भीम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भीम
भीमसेनको तस्विर। (१८४८-१९०६)

भीमसेन महाभारतका एक प्रमुख पात्र हुन् । हिन्दू महाकाव्य महाभारतमा, भीम पाँच पाण्डवहरू मध्ये दोस्रो थिए। महाभारतले भीमको पराक्रमलाई चित्रण गर्ने धेरै घटनाहरू बताउँछ। वायु देवताले कुन्तीपाण्डुलाई वरदान दिएपछि भीमको जन्म भएको थियो। पाण्डु र माद्रीको मृत्युपछि कुन्ती र उनका छोराहरू हस्तिनापुरमा बसे । भीमको बाल्यकालदेखि नै कौरवहरू, विशेष गरी दुर्योधनसँग प्रतिस्पर्धा थियो। दुर्योधन र उनका काका शकुनीले भीमलाई धेरै पटक मार्ने प्रयास गरेका थिए। एउटा थियो विष खुवाएर भीमलाई नदीमा फालिदिएर । भीमलाई नागहरूले बचाएका थिए र एक पेय दिएको थिए जसले भिमलाई १०,००० हात्ती बराबर बलियो र सबै विषको प्रतिरोधी बनायो।

"https://ne.wikipedia.org/w/index.php?title=भीम&oldid=1190174" बाट अनुप्रेषित