको गद्दीमा बसे। महाराज युधिष्ठिरले अश्वमेघ महायज्ञको आयोजना गरेका थिए।

शोकात्तुर धृतराष्ट्रलाई पाण्डवले उचित गौरव दिएका थिए। उनैको अनुमतिबाट राजाधिराज युधिष्ठिरको नेतृत्वमा पाण्डवले राज्य गरेका थिए। युधिष्ठिरले वृद्ध धृतराष्ट्रको आरामको लागि हरेक किसिमको व्यवस्था गरिदिएका थिए। धृतराष्ट्रको भवनमा कमलो शैया, सुखद आसन, लुगा पोसाकको प्रबन्ध थियो। कृपाचार्य पनि वृद्ध राजाको साथी भएर उनकै भवनमा बस्ने गर्थे। व्यास ऋषि पनि आउने-जाने र सुन्दर सुक्तिले भरिएका आख्यानहरू सुनाउने गर्थे। यसले गर्दा उनको व्यथित हृदय मा शीतल लेपको जस्तो प्रभाव पारिदिन्थ्यो। राजकाजको विषयमा युधिष्ठिर धृतराष्ट्रसँग बराबर सल्लाह लिने गर्थे। महाराज युधिष्ठिर धृतराष्ट्रको मनमा चोट पुग्ने खालका कुनै कुरा गर्दैनथे। देश- विदेशबाट आउने राजाहरू पनि पहिए जस्तै धृतराष्ट्रको सम्मान गर्थे।

कथा[सम्पादन गर्नुहोस्]

युधिष्ठिरले धृतराष्ट्रलाई हरेक प्रकारबाट आराम दिने उचित प्रबन्ध गरेका थिए। तैपनि धृतराष्ट्रलाई सुखभोगमा मन लाग्न छोड्यो। एक त उनी धेरै वृद्ध भैसकेका थिए। फेरि भीमसेनका अप्रिय कुराहरूले उनको हृदय खिन्न हुन्थ्यो। बिस्तारै बिस्तारै उनको हृदयमा यति वाइराग्य आयो, आराम सँग बस्न छाडेर लुकी-लुकी आंशिक उपवास सम्म गर्न थाले। पलङमा सुत्न पनि छोडिदिए। कयौं व्रतहरूका कारण उनको शरीर धेरै दुब्लो हुँदै जान थाल्यो।

युधिष्ठिर को राज्याभिषेक भएको पन्ध्र बर्ष पछि एक दिन धृतराष्ट्रले धर्मराजको भवनमा गएर उनीसँग भने-"बाबू! तिम्रो कल्याण होस्। पन्ध्र वर्ष देखि तिमीले मलाई आफूकहाँ राखिरहेका छौ। तिम्रो आश्रममा बसेर मैले दान पुण्य पनि निकै गरेँ। पुत्रविहीन गान्धारीले पनि कुनै प्रकार धैर्य गरेर र मन लगाएर मेरो सेवा गरेकी छिन्। द्रौपदीको अपमान गर्ने र तिम्रो पैतृक सम्पत्ति हर्ने मेरा अन्यायी पुत्रहरूको त उनीहरूको आफ्नै कर्मको कारण नाश भयो। तर युद्धमा मारिएको हुनाले तिनले विरोचित रुपले स्वर्ग प्राप्त गरे। त्यसकारण उनीहरूको मलाई कुनै चिन्ता भएन। अब मेरो र गान्धारीको प्रबल इच्छा चाहिँ आफ्नो स्वर्ग प्राप्तिको तयारी गरौँ र धार्मिक कर्तव्यहरूमा धेरै ध्यान दिऊँ भन्ने छ। हाम्रो वंश परम्परागत प्रथाअनुसार हामी वृद्धहरूले बल्कल धारण गरेर वनमा जानुपर्छ भन्ने कुरा तिमीलाई थाहा छ।यसअनुसार नै म अब तिम्रो भलाईको कामना गर्दै वनमा गएर बस्न चाहन्छु। तिमीले यस कुराको अनुमति मलाई दिनै पर्छ। तिमी राजा हौ, त्यसैले मेरो तपस्याको फलको छैटौं भाग पनि तिमीलाई प्राप्त हुनेछ।"

धृतराष्ट्रको यस्ता कुरा सुनेर युधिष्ठिर निकै खिन्न भए। उनल्र भने-"महराज तपाईं व्रत उपवास गरिरहनु भएको छ- भुइँमा सुत्नुहुन्छ भनेर हामीलाइ एकरत्ती थाहा थिएन। मेरो लापरबाहीका कारण तपाईंले दु:ख सहनु परेको छ। साँच्चिकै मब्निकै दुरात्मा हुँ। मैले यस राज्यलाई लिएर के गरुँ? सुखभोगबाट मेरो मन पनि उडिसकेको छ। राज्य सम्पत्तिको लोभमा परेर मैले भारी अपराध गरेँ। त्यसलाई तपाईंले क्षमा गरिदिनुहोला। आजदेखी तपाईंकै पुत्र युयुत्सु राजगद्दीमा बसून् या जसलाई तपाईंले चाहनुहुन्छ राजा बनाइदिनुहोस्। अथवा शासनको बागडोर आफ्नो हातमा लिनुहोस् र प्रजाको पालन गर्नुहोस्। म वनमा जाने छु। यस हालतमा म तपाईंलाई कसरी अनुमति दिन सक्छु? मेरो निकै अपयश भैसकेको छ। अब अरु पनि दोषको भागी नबनाइदिनुहोस्। दुर्योधनसँग अब मेरो कुनै वैर विरोध छैन। जुन दुर्घटना भयो, त्यो विधिको लीला र सबैको अबुझपनको कारणले नै भएको हो। जसरी दुर्योधन तपाईंको पुत्र थिए, हामी पनि तपाईंकै पुत्र हौँ। कुन्ती र गान्धारी दुवैलाई मैले आफ्नो माता सम्झदै आएको छु। अब तपाईं वनमा जानुहुन्छ भने म पनि तपाईं सँगै जानेछु। म तपाईं समक्ष हात जोड्छु, तपाईंले मनको क्लेश त्यागिदिनुहोस्। म खुसी-खुसी तपाईंको सेवा टहल गर्नेछु" उनलाई धृतराष्ट्रलाई वनमा नजान निकै सम्झाए।

धर्मराज सँग कुरा गरेपछि धृतराष्ट्रले भाइ विदुर र आचार्य कृपसँग उनलाई वनमा जान अनुमती दिन युधिष्ठिरलाई सम्झाउन बिन्ती गर्दै थिए, वृद्ध राजा मूर्छित भएर गान्धारीको काखमा लडे। गान्धरीले उनलाई सम्हालिन्। युधिष्ठिरले चिसो पानी लिएर धृतराष्ट्रको अनुहारमा छर्किदिए।त्यसै बेला भगवान व्यास त्यहाँ आइपुगे। उनले युधिष्ठिरलाई धृतराष्ट्रलाई वनमा जान दिन सम्झाए।

वनवास[सम्पादन गर्नुहोस्]

युधिष्ठिरबाट अनुमती पाएपछि धृतराष्ट्र आफ्नो भवनमा फर्के र अनशन व्रत समाप्त गरे।

धृतराष्ट्रले युधिष्ठिरलाई आशीर्वाद दिए। गान्धारीको काँधमा हात राखेर लट्टी टेक्दै बनका लागी प्रस्थान गरे। माता कुन्ती पनि उनीहरू सँगै गइन्। आफ्नो व्रतका कारण गान्धारीले आँखामा पाट्टी बाँधेकी थिइन् । त्यसैले उनले कुन्तिको काँधमा हात राखेर बाटो छम्दै वन तर्फ्प्रस्थान गरिन्।

माता कुन्ती गान्धारीलाई केही टाढा सम्म छोड्नका लागि साथै आएकी होलिन् भानी धर्मराजले सम्झेका थिए। कुन्तीले गान्धारीको सेवा गर्न उनीसँग वनमा जाने निर्णय गरिसकेकी थिइन्। कुन्तीको कुरा सुनेर धर्मराज सन्न भए। युधिष्ठिरले कुन्तीलाई सम्झाउँदा सम्झाउँदै उनको गला बस्यो। कुन्तीले उनलाई आअहिर्वाद दिए।

पुत्रहरूलाई आशीर्वाद दिएर कुन्ती, गान्धारी र धृतराष्ट्र वनतर्फ लागे। युधिष्ठिर पक्क परेर उभिएर हेर्दै रहे।

धृतराष्ट्र, गान्धारी र कुन्तीको दावानलमा जलेर भस्म[सम्पादन गर्नुहोस्]

धृतराष्ट्र, गान्धारीकुन्तीले तीन वर्ष सम्म वनमा तपस्वीहरूको जस्तै जीवन व्यतीत गरे। एक दिन धृतराष्ट्र स्नान-पूजा गरेर फर्किएका मात्रै थिए, जंगलमा एकाएक आगो लाग्यो। हावा निकै वेगले चलिरहेको थियो। छिटै नै आगो वनभरी फैलियो। जनावर हरू झुन्डका झुन्ड डराएर पानी भएतर्फ दगुरेर गए।

त्यस समय सञ्जय पनि उनकै साथमा थिए। धृतराष्ट्रले उनलाई कतै भागेर आफ्नो प्राण बचाउन आग्रह गरे। गान्धारी, कुन्तीसँगै उनी पूर्वतर्फ मुख गरेर योग समाधिमा बसे। सोही स्थितिमा तीनै जनाले त्यस दावानलमा आफ्नो शरीरको आहुती दिए। यो खबर देवर्षी नारदले युधिष्ठिरलाई पुर्याए।

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]